Author: खबरमञ्च

काठमाडौं । सरकारले जग्गाको कित्ताकाट पूर्णरुपमा खुल्ला गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले यसअघि रोकिएका सम्पूर्ण जग्गा सम्बन्धी काम फुकुवा गर्ने निणर्य गरेको यातायात मन्त्री प्रकाश ज्वालाले जानकारी दिए । गत वैशाखमा मन्त्रिपरिषद्ले भू-उपयोग नियमावली संशोधन गर्ने निणर्य गरेपनि कार्यान्वयन हुन सकेको थिएन। आजको बैठकले भूमि व्यवस्था मन्त्रालयले पुनः अध्ययन गरी लगेको संशोधित नियमावली स्वीकृत गर्ने निणर्य भएको हो । हाल भू-उपयोग नियमावली अनुसार जग्गाको वर्गीकरण गरेपछि मात्रै कित्ताकाट गर्न पाइने व्यवस्था रहेको छ। स्थानीय तहले वर्गीकरण गर्न नसक्दा करिब १६० पालिकामा मात्रै कित्ताकाट हुँदै आएको छ। सरकारले जग्गाको कित्ताकाट नखुल्दा आर्थिक चलायमान हुन नसकेको भन्दै वैशाखदेखि नै खुलाउने…

Read More

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को नतिजा आज सार्वजनिक गरेको छ । आज बसेको बोर्डको बैठकले नतिजा सार्वजनिक गर्ने निर्णय गरेसँगै नतिजा सार्वजनिक भएको हो । गत वैशाख २६ गतेदेखि सुरु भई जेठ ५ गते सम्पन्न भएको उक्त परीक्षाको नतिजा आज सार्वजनिक गरिएको बोर्ड परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । देशभरका एक हजार चार सय ५७ परीक्षा केन्द्रबाट करिब चार लाख ६७ हजार तीन सय ८९ विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी भएका थिए । बोर्डका अनुसार यस वर्ष ५६ हजारभन्दा बढी विद्यार्थी ग्रेड वृद्धि परीक्षामा सहभागी भएका थिए । प्रत्येक विषयको सैद्धान्तिकतर्फ न्यूनतम ३५ प्रतिशत…

Read More

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई नामको मात्रै वामपन्थीको संज्ञा दिएका छन् । मंगलबार नेकपा एमाले बागमती प्रदेशको प्रशिक्षण कार्यक्रममा उनले नामै किटेर माधव नेपाल युवा आन्दोलन समाप्त पार्न वामपन्थीको साइनबोर्ड र स्वार्थको झोला बोकेर मरिमेटेको आरोप लगाए । ‘विचरा माघव नेपाल नाम त लिन नहुने हो तर युवा आन्दोलन समाप्त पार्न यति तल गिरे, अदालत गए, कहाँ गएनन् के गरेनन् होला र प्रतिक्रियावादी दक्षिण पन्थी सरकार बनाए दुई तिहाई बहुमतको सरकार ढालेर यो पार्टीको वरिष्ठ नेता हुदाँ हुँदै पछाडिबाट गएर हाम्रो सरकार गिराउन खोज्ने, खासमा झोले भनेका वामपन्थी भनेर दक्षिणपन्थीको झोला बोकेर…

Read More

काठमाडौं । त्रिभुवन विमानस्थल बाहिर बरामद गरिएको तस्करी गरेर ल्याइएको सुनको तौल ६० केजी ७ सय १६ ग्राम मात्रै मापन भएको छ । गाल्ने काम सकिएसँगै उक्त करिव एक क्विन्टल भनिएको सुनलाई मोटरसाइकलको ‘ब्रेक सु’ बाट छुट्याएर गालेपछि तौल मापन गर्दा ६० केजी ७ सय १६ ग्राम मात्रै पाइएको टक्सर महाशाखाका प्रमुख थानेश्वर आचार्यले जानकारी दिए। उनले भने,‘धेरै हंगामा मच्चाएको सुन तस्करी काण्ड भन्नेमा हामीले ल्याउँदाखेरी सबै पोकाहरुसहित १ सय ५५ केजी ६८ ग्राम भएकोमा त्यसका बे्रक सु र कार्टुनहरु, अन्य कच्चापदार्थहरु छुट्याएर आएको तौल थियो ६० किलो ७ सय ७९ ग्राम । आज हामीले गाल्ने काम गरेका छौं ।…

Read More

काठमाडौं । महिला विश्वकप फुटबल प्रतियोगिताको नवौँ संस्करण अन्तर्गत आजदेखि सेमिफाइनलका खेलहरू हुने भएका छन् । आज स्पेन र स्वीडेनबीच खेल हुँदैछ भोलि दोस्रो सेमिफाइनल इंग्ल्यान्ड र अस्ट्रेलियाबीच हुनेछ । १९ अगस्टमा तेस्रो स्थानको लागि तथा २० अगस्टमा फाइनल हुनेछ । सेमिफाइनलमा पुगेका चार टिम को कस्ता छन् ? स्वीडेनको अहिलेको टिमलाई महिला फुटबल इतिहासमै यो देशको स्वर्णिम पुस्ताका खेलाडी भन्ने गरिन्छ । तर स्वीडेनले अहिलेसम्म अन्तर्राष्ट्रिय स्तरमा जितेर त्यसलाई प्रमाणित गर्न सकेको छैन । दुई वर्षअगाडि टोकियोमा भएको ओलम्पिक्समा स्वीडेन स्वर्ण पदकको नजिक पुगेको थियो  तर फाइनलमा क्यानडासँग पराजित भयो । विश्वकपकमा भने २००३ मा उपविजेता बन्नु स्वीडेनको ठूलो…

