Author: खबरमञ्च
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले अविरल बर्षापछि भौतिक पूर्वाधारका क्षेत्रमा भएको क्षतिको विवरण तत्काल संकलन गर्न र पुर्ननिर्माण थाल्न मातहतका निकायलाई निर्देशन दिएका छन् । सोमबारदेखि परेको भारी बर्षाले देशभर ठूलो मात्रामा भौतिक क्षति हुनुका साथै केही ठाउँमा मानवीय क्षति पनि भएको छ । मन्त्री ज्वालाले मकवानपुरको बागमती गाउँपालिका पाँचमा आज बिहान गएको पहिरोमा परी सन्तमाया स्याङतानको निधन भएकोमा दुख ब्यक्त गरेका छन् । उनले सडक, पुल र यातायातका क्षेत्रमा भएको विवरण तत्काल संकलन गर्न मातहतका निकायलाई निर्देशन दिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रीका प्रेस संयोजक जीवन विसीले जानकारी दिए । निरन्तरको बर्षाले सुदूरपश्चिम प्रदेशका सात पहाडी…
काठमाडौं । मकवानपुरको बागमती गाउँपालिका–५ सिक्रे दोभानमा आज बिहान गएको पहिरोले घर बगाउँदा एक जनाको मृत्यु भएको छ भने ६ जना पहिरोमा परि बेपत्ता छन् । सोमबारबाट परेको अविरल बर्षाको कारण मंगलबार बिहान ४ बजे बागमती गाउँपालिका–५ सिक्रे दोभान स्थित अक्कल बहादुर स्यांतानको घर पहिरोले बगाएको हो । पहिरोमा परी घाइते भएकी अक्कल बहादुरको श्रीमती ५५ वर्षीय सन्तमाया स्यांतानलाई स्थानीयले उद्दार गरी स्थानीय मेडिकलमा लगेकोमा उपचारको क्रममा उनको बिहान साँढे ८ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । उक्त पहिरोमा परि बागमती गा.पा. –५ सिक्रे दोभान बस्ने ६० वर्षीया अक्कल बहादुर स्यांतान उनकी २२ बर्षकी छोरी शिला…
काठमाडौं । निरन्तरको वर्षाका कारण ठाउँठाउँमा खसेको पहिरोसँगै नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–६ कालीखोलालगायत नारायणगढ–मुग्लिन सडकका विभिन्न स्थानमा अत्याधिक बर्षाको कारण पहिरो गएको छ । इच्छाकामना गाउँपालिका वडा नं. ६ मा पर्ने कालीखोला पुल नजिक अविरल वर्षापछि खसेको पहिरोका कारण सडक अवरुद्ध भएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार बिहान सवा ५ बजेदेखि नै पहिरोले उक्त सडक पूर्णरुपमा अवरुद्ध बनेको छ । मंगलबार बिहानबाटै विभिन्न स्थानमा गएको पहिरोले सडक अवरुद्ध भएपछि सडक डिभिजन कार्यालय भरतपुरले पहिरो पन्छाउने प्रयास गरिरहेको जनाएको छ । अहिले पनि सो क्षेत्रमा भारी वर्षा भैरहेकोले पहिरो हटाउने कार्य सुरु गर्न सकिएको…
काठमाडौँ । ललिता निवास जग्गा हिनामिना प्रकरणमा सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईमाथि अनुसन्धान गर्न आइतबार निर्देशनात्मक आदेश दियो। आदेश आएसँगै यो विषयमा चासो राख्ने धेरैको एउटै प्रश्न छ, ‘अब अख्तियारको अनुसन्धानको फाइल कहिले खुल्छ ?’ सर्वोच्च अदालतले मन्त्रिपरिषद्को निर्णय तथा निर्णय प्रमाणित गरी कार्यान्वयन तहमा प्रत्यक्ष रूपमा संलग्न हुनेहरू, किटानी प्रस्ताव पेस गर्ने एवं प्रस्तावमा संलग्न माथिल्लो तहका पदाधिकारी वा अधिकारीको पदसोपानबाट समेत गरी अब उप्रान्तको थप अनुसन्धान कार्य अविलम्ब सम्पन्न गर्नरगराउन निर्देशनात्मक आदेश आएपछि सबैको ध्यान यता सोझिएको हो। सर्वोच्चको आदेशपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई अनुसन्धान गर्न दबाब परेको छ। अख्तियारका एक आयुक्तले भने, ‘सर्वोच्चको आदेशपछि…
झापा । झापालगायत देशका अधिकांश स्थानमा भारी बर्षा भइरहेको छ । झापाका नदीहरू पानीको बढ्ने संभावना रहेकाले नदी आसपासका क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ । निरन्तरको वर्षाले बागमती लगायतका देशका विभिन्न क्षेत्रका ठूला नदी र खोलामा खतराको तह पार गरेको छ । बाढी पूर्वानुमान महाशाखाले बाढीले क्षति पुर्याउन सक्ने भएकाले रौतहट सर्लाहीका नदी किनाराका बासन्दिालाई आज साँझसम्म उच्च सतर्कता अपनाउन र सुरक्षति स्थानमा जान आग्रह गरेको छ । महाशाखाले मंगलबार बिहान ६ बजे जारी गरेको सूचना अनुसार बागमतीको पधेंरादोभान (कर्मैया) जलमापन केन्द्रमा बाढीले खतराको तह पार गरेको देखाएको हो । हनुमन्ते,मनोहरा लगायतमा पनि जल सतह निकै बढेको…
