काठमाडौं । सरकारले जग्गाको कित्ताकाट पूर्णरुपमा खुल्ला गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले यसअघि रोकिएका सम्पूर्ण जग्गा सम्बन्धी काम फुकुवा गर्ने निणर्य गरेको यातायात मन्त्री प्रकाश ज्वालाले जानकारी दिए ।
गत वैशाखमा मन्त्रिपरिषद्ले भू-उपयोग नियमावली संशोधन गर्ने निणर्य गरेपनि कार्यान्वयन हुन सकेको थिएन।
आजको बैठकले भूमि व्यवस्था मन्त्रालयले पुनः अध्ययन गरी लगेको संशोधित नियमावली स्वीकृत गर्ने निणर्य भएको हो ।
हाल भू-उपयोग नियमावली अनुसार जग्गाको वर्गीकरण गरेपछि मात्रै कित्ताकाट गर्न पाइने व्यवस्था रहेको छ। स्थानीय तहले वर्गीकरण गर्न नसक्दा करिब १६० पालिकामा मात्रै कित्ताकाट हुँदै आएको छ।
सरकारले जग्गाको कित्ताकाट नखुल्दा आर्थिक चलायमान हुन नसकेको भन्दै वैशाखदेखि नै खुलाउने प्रयास गरेको थियो।
Facebook Comments Box
