Author: खबरमञ्च
काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती बुवा गुमाएको दुइदिनमै काममा फर्किएका छन् । शुक्रबार समाजिक संञ्जाल मार्फत उनले मर्ने त मरेर गैइजानु भयो बाँकी जीवन बाँच्नेको निम्ति हो भन्दै काममा फर्केको जानकारी दिएका हुन् । ‘मर्ने त मरेर गैइजानु भयो । बाँकी जीवन बाँच्नेको निम्ति हो भनेर म काममा आजैदेखि फँर्के । हाम्रो बुबाको उपचारमा दिन रात खट्नु हुने स्वास्थ्यकर्मीहरु, देश विदेशमा रहेर पनि बुवाको स्वास्थ्यलाभको कामना गर्नुहुने हाम्रो स्टमित्रहरु र भदौरे झरीमा रुझिभिजी आउनु भएका सम्पूणर् मलामी जनहरुलाई धन्यवाद ज्ञापन गर्दछु,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक शुक्रबार साँझ बस्ने भएको छ । संसदीय दलको कार्यालय सिंहदरबारमा साँझ ५ बजे बैठक बस्न लागेको हो । साँझ बस्ने बैठकमा भदौ ११ गते हुने संसदीय समितिका सभापतिको निर्वाचनका विषयमा छलफल हुने सचेतक निशा डाँगीले जानकारी दिइन् । प्रमुख दलले संसदीय समितिका सभापतिहरू भागबन्डा गरेपछि रास्वपाले त्यस विषयमा छलफल गर्न बैठक बोलाएको हो । बैठकमा पार्टीले दर्ता गरेका संकल्प तथा सार्वजनिक महत्वका प्रस्तावको विषयमा छलफल हुनेछ ।
झापा । इलाका प्रहरी कार्यालय झिलझिले झापाका इन्चार्ज प्रहरी निरीक्षक युवराज कटुवालमाथि बञ्चरो प्रहार भएको छ। शिवसताक्षी नगरपालिका वडा नं. ९ झरना खोला पुलनजिक मोटरसाइकलमा आएका तीन जनाले बञ्चरो प्रहार गरेका हुन्। बिहीबार साँझ ६.५० बजेको समयमा केही व्यक्ति लागूऔषध ब्राउनसुगर सेवन गरिरहेका छन् भन्ने गोप्य सूचनाको आधारमा इप्रका झिलझिलेबाट प्रहरी निरीक्षक कटुवालको कमान्डमा सादा पोशाकमा खटिएको टोली प्रहरी खटिएको थियो। प्रहीले तीन जना सवार मे ४ प २७५१ नं. को मोटरसाइकल लापरबाही हिसाबले चलाएकोले रोकेर किन यसरी चलाएको भनी सोधपुछ गर्ने क्रममा मोटरसाइकल पछाडि सवार सोही ठाउँ बस्ने वर्ष ३६ का अशोक पोखरेलले अचानक लुकाएर ल्याएको बञ्चरोले कटुवालको टाउकोमा…
काठमाडौं । अमेरिकी पूर्व राष्ट्रपति डोनल्ड ट्रम्प जोर्जिया राज्यस्थित फुल्टन काउन्टी जेलमा आत्मसमर्पण गरेका छन् । कडा सुरक्षा बन्दोबस्तमा ट्रम्पको त्यहाँ औँठाछाप लिइएको र मगशट भनिने प्रहरी रेकर्डमा राखिने फोटो खिँचिएको छ । त्यसलगत्तै उक्त फोटो सार्वजनिक गरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यम बीबीसीले जनाएको छ । फुल्टन काउन्टी जेलको प्रक्रिया पुरा गरेर उनले २ लाख डलर जमानतमा रिहा भएका छन् । ट्रम्पले ठगी र झूटा बयानसहित १३ आरोप अस्वीकार गरेको र आफूमाथि लागेका सम्पूणर् आरोपहरू राजनीतिक रूपमा प्रेरित भएको दाबी गरेका छन् । जेलको प्रक्रियामा सामेल भएलगतै जोर्जिया राज्यबाट फर्कन विमानस्थल पुगेका ट्रम्पले आफू निर्दोष भएको र सन् २०२० मा वास्तवमै…
काठमाडौं । सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापालाई गत सोमवार सभाध्यक्षले दिएको विश्वासको मत असंवैधानिक ठहर गर्दै प्रदेश सरकारलाई दीर्घकालीन असर पर्ने कामकारबाही नगर्न अन्तरिम आदेश दिएको छ। न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले प्रदेशका पूर्वमुख्यमन्त्री समेत रहेका एमाले नेता हिक्मतकुमार कार्कीको रिट निवेदनमा सुनुवाइ गर्दै यो आदेश दिएको अदालतका प्रवक्ता बिमल पौडेलले बताए। “अध्यक्षता गर्ने सदस्यले दिएको मत समेत गणना गरी श्री उद्धव थापाले विश्वासको मत प्राप्त गर्नुभएको भनी घोषणा गरिएको कार्य नेपालको संविधानको धारा १६८ संसदीय अभ्यास, संवैधानिक नैतिकतालगायत यस अदालतबाट प्रतिपादित सिद्धान्त समेतको प्रतिकूल रहेको देखिन आयो,” अदालतको आदेशमा भनिएको छ। अदालतले मुद्दाको टुङ्गो नलागेसम्म दीर्घकालीन असर पर्ने…
