काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाको गिरीबन्धु टी स्टेटको जग्गाका विषयमा छानविन गर्न जरुरी नभएको बताएका छन् ।
बुधबार संसदभवनबाट बाहिरिदै गर्दा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष ओलीले गिरीबन्धु टी स्टेटको करिब २८० बिगाहा जग्गा सट्टापट्टा गर्ने तत्कालीन सरकारको निणर्य र त्यसैलाई अहिले कानून बनाएको भन्दै छानबिन गर्न जरुरी नभएको बताए । तर गर्न मन लागे छानविन गर्न सुझाव उनले दिए ।
उनले भने, ‘झापाको चिया बगानमा सहमति छ । अनियमितता कहाँबाट केको लागि । बिना कारण जग्गा दिएको होइन, त्यो सत्ताले त्यतिबेला गरेको र अहिले त्यसैको आधारमा कानून बनाइदिएका छौं । अरु केही होइन । छानबीन जरुरी छैन् तर गर्न मन लागे गरे हुन्छ ।’
Facebook Comments Box