काठमाडौं । संसदमा प्रतिनिधित्व गर्ने दलहरुले संसदीय समितिको भागबण्डा मिलाएका छन् । तर राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपालाई भने कुनै पनि समितिको जिम्मेवारी दिइएको छैन् । सोमबार सिंहदरबारमा बसेको सत्तारुढ र प्रमुख विपक्षी दलका प्रमुख सचेतकहरूको बैठकले संसदीय समिति सभापतिको भागबण्डा टुंगो लगाएको हो । बैठकमा सहभागी जसमा नेपाली कांग्रेसलाई ४, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई ३, माओवादी केन्द्रलाई २, नेकपा एसलाई १, जनता समाजवादी पार्टीलाई १ र जनमत पार्टीलाई १ समिति परेको छ । दलहरुबीचको सहमति अुनसार कांग्रेसले अर्थ समिति, संसदीय सुनुवाई समिति, राज्य व्यवस्था तथा सुशासन समिति र कृषि तथा प्राकृतिक स्रोत समितिको नेतृत्व…
काठमाडौं । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा सत्ता साझेदार प्रमुख दल नेपाली काँग्रेसका केन्द्रीय सदस्य विजयकुमार गच्छदारसहित चार जना पूर्वमन्त्रीविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । काठमाडौँ जिल्ला अदालतले हिजो आइतबार ललिता निवास क्याम्प भित्रको जग्गा हिनामिना प्रकरणमा पूर्वउपप्रधान एवं भौतिक योजना मन्त्री गच्छदारसहित ४ पूर्वमन्त्रीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले गच्छदार, पूर्वराज्यमन्त्री सञ्जयकुमार शाह, पूर्वभूमिसुधार मन्त्री चन्द्रदेव जोशी र डम्बर श्रेष्ठविरुद्ध पक्राउ पूर्जी जारी भएको प्रहरीले बताएको हो । उक्त जग्गा प्रकरणमा पूर्व मन्त्रीहरूले ‘सरकारी लिखत किर्ते’ गरेर व्यक्तिको नाममा लैजान भूमिका खेलेको आरोप छ ।
काठमाडौं । सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल विदेश भ्रमणमा लागेका छन् । सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरणमा विगतदेखि चर्चा भएर नाम जोडिदै आएका पूर्वप्रधानमन्त्रीहरु नेपालमाथि पनि अनुसन्धान गर्न बाटो खुल्ला गरिदिएको भोलिपल्ट बिहानै उनी विदेशतिर उडेका हुन् । प्रवासी नेपाली एकता मञ्च युरोपले स्वीटजरल्याण्ड लगायत देशमा आयोजना गरेको कार्यक्रममा सहभागी हुन उनी त्यसतर्फ प्रस्थान गरेको उनको सचिवालयले जनाएको छ । उक्त प्रकरणमा छानबिन गर्न सर्वोच्चले आदेश दिएको भोलिपल्ट नै उनी स्वीटजरल्याण्ड गएका हुन् । उनको सचिवालयका अनुसार टर्किस एअरको विमानबाट आज बिहान साढे ७ बजे इस्तानबुल हुँदै जेनेभाका लागि नेपाल उडेका…
काठमाडौं । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफ्नो प्रधानमन्त्रीत्वकालमा भएको ललितानिवास जग्गा प्रकरण सम्बन्धी निर्णयको छानबिनमा पूर्णरूपले सहयोग गर्ने बताएका छन् । सर्वोच्च अदालतले निर्णयकर्तासम्मै अनुसन्धान गर्न निर्देशन दिएपछि डा. भट्टराईले यस्तो बताएका हुन् । उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको छानबिनमा पनि सहर्ष सहयोग गरेको जनाएका छन् । उनले ट्विटरमा लेखेका छन्, ‘ललिता निवास लगायत जुनसुकै प्रकरणमा राज्यका मन्त्रीपरिषद् लगायत सबै तहबाट भएका निर्णयहरूउपर निष्पक्ष छानबिन गरेर कानूनविपरीत, राज्यलाई नोक्सान हुने, निजी लाभ लिने ढंगले कार्य भए गरेको भए जतिसुकै उच्च तहको व्यक्ति भए पनि कानूनअनुसार कारवाही गरिनुपर्छ र देशमा विधिको शासन कायम गरिनुपर्छ भन्ने मेरो आजीवन मान्यता र…
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज देशभरको मौसम सामान्यदेखि पूर्ण बदली रही बागमती सहित चार प्रदेशमा भारी वर्षा हुने जनाएको छ । हाल देशभर मौसम सामान्य देखि पूर्ण बदली रही कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर मौसम सामान्यदेखि पूर्ण बदली रहनुका साथै सबै प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ । महाशाखाले आज कोशी, मधेश, बागमती, गण्डकीमो धेरै स्थान तथा लुम्बिनी प्रदेशका एकदुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षा हुने उल्लेख गरेको छ । त्यस्तै सोमबार राति कोशी, मधेश, बागमती,गण्डकी र…