काठमाडौं । सभामुख देवराज घिमिरेले भदौ ११ गतेका लागि संसदीय समितिका सभापतिको निर्वाचनको मिति तोकेका छन् ।प्रतिनिधिसभा सञ्चालन हुन थालेको झन्डै ८ महिनापछि मिनि संसद भनिने संसदीय समितिले नेतृत्व पाउने भएको छ ।बिहिबार सभामुख घिमिरेले प्रमुख चार राजनीतिक दलका प्रमुख सचेतक र कानून मन्त्रीसँगको छलफलपछि रिक्त रहेका सबै समितिको सभापतिको निर्वाचन कार्यक्रम तय गरेका हुन् ।जसअनुसार संसदीय समितिका सभापतिको निर्वाचन भदौ ११ गते १ बजेका लागि तोकिएको छ । संसद बैठक बस्न थालेको ५ महिनामा संसदीय समिति गठन गरिएको थियो । तर, संसदीय समितिमा सभापति चयन नगरी जेष्ठ सदस्यको अध्यक्षतामा बैठक सञ्चालन हुँदै आएको छ।प्रतिनिधिसभा अन्तर्गत १० वटा विषयगत समिति…
काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानन्त्री पुष्प कमल दाहाल प्रचण्ड र पूर्व प्रधानमन्त्री माधव नेपालले जनता जुधाएर ताली बजाउँन खोजेको आरोप लगाएका छन् ।नेपाल भूतपूर्व सैनिक तथा प्रहरी संगठनको सम्मेलनमा उनले, प्रचण्ड र माधवले जनजातीको नाममा हिंसा भड्काउँन भूमिका खेलेको टिप्पणी गरे ।उनले भने, ‘अबको नेपाल शान्तिपूर्ण बनाउँने हो । अहिले पूर्वाञ्चलमा विरोध गर्ने माओवादी र माधव नेपालका कार्यकर्ताहरु छन् । उफ्रिने किरात राई उफार्ने पुष्पकमल दहाल, माधव कुमार नेपाल नै हुन् । प्रचण्ड र माधव नेपालहरुले नेपाली जनताहरुलाई गोरु जुधाए जसरी जुधाएर ताली बजाउँन खोजी रहेका छन् । त्यो काम गर्न हुदैँन् नेपाली जनता लड्नु हुदैँन्…
काठमाडौं । नेकपा एमालले प्रतिनिधि सभाको बैठकमा सरकारको उपस्थिति नभएको भन्दै आपत्ति जनाएको छ । एमाले सांसद सुर्य थापाले २५ जनाको मन्त्री मण्डलका एक जना सदस्यसमेत सदनमा उपस्थित नभएको भन्दै आपत्ति जनाए । थापाले सरकार हराएको भन्दै खोजी गर्न सरकारको ध्यानाकर्षण गराए । उनले भने, ‘यो सरकार हरायो सभामुख महोदय सरकारको खोजि गरि पाउँ, मन्त्रीहरु बेगर यो सदनको कारबाही अगाडी बढ्न सक्दैन् । प्रधानमन्त्री र २५ जना मन्त्रीहरु मध्य १ जना पनि यहाँ हुनुहुन्न । यो घनघोर अन्याय हो । यो सदनको अपमान हो ।’ सदनमा एक जना पनि मन्त्री नहुनु सदनको अपमान भएको उनको भनाइ छ ।
बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२२ चुरियामाईमा तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय सिमराका अनुसार काठमाडौँबाट महोत्तरीको लोहारपट्टी जाँदै गरेको मधेस प्रदेश-०३-००१ ख ७९९४ नम्बरको बस बुधबार राति करिब २ बजेको दुर्घटना भएको हो । बस दुर्घटनामा मृत्यु हने ६ भारतीय नागरिक र एकजना नेपाली रहेको प्रहरीले जनाएको छ । चालकसहित २७ यात्रु सवार उक्त बस चुरियामाई मन्दिरबाट १०० मिटर दक्षिण तर्फको खोलामा खसेको छ । दुर्घटनामा १९ जना घाइते भएका छन् । उनीहरूको हेटौंडाको चुरेहिल अस्पताल र हेटौंडा अस्पतालमा उपचार भइरहेको छ ।
विराटनगर । प्रतिपक्षी दलको विरोध र बहिष्कारका कारण कोशी प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ । बुधबार बैठक सुरु हुनासाथ उठेर विरोध जनाउँदै प्रतिपक्षी दलका प्रदेशसभा सदस्यले नाराबाजी गरेका थिए । मुख्यमन्त्री उद्धव थापाले थापाले सभामुख इस्राइल मन्सुरीलाई समेत प्रयोग गरेर संविधानविपरीत विश्वासको मत लिएका थिए । कानुनको धज्जी उडाएर मुख्यमन्त्रीलाई विश्वासको मत दिने सभामुखको अध्यक्षतामा सभा सञ्चालन हुन नसक्ने भन्दै प्रतिपक्षी नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सदस्यले बैठक बहिष्कार गरेका हुन् । सभाध्यक्ष मन्सुरीले बैठक सुरु भएको घोषणा गरेलगत्तै एमाले र राप्रपाका प्रदेशसभा सदस्यले उठेर विरोध जनाए । सभाध्यक्षविरुद्ध नाराबाजी गर्दै प्रदेशसभा सदस्यहरु बैठक कक्ष…