काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले संघीय संसदको बैठकमा अवरोध कायम राखेका बेला सत्तारुढ नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ ।
शुक्रबार (आज) दिउँसो १ बजे संसद भवन नयाँ बानेश्वरस्थित लोत्से हलमा कांग्रेसले बैठक बोलाएको हो ।
बैठकमा जारी संसद अवरुद्ध हटाउने, सदनमा विचाराधीन रहेका विधेयक तथा नयाँ विधेयकका साथै पार्टी केन्द्रीय सदस्यसमेत रहेका सांसद सुनिल शर्मा पक्राउका विषयमा पनि छलफल हुनेछ ।
साथै संसदमा पार्टीको भूमिका विषयमा पनि छलफल हुने जनाइएको छ । त्यस्तै जनताका जनजीविकाका मुद्दाबारे डेङ्गु रोगको रोकथाम, आँखा पाक्ने रोगको उपचार, पशुमा लागेको लम्पीस्किन रोग नियन्त्रणबारेमा बैठकमा छलफल हुनेछ ।
सोही सन्दर्भमा कांग्रेस सभापतिसमेत रहेका संसदीय दलका नेता शेरबहादुर देउवाले बिहीबार पार्टी पदाधिकारीहरूसँग छलफल गरेका थिए ।
Facebook Comments Box
