काठमाडौं । नेकपा एमालले प्रतिनिधि सभाको बैठकमा सरकारको उपस्थिति नभएको भन्दै आपत्ति जनाएको छ ।
एमाले सांसद सुर्य थापाले २५ जनाको मन्त्री मण्डलका एक जना सदस्यसमेत सदनमा उपस्थित नभएको भन्दै आपत्ति जनाए ।
थापाले सरकार हराएको भन्दै खोजी गर्न सरकारको ध्यानाकर्षण गराए ।
उनले भने, ‘यो सरकार हरायो सभामुख महोदय सरकारको खोजि गरि पाउँ, मन्त्रीहरु बेगर यो सदनको कारबाही अगाडी बढ्न सक्दैन् । प्रधानमन्त्री र २५ जना मन्त्रीहरु मध्य १ जना पनि यहाँ हुनुहुन्न । यो घनघोर अन्याय हो । यो सदनको अपमान हो ।’
सदनमा एक जना पनि मन्त्री नहुनु सदनको अपमान भएको उनको भनाइ छ ।
Facebook Comments Box
