Author: खबरमञ्च

काठमाडौं । शुक्रबार बसेको राष्ट्रिय सभा बैठकमा प्रमुख प्रतिपक्ष दल एमालेका सांसदहरुले अवरोध गरेका छन् । सुन प्रकरणमा छानविनको माग गर्दै एमालेले राष्ट्रिय सभा बैठक अवरोध गरेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिदै गर्दा साउन ३ गते झण्डै एकसय किलो सुन राजश्व अनुसन्धान बिभागको टोलीले समातेको थियो । एमालेले उक्त प्रकरण छानविनका लागि उच्च स्तरीय समिति बनाउनु पर्ने माग गर्दै आइरहेको छ । एमालेले सो माग राख्दै साउन १० यताका राष्ट्रिय सभा बैठक अवरोध गर्दै आएको छ । समिति गठन नभएसम्म संसद बैठक चल्न नदिने एमालेको अडान छ । उच्चस्तरीय समितिको माग गर्दै दुई सातादेखि संसद बैठक चल्न नदिँदा संसदमा…

Read More

काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र बनाएर डाक्टर बनेको आरोपमा धमाधम केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले डक्टरहरू पक्राउ गरेको छ । नेपाली कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका सांसद सुनिल शर्मालाई बिहीबार पक्राउ गरेको सीआईबीले मोरङबाट मनिष चौधरी र इशान अस्पतालमा कार्यरत डाक्टर श्रद्धा शिल्पकारलाई पनि गिरफ्तार गरेको छ । सिआइबीको टोलीले चौधरीलाई मोरङबाट र शिल्पकारलाई कुलेश्वरबाट पक्राउ गरेको हो । बिहीबार नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोपमा मोरङ–३ बाट निर्वाचित सांसद शर्मा, महोत्तरीको पिपरा–८ घर भएका रञ्जितकुमार यादव, त्रिवि शिक्षण अस्पतालमा कार्यरत अमित चौधरीका साथै रामबाबु यादव र एरिना शाह पन पक्राउ परेका छन् । ब्युरोको अहिलेको अपरेशनमा १५ जना चिकित्सक निशानामा छन्…

Read More

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को जारी अवरोधका विषयमा छलफल गर्न सभामुख देवराज घिमिरेलाई शीतल निवास बोलाएका छन् । बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई शीतल निवास बोलाएर सोही विषयमा चासो राखेका राष्ट्रपति पौडेलले आज (शुक्रबार) बिहान १० बजे सभामुख घिमिरेलाई शीतल निवास बोलाएका हुन् । सभामुख घिमिरेसँग पनि राष्ट्रपति पौडेलले प्रधानमन्त्री दाहालसँग जस्तै संसद्को जारी गतिरोध अन्त्यका विषयमा कुरा गर्ने छन् । राष्ट्रपति पौडेलले जनताको सर्वोच्च निकाय संसद् लामो समय अवरुद्ध हुँदा त्यसले जनतामा नकारात्मक सन्देश प्रवाह भएको प्रधानमन्त्रीसँगको भेटमा संसद् सुचारु गर्ने उपाय खोज्न आग्रह गरेका थिए । संक्रमणकालीन न्याय, शिक्षा ऐनका विषयमा राष्ट्रपतिले प्रधनमन्त्रीसाग चासो राख्दै तत्काल समाधानका…

Read More

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले संघीय संसदको बैठकमा अवरोध कायम राखेका बेला सत्तारुढ नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । शुक्रबार (आज) दिउँसो १ बजे संसद भवन नयाँ बानेश्वरस्थित लोत्से हलमा कांग्रेसले बैठक बोलाएको हो । बैठकमा जारी संसद अवरुद्ध हटाउने, सदनमा विचाराधीन रहेका विधेयक तथा नयाँ विधेयकका साथै पार्टी केन्द्रीय सदस्यसमेत रहेका सांसद सुनिल शर्मा पक्राउका विषयमा पनि छलफल हुनेछ । साथै संसदमा पार्टीको भूमिका विषयमा पनि छलफल हुने जनाइएको छ । त्यस्तै जनताका जनजीविकाका मुद्दाबारे डेङ्गु रोगको रोकथाम, आँखा पाक्ने रोगको उपचार, पशुमा लागेको लम्पीस्किन रोग नियन्त्रणबारेमा बैठकमा छलफल हुनेछ । सोही सन्दर्भमा कांग्रेस सभापतिसमेत रहेका…

Read More

काठमाडौं । व्यवसायी दुर्गा प्रसाईले सांसद सुनिल शर्मालाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले फसाएको आरोप लगाएका छन् । बिहीबार सुनिल शर्मा पक्राउ परेपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै कांग्रेस सभापति शेरबहादुर देउवा र अर्थ मन्त्री प्रकाशशरण महतले नियोजित रुपमै शर्मालाई फसाएको आरोप लगाएका हुन् । उनले भने,‘ सुनिल शर्मालाई फसाउँने शेरबहादुर देउवा पनि मिल्नुभएको छ । अर्थ मन्त्रीको पूरा हात छ । म अर्थमन्त्रीलाई के भन्छु भने सुनिल शर्माको मुख थुनेर केही हुनेवाला छैन् । मिनबहादुर जस्ता दुर्गा प्रसाई जस्ता मानिसहरु धेरै छन् ।’ उनले मारवाडीसँग सहकार्य गरेर तस्करी गर्ने र नेपाली व्यापारीलाई देशबाट खेद्ने रणनीति नेपाली कांग्रेसको रहेको जिकिर गरे ।…

