Author: खबरमञ्च

काठमाडौं । भारतको चन्द्रयान-३ चन्द्रमाको सतहमा सफलतापूर्वक अवतरण भएको छ । बुधबार साँझ भारतले चन्द्रमाको दक्षिणध्रुवमा आफ्नो चन्द्रयान सफलतापूर्वक अवतरण गराएको हो । इन्डियन स्पेस रिसर्च अर्गनाइजेसन (इसरो) ले गत असार २९ गते दक्षिण भारतको आन्ध्र प्रदेशस्थित सतिश धावन अन्तरीक्ष केन्द्रबाट प्रक्षेपण गरिएको थियो । ‘एलभीएम-३’ रकेटले अन्तरीक्षयानलाई अन्तरीक्षमा पुर्‍याएको थियो । यान अवतरणपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यो भारतका लागि मात्रै नभएर विश्वकै लागि खुुसीको कुरा भएको बताए । दक्षिण अफ्रिकाको जोहानेशवर्गमा रहेका मोदी चन्द्रयान ३ अवतरण कार्यक्रमसंग भर्चुअलरुपमा प्रत्यक्ष जोडिएका थिए । चन्द्रमाको दक्षिणी ध्रुवमा हालसम्म कुनै पनि मुलुकका यान पुगेका थिएनन् । भारतले अन्तरीक्षयानलाई चन्द्रमाको अर्बिट (कक्ष)…

Read More

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाको गिरीबन्धु टी स्टेटको जग्गाका विषयमा छानविन गर्न जरुरी नभएको बताएका छन् । बुधबार संसदभवनबाट बाहिरिदै गर्दा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष ओलीले गिरीबन्धु टी स्टेटको करिब २८० बिगाहा जग्गा सट्टापट्टा गर्ने तत्कालीन सरकारको निणर्य र त्यसैलाई अहिले कानून बनाएको भन्दै छानबिन गर्न जरुरी नभएको बताए । तर गर्न मन लागे छानविन गर्न सुझाव उनले दिए । उनले भने, ‘झापाको चिया बगानमा सहमति छ । अनियमितता कहाँबाट केको लागि । बिना कारण जग्गा दिएको होइन, त्यो सत्ताले त्यतिबेला गरेको र अहिले त्यसैको आधारमा कानून बनाइदिएका छौं । अरु केही होइन । छानबीन जरुरी…

Read More

काठमाडौं । राष्ट्रिय मान्यताप्राप्त दलहरुबीच बसेको बैठकले माओवादी नेता कृष्णबहादुर महरा जोडिएको सुन तस्करीका विषयमा छानविन गर्ने सहमति जुटाएका छन् । बुधबार प्रधानमन्त्री कार्यालय सिहंदरबारमा बसेको बैठकमा माओवादी नेता महरा र उनका छोरा राहुलको नाम जोडिएको इलेक्ट्रिक सिगरेटमा सुन राखी अवैध पैठारी गरिएको घटनामा पनि छानविन गर्ने सहमति जुटाएको हो । इलेक्ट्रिक सिगरेट भेपमा ९ केजी सुन तस्करी गरिएको प्रकरणमा महरा परिवारको नाम जोडिदै आएको छ । चिनियाँ नागरिक ली हानसोङ २०७९ पुष १० गते फ्लाई दुबईको उडानबाट नेपाल आउँदा भेपको ७३ बट्टामा ७ सय ३० थानमा करिब ९ केजी सुन लुकाएर ल्याएको छानविनबाट पुष्टि भएको थियो । भेप शंकास्पद…

Read More

काठमाडौं । संसदको गतिरोध अन्त्यका लागि दलहरुबीच दुईबुँदे सहमति भएको छ । बुधबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको बैठकमा दलहरुबीच दुई बुँदे सहमति भएको हो । बैठकपछि नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले दलहरुबीच प्रमुख दुईवटा विषयमा सहमति भएको जानकारी दिए । उनले भने, ‘एउटा ब्रेक सुमा राखेर भएको सुन तस्करीको बारेमा केन्द्रीय अनुसन्धान व्युरोले छानविन गरिरहेको छ । उसलाई छानविन गर्न दिने र असोजको ५ गते उच्चस्तरीय छानविन आयोग गठन गर्ने र त्यसै दिनदेखि आयोगले काम गर्ने छ ।’ बैठकपछि जारी गरिएको दुई बुँदे सहमतिमा भनिएको छ ‘मिति २०८० साल श्रावण २ गते विदेशबाट अवैध ढंगले पैठारी (तस्करी) गरिएको सुन…

Read More

काठमाडौं । काठमाडौंबाट पोखरा हुँदै म्याग्दी सदरमुकाम बेनी जाँदै गरेको बस धादिङको गजुरी गाउँपालिका–२ मा दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । दुर्घटनाबाट उद्दार गरिएका २६ जनामध्ये १६ जनाको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङका डिएसपी तथा सूचना अधिकारी सन्तु जयसवालले बताए । उनले भने, ‘२६ जनाको हलसम्म उद्दार गरेका छौं । त्यो मध्ये ८ जनाको घटनास्थलमै मृत्यु भएको छ । बाँकी १६ मध्ये १४ जनालाई उपचारका लागि काठमाडौं पठाएका छौं । बाँकी दुई मध्ये एक जनाको मलेखु टिचिङ अस्पताल र अर्का एक जनाको प्राथमिक स्वास्थ्य केन्द्र गजुरीमा उपचार भैरहेको छ ।’  डिएसपी जयसवालका अनुसार मृतक तथा घाइतेहरुको परिचय…

