काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सुन प्रकरणमा गृहमन्त्रीको जवाफप्रति असन्तुष्टि जनाएको छ ।
गृहमन्त्रीले प्रतिपक्षको माग बमोजिम सदनमा दिएको जवाफ सकिन नपाउँदै एमाले चेतक महेश बर्तौलाले उनको जवाफप्रति असन्तुष्टि जनाउँदै उच्चस्तरीय छानविन समितिको माग यथावत रहेको त्यो माग पूरा नभएसम्म सदन चल्न नदिने बताए ।
उनले भने, ‘अतिरिक्त समय लिएर बोल्नु पर्छ भन्ने हामीलाई लागेको थिएन । गृहमन्त्रीले उपयुक्त ढंगले जवाफ दिनु होला भन्ने लागेको थियो । उहाँले उठेका विषय भन्दा बढी राजनीतिक प्रवचन दिनुभयो । प्रतिपक्षका भनाइप्रति सरकार गम्भीर हुन सकेन ।’
सरकारले प्रतिपक्षको मागलाई वेवास्ता गर्दै जनतालाई भ्रम छर्न लागेको उनको आरोप छ । त्यसलगत्तै एमालेका सांसद उठेर सरकारको विरोध जनाएका थिए ।
Facebook Comments Box