Read More

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले ललिता निवासको जग्गा हिनामिना प्रकरणमा मुछिएका दुई पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र बाबुराम भट्टराईसँग बयान लिने विषयमा छलफल र तयारी थालेको छ। नेपाल प्रहरीका महानिरीक्षक वसन्त कुँवर र सिआइबी प्रमुख एआइजी किरण बज्राचार्यबीच यस विषयमा छलफल भएको हो। ‘ललिता निवासको जग्गा सम्बन्धमा मन्त्रिपरिषद्ले गरेका निर्णय र तत्कालीन मन्त्रिपरिषद्को नेतृत्व गरेका प्रधानमन्त्रीहरूसँग बयान लिने विषयमा माथिल्लो तहमा छलफल चलिरहेको छ’, सिआइबी स्रोतले भन्यो। गत सोमबार सर्वोच्च अदालतले ललिता निवासको जग्गा हिनामिना प्रकरणमा पिरामिड शैलीको अनुसन्धान गर्न निर्देशन दिएपछि सिआइबीले पूर्वप्रधानमन्त्री नेपाल र भट्टराईसँग बयान लिने तयारी गरेको छ। किर्ते तथा संगठित अपराधमा अनुसन्धान…

Read More

काठमाडौं । नक्कली शैक्षिक प्रमाण पत्र लिएको आरोपमा पक्राउ पर्ने चिकित्सकको संख्या पाँच पुगेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले चलाएको अपरेसन ‘फोक्सट्रोट चार्ली’ मा सांसद् सुनिल शर्मासहित पाँच जना पक्राउ परेको सीआईबीकी निर्देशक एआईजी किरण बज्राचार्यले बताइन् । पक्राउ पर्ने अन्यमा पिपरा–८, महोत्तरीका डा. रञ्जितकुमार यादव, त्रिवि शिक्षण अस्पताल मा कार्यरत डा. अमित चौधरी, रौतहटका डा. रामबाबु यादव र डा. एरिना शाह छन् । शाहलाई सीआईबीले काठमाडौंबाट पक्राउ गरेको हो भने यादवलाई रौतहटबाट पक्राउ गरिएको हो । सीआईबीले नक्कली शैक्षिक प्रमाण पत्र भएका चिकित्सकहरुविरुद्ध बिहीबार दिउँसो उपत्यकासहित विभिन्न जिल्लामा एकसाथ अपरेशन चलाएको थियो । त्यहीक्रममा पाँच जना…

Read More

काठमाडौँ । नेपाली कांग्रेसका सांसद सुनिल शर्मा पक्राउ परेका छन् । उनलाई नक्कली शैक्षिक प्रमाणपत्र बनाएको कसुरमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बिहीबार काठमाडौंको गोल्फुटारबाट पक्राउ गरेको हो । उनी मोरङ क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभामा निर्वाचित कांग्रेस सांसद हुन् ।

Read More

काठमाडौं । काठमाडौंको नयाँबानेश्वरमा ट्याक्सी चालकहरुले प्रदर्शन गरेका छन् । ‘ट्याक्सी एकता जिन्दावाद, ट्राफिक ज्यादती बन्द गर’ लगायतका नारा लेखिएका प्लेकार्ड सहित ट्याक्सी चालकहरुले प्रदर्शन गरेका हुन् । उनीहरुले सडकका दुवै किनारमा ट्याक्सी तेर्स्याएका छन् ।

Read More

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबीले) करिब एक सय किलो सुन तस्करी प्रकरणमा संलग्न भएको आरोपमा पक्राउ परेका व्यक्तिहरूको राजनीतिक दलका नेताहरूसँगको सम्बन्ध र सम्पर्कबारे अनुसन्धान गर्न थालेको छ । पक्राउ परेका चिनियाँ मूलका बेल्जियन नागरिक दावा छिरिङ र तिब्बती मूलका भारतीय नागरिक थुप्तेन छिरिङ लामाको नेपाली र भारतीय सुन कारोबारी तथा नेपाली नेताहरूसँगको सम्बन्धबारे अनुसन्धान सुरु गरेको हो । दावा छिरिङ सुरक्षा निकायले प्रयोग गर्ने सुराकी भएका कारण पनि उनी बढी निगरानीमा परेका छन् । उनले प्रहरीलाई सुराकी दिने नाममा आफ्नो पहुँच बनाएका थिए। ‘दावा छिरिङले सुरक्षा निकायलाई पनि चिनियाँ नागरिकबारे सुराकी दिने गरेको पाइएको छ । उनी…

Read More