Read More

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) पूर्व मुख्यसचिव लिलामणि पौडेलसँग ललिता निवास प्रकरणबारे बयान लिएको छ । ललिता निवास जग्गा हिनामिना प्रकरणमा पौडेलको पनि नाम जोडिएपछि सीआईबीले सोमबार उनीसँग बयान लिएको हो । बयानका क्रममा पौडेलले आफूले तलबाट आएका फाइलहरु मन्त्रिपरिषदमा पेश गरेको भन्दै निर्णय प्रक्रियामा आफू संलग्न नरहेको दाबी गरेको सीआईबी स्रोतले जनाएको छ । सर्वोच्च अदालतले मन्त्रिपरिषद्का निर्णयहरुमाथि पनि अनुसन्धान गर्न आदेश दिएपछि सीआइबीले तत्कालिन मन्त्रिपरिषदबाट भएका निर्णय प्रक्रियाहरुमा संलग्न ब्यक्तिहरुलाई सोधपुछ सुरु गरेको हो ।

Read More

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले देशका विभिन्न भू–भागमा आजपनि वर्षाको सम्भावना रहेको जनाएको छ । हाल केही क्षेत्रमा वर्षा भइरहेपनि बिहानैबाट देशभर आंशिकदेखि सामान्य बदली रहेको विभागले जनाएको छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ । विभागका अनुसार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोशी र गण्डकी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका एक÷दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।…

Read More

काठमाडौं । गत असार २९ गते सिनामंगलमा फेलापरेकाे सुनकाे परिमाण ६० केजी ७७९ ग्राम रहेको पाइएको छ ।  बरामद ब्रेक सुभित्रको सुन निकाल्दा सुनको परिमाण ६० केजी ७७९ ग्राम रहेको पाइएको नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले जनाएको छ । चिनियाँ तस्करले हङकङबाट ब्रेक सुमा राखेर ल्याएकाे सुन राजस्व अनुसन्धान विभागले सिनामंगलबाट बरामद गरेकाे थियाे । राष्ट्र बैंकको टक्सार विभागले सोमबार ब्रेक सुको सुन जोखेको थियो । सुनको परिमाणको औपचारिक विवरण भने सार्वजनिक गरिएको छैन ।

Read More

काठमाडौं । नेपाली कांग्रेसका सांसद सुनिल शर्माले उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजीनामा नदिए आमरण अनशन बस्ने चेतावनी दिएका छन्। सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माफी माग्नु पर्नेसमेत बताए । ‘अहिलेका गृहमन्त्रीले बिना शर्त राजीनामा गर्नुपर्छ, मेरो अहिलेदेखि अन्तिमसम्म माग छ । यदि गृहमन्त्रीले राजीनामा गर्नुहुन्न भने र प्रधानमन्त्रीले अपोलोजी गर्नुहुन्न भने आमरण अनशन डिक्लियर गर्छु । ’ उनले आफूले सुन तस्करी प्रकरणमा नैतिक रुपमा संलग्न व्यक्तिहरुको राजीनामा माग गर्दा आफूलाई पक्राउ गरेर दुख दिएको भन्दै आक्रोश पोखे । प्रधानमन्त्रीले आतंककारी सरकारको नेतृत्व गरेको कि प्रजातान्त्रिक सरकारको ? उनको प्रश्न छ । ‘गृहमन्त्री, प्रधानमन्त्रीले आतंककारी…

Read More

झापा । झापाको अर्जुनधारा नगरपालिकामा पर्ने बिरिङ खोलाको पुल भासिएपछि उत्तरी झापाका खुदुनाबारी तथा दक्षिणी इलाम पुग्ने सडक अवरुद्ध भएको छ । आइतबार बिहानैदेखि परेको भारी बर्षाका कारण बिरिङ खोलामा आएको बाढीले पुलको जगलाई हानेपछि पुल भासिएको हो । विगत लामो समयदेखि उक्त पुल जीर्ण अवस्थामा पुगेको थियो । २०६५ सालमा भारतीय दूतावासको दुई करोड रुपैयाँ आर्थिक सहयोगमा बनेको पुल भासिएको हो । पुलको स्ल्याब भाँचिएको ठाउँमा हेर्दा कमसल रडको प्रयोग भएका कारण पनि पुल भत्किन सहयोग पुगेको स्थानीयबासीको भनाइ छ । अर्जुनधारा नगरपालिकाले पुल मर्मतका लागि बजेट विनियोजन गरेको भए पनि मर्मत सम्भारमा ढिलाइ भएका कारण सवारी आवागमन ठप्प…

Read More