Author: खबरमञ्च
काठमाडौं । नेपाल र चीनबीच १३ बुँदे सम्झौता र एक समझदारी पत्रमा हस्ताक्षर भएको छ । बेजिङस्थित ग्रेट हल अफ दि पिपलमा द्विपक्षीय वार्तापछि सम्झौतापत्रमा हस्तार भएको हो । सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ समकक्षी ली छ्याङबीचको उपस्थितिमा नेपाल र चीनका अधिकारीबीच एक समझदारी र १२ वटा सम्झौता भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए । सो अवसरमा कृषि तथा पशुपंक्षी, प्राविधिक, औषधीजन्य वस्तुको आयात निर्यात, नेपाली तथा चिनीयाँ पुस्तक अनवादलगायतका विषयमा सम्झौता भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ । त्यसैगरी डिजिटल इकोनोमी प्रवर्द्धन गर्ने विषय र ग्री ऊर्जा प्रवद्र्धन तथा कार्व उत्सर्जनमा कटौतीको विषयमा पनि दुई…
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ समकक्षी ली छ्याङबीच भेटवार्ता भएको छ । उनीहरुबीच सोमबार बिहान चीनको राजधानी बेइजिङस्थित ग्रेट हल अफ द पिपुलमा भेटवार्ता भएको हो । भेटमा बीआरआई सम्बन्धी सम्झौता कार्यान्वयन, व्यापारिक सन्धि पुनरावलोकनका साथै ऊर्जा, कृषि, सूचना प्रविधि लगायतका विषयमा छलफल भएको छ । छलफलपछि केही सहमति पत्रमा दुवै देशका अधिकारीहरुबीच हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ ।
झापा – नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका सहायक प्रशिक्षक तथा पूर्व राष्ट्रिय खेलाडी प्रवेश कटुवाललाई मातृशोक परेको छ । सैनिक युथ क्लब झापाका उपाध्यक्षसमेत रहेका कटुवालकी आमा इन्द्रमाया कटुवालको हिजो साँझ ७ बजे उपचारको क्रममा बिर्तामोडस्थित मनमोहन अस्पतालमा निधन भएको हो । उनी मिर्गौलासम्बन्धी रोगबाट पीडित थिइन् । २०१५ सालमा जन्मिएकी इन्द्रमायाका प्रवेश र गणेश गरी दुई छोरा, एक छोरी र श्रीमान् छन् । एक छोरीको पहिल्यै निधन भइसकेको जनाइएको छ । कटुवाल परिवारको स्थायी बसोबास बिर्तामोड १० स्थित सैनिक बजारमा रहेको छ ।
काठमाडौँ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ६१ किलो सुन तस्करीमा संलग्न दावा छिरिङसँग कनेक्सन देखिएर विवादमा आएका अध्यागमन विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीलगायतका सुन काण्डमा मुछिएका कर्मचारीलाई छिट्टै बयानमा बोलाउने भएको छ । तस्करी प्रकरणमा मुछिएका अध्यागमन विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहितका कर्मचारीको सम्पत्ति छानबिन थालिरहेको अख्तियारले उनीहरूलाई छिटै बयानमा बोलाउने तयारी गरेको हो । अख्तियारले उनीहरूका बारेमा विस्तृत अनुसन्धान गरिरहेको छ । साथै, यसअघिको ९ किलो सुन तस्करीमा संलग्न रहेका र प्रहरी हिरासतमा रहेका कर्मचारीहरूको पनि कल डिटेल्सको बारेमा अख्तियारले छानबिन थालेको छ । ६१ किलो सुन तस्करी प्रकरणमा मुछिएर पक्राउ परेका भन्सार अधिकृत सन्तोष चन्द, खरिदार कुमार ढकाल, एक्सरेका कर्मचारी…
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग शनिबार भएको भेट र छलफलले आफू उत्साहित भएको बताएका छन् । चीन भ्रमणमा रहेका प्रधानमन्त्री दाहालले आइतबार साँझ बेइजिङस्थित नेपाली दूतावासमा आयोजित स्वागत समारोहलाई सम्बोधन गर्दै उक्त वार्ता निकै सौहार्द्रपूर्ण रहेको र यसले दुई देशबीचको सम्बन्धलाई थप उचाइमा पुर्याउने विश्वास आफूले लिएको बताए । प्रधानमन्त्री दाहालले भने, ‘यस पटकको चीन भ्रमणको यो फरक र विशिष्ट उपलब्धि भएको भएको छ र राष्ट्रलाई चीनसँगको कुराकानीबाट विश्वासको थप वातावरण सिर्जना भएको महसुस मैले गरेको छु ।’ नेपाल र चीनबीचको सदियौं पुरानो सम्बन्धलाई यो भ्रमणले नयाँ आयाम थपेको भन्दै प्रधानमन्त्री दाहालले सीसँगको वार्ताका क्रममा नेपालको…