Read More

काठमाडौं । नेपाली कांग्रेसका बौद्धिक नेता, राजनीतिज्ञ एवं समाजवादी चिन्तक स्वर्गीय प्रदीप गिरिको अस्तु गंगामा विसर्जन गरिएको छ । प्रदीप गिरि पावन स्मृति आयोजक समितिले स्व. गिरिको अस्तु काठमाडौँको पशुपतिनाथबाट काशीसम्मको यात्रा गरी गङ्गा नदीमा विसर्जन गरेको हो । मंगलाबार साँझ साँढे चारबजे काशी हिन्दु विश्वविद्यालयमा शोक सभा आयोजना गरेपछि उनको अस्तु तुलसीघाटमा सेलाउदाँ संकट मोचन के महंत प्रोफेसर विश्वम्भरनाथ मिश्र, मोहनप्रकाश जी, भाजपा नेता अशोक पांडेयलगायतका भारतीय नेता तथा नेपालबाट अस्तु लिएर गएका नेपाली कांग्रेसका नेता तथा नेता गिरिका अनुयायी सहभागी थिए । नेपाली कांग्रेसका केन्द्रीय समिति सदस्य गुरु बरालको नेतृत्वमा ३५ जनाको टोली काठमाडौंको पशुपति नाथबाट अस्तु विसर्जन…

Read More

काठमाडौं । मुख्य निर्णयकर्ताका रूपमा रहेका पूर्वप्रधानमन्त्रीद्वय बाबुराम भट्टराई र माधव नेपाललाई विपक्षी नबनाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले तयार पारेको अभियोजन पत्र सरकारी वकिलको कार्यालय काठमाडौंलाई बुझाएको छ । ब्युरोले ललिता निवासको १ सय ४३ रोपनी जग्गा हिनामिना भएको ठहर गर्दै १८ अर्बभन्दा बढीको बिगो कायम गरी सरकारी वकिलको कार्यालय काठमााडौंमा मुद्दा बुझाएको हो । ब्युरोले पूर्व मन्त्रीसहित ३ सय ३८ जनालाई विपक्षी बनाएर मुद्दा दायर गरेको बताइएको छ । ब्युरोले तयार पारेको झन्डै ८ सय पेज लामो प्रतिवेदनमा पूर्व प्रधानमन्त्रीद्वय भट्टराई र नेपालसँग बयान लिएको उल्लेख गरे पनि उहाँहरूमाथि कारबाही गर्नुपर्ने नपर्ने केही उल्लेख नगरी प्रतिवेदन बुझाएको सीआईबीका…

Read More

काठमाडौं । राष्ट्रिय मान्यताप्राप्त दलहरुको बैठक आज फेरि बस्ने भएको छ । बुधबार शीर्ष नेताहरुको बैठक बसी सुन तस्करी सम्बन्धमा छुट्टै उच्चस्तरीय समिति गठनका लागि प्रस्तावलाई अन्तिम रुप दिने भनिए पनि शीर्ष नेताको बैठक फेरि बस्ने भएको हो । राजनीतिक गतिरोध अन्त्यका लागि प्रमुख दलहरुवीच अझै पनि अन्तिम सहमति हुन सकेको छैन । मंगलबार सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न सहमत भएका शीर्ष दलका नेताहरुको बैठक स्थगित भएको थियो । हिजो दिउँसो दुइ बजे बानेश्वरस्थित संसद भवनमा तोकिएको बैठकमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएपछि बैठक आजसम्मलाई स्थगित भएको हो ।

Read More

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीलाई पितृ शोक परेको छ । बुधबार विहान समाजिक सञ्जाल मार्फत उनले आफ्नो बुवाको निधन भएको जानकारी दिएका हुन् । उनले लेखेका छन्, ‘भखरै वुवाले धोका दिनुभयो ! आमाले त हामीलाई पहिला नै धोका दिएर जानुभो ! उप्रान्त वुवा आमा त रहनु भएन रह्र्यो त केवल  खिचि छोडेको तस्विर आँखामा । पितृत्व र मातृत्व छाति भित्र । आज बाट हामी पूर्ण रुपमा टुहुरो भयौं तर कर्तव्य बाट टुहुरो बन्न मिल्दै मिल्दैन साह्रा नेपाली मेरो आमा बुवा हुन बाँकि जीवन उहाँहरुको सेवामा लगाउने छु । निशब्द छु तर भन्न बाध्य छु वुवा…

Read More

काठमाडौं। नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठले, पद तथा गोपनीयताको शपथ लिएका छन् ।राष्ट्रपति भवन शीतलनिवासमा मंगलबार दिउँसो आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानन्यायाधीश श्रेष्ठलाई शपथ खुवाएका हुन्। शपथ ग्रहण समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल,उप–राष्ट्रपति रामसहाय प्रसाद यादव, सभामुख देवराज घिमिरे,वैधानिक अङ्गका प्रमुखहरू, न्यायाधीशहरू, लगायतका उच्चपदस्थ सरकारी अधिकारी तथा सुरक्षा प्रमुख उपस्थित थिए। श्रेष्ठलाई संसदीय सुनुवाइ समितिबाट सोमबार अनुमोदन गरिएको थियो।

Read More