काठमाडौं । नेपाली कांग्रेसका बौद्धिक नेता, राजनीतिज्ञ एवं समाजवादी चिन्तक स्वर्गीय प्रदीप गिरिको अस्तु गंगामा विसर्जन गरिएको छ ।
प्रदीप गिरि पावन स्मृति आयोजक समितिले स्व. गिरिको अस्तु काठमाडौँको पशुपतिनाथबाट काशीसम्मको यात्रा गरी गङ्गा नदीमा विसर्जन गरेको हो ।
मंगलाबार साँझ साँढे चारबजे काशी हिन्दु विश्वविद्यालयमा शोक सभा आयोजना गरेपछि उनको अस्तु तुलसीघाटमा सेलाउदाँ संकट मोचन के महंत प्रोफेसर विश्वम्भरनाथ मिश्र, मोहनप्रकाश जी, भाजपा नेता अशोक पांडेयलगायतका भारतीय नेता तथा नेपालबाट अस्तु लिएर गएका नेपाली कांग्रेसका नेता तथा नेता गिरिका अनुयायी सहभागी थिए ।
नेपाली कांग्रेसका केन्द्रीय समिति सदस्य गुरु बरालको नेतृत्वमा ३५ जनाको टोली काठमाडौंको पशुपति नाथबाट अस्तु विसर्जन यात्रामा निस्किएको थियो ।
Facebook Comments Box