झापा । ‘फजुल खर्च बन्द गरौँ बचत गर्ने बानी बसालौँ’ भन्ने मूल नाराका साथ बिर्तामोडमा रहेको सजिलो बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सोह्रौँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । कार्यक्रमको उद्घाटनसत्रमा संस्थाले गरेको वार्षिक कार्यप्रगति विवरण संस्थाका अध्यक्ष काशीनाथ घिमिरेले प्रस्तुत गर्नुभएको थियो । प्रस्तुत प्रतिवेदनका क्रममा अध्यक्ष घिमिरेले ६ करोड ७६ लाख ६५ हजार २ सय १२ रुपैँया ५० पैसाको वासलात सार्बजनिक गर्नु भएको छ । त्यस्तै वार्षिक साधारणसभाको उपलक्ष्यमा आयोजित कार्यक्रममा त्रिफला राष्ट्रिय पुष्तकालयका संस्थापक प्रेमप्रकाश पोख्रेल फलाहारी र सूर्योदय टेलिभिजनका प्रधान सम्पादक उमाकान्त खनाललाई सम्मानपत्रसहित दोसल्ला र रुद्राक्षको मालाले सम्मानित गरिएको थियो । पुस्तकालयको माध्यमबाट अतुलनीय योगदान…
काठमाडौं । चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज हान्जाउबाट राजधानी बेइजिङ जाँदैछन् । शनिबार हान्जाउ पुगेका प्रचण्डले राष्ट्रपति सी चिनफिङ भेटवार्ता गरेका हुन् । भेटमा प्रचण्डले नेपाल चीन सम्बन्ध रणनीतिक तहमा पुगेको बताए । एसियाली खेलकुदको व्यस्तता हुँदा पनि आफूसँग भेट गरेकोमा सीको प्रशंसा गरे। करिब आधाघण्टा भएको भेटमा दुई देशको आपसी हितका विषयमा छलफल भएको बताइएको छ । प्रधानमन्त्री प्रचण्ड आज दिनभर विभिन्न कार्यक्रममा भाग लिनेछन् । सोमबार मात्रै समकक्षी ली छ्याङ तथा उच्चस्तरीय अधिकारीसँग भेटवार्ता गर्नेछन् । प्रधानमन्त्रीसहितको टोली बिहान ९ बजे बेइजिङका लागि प्रस्थान गर्नेछ । ११ बजे बेइजिङ क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणपछि चिनियाँ मन्त्रीले…
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पुर्व कप्तान पारस खड्का नेपाल क्रिकेट संघ क्यानको सचिवमा निर्वाचित भएका छन्। शनिबार भएको निर्वाचनको मतगणनामा कुल खसेको ८५ मतमध्ये प्रशान्तलाई ३७ मतमा रोक्दै पारसले ४८ मत ल्याएर जित हासिल गरेका हुन् । पारस अध्यक्ष चतुरबहादुर चन्दको प्यानलबाट उठेका थिए । उनी यसअघि बाग्मती क्रिकेट संघको अध्यक्ष निर्वाचित भएका थिए ।
काठमाडौं । नेपाल क्रिकेट संघ क्यानको अध्यक्षमा चतुर बहादुर चन्द निर्विरोध निर्वाचित भएका छन्। शनिबार बानेश्वरस्थित एभरेष्ट होटलमा जारी चुनावी प्रक्रियामा अध्यक्षका प्रत्यासी विनयराज भण्डारीले उम्मेदवारी नै दर्ता नगरेपछि चन्द निर्विरोध भएका हुन्। यसअघि उनले अध्यक्षमा उठ्ने घोषणा गरेका थिए।
काठमाडौं । राहतका शिक्षकहरूले सरकारसँग भएको ७ बुँदे सहमतिमा असहमति जनाउँदै आन्दोलन जारी राखेका छन् । सरकार र नेपाल शिक्षक महासंघबीच शुक्रबार साँझ भएको सहमतिमा आफूहरुको माग सम्बोधन नगरेको भन्दै राहतका शिक्षकहरूले शनिबारमा काठमाडौंको माइतीघरमा आन्दोलन जारी राखेका हुन् । सहमतिमा ५० हजार राहतको शिक्षकको माग सम्बोधन नभएपछि आन्दोलन जारी राख्न बाध्य भएको नेपाल राहत शिक्षक केन्द्रीय समितिका अध्यक्ष खेमराज अधिकारीले बताए । उनले देशको सामुदायिक विद्यालय चलाउने असल शिक्षक बन्नका लागि राहत शिक्षक नै बन्नुपर्ने थियो अरु विकल्प नभएको गुनासो गरे । उनले भने, ‘देशको सामुदायिक विद्यालय चलाउने असल शिक्षक बन्छु भन्दा राहत शिक्षक नै बन्नुपर्ने थियो अरु विकल्प…