Author: खबरमञ्च

काठमाडौं । आम नागरिकका गुनासो सुन्ने सरकारी संयन्त्र ‘हेलो सरकार’ आजदेखि २४ सैं घण्टा संचालनमा आएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिंहदरबारमा विगत १२ वर्षदेखि सञ्चालनमा रहेको “हेलो सरकार”को सेवालाई तीन सिफ्टमा सञ्चालन हुने गरी विस्तारको घोषणा गरेका हुन् । आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा रहेको हेलो सरकार कक्षको निरीक्षण र अनुगमनसहित प्रधानमन्त्रीले जनताका समस्या सम्बोधन गर्ने गरी तीन सिफ्टको कार्यक्रम शुभारम्भ भएको घोषणा गरेका हुन् । उनले भने, ‘जनताका गुनासो जति गम्भीरतापूर्वक सम्बोधन हुन्छ, लोकतन्त्र त्यति नै बलियो हुन्छ । त्यसै प्रयोजनका निम्ति १२ वर्षअघि यो कार्यक्रमको शुभारम्भ गरिएको थियो। यसले गणतन्त्रमा जनमत र जनभावनाको सम्मान गर्ने…

Read More

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाविरुद्ध परेको रिटको सुनुवाइ पूर्ण इजलासमा हुने भएको छ । गत शुक्रबार न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेमाको इजलासमा परेको रिट ‘हेर्न नमिल्ने’ भएसँगै आइतबारका लागि पेशी तोकिएको थियो। जसअनुसार मुद्दाको पेशी न्यायाधीशद्वय सपना प्रधान र सुश्मालता माथेमाको संयुक्त इजालसमा पर्यो। तर संवैधानिक महत्वको विषय भएकाले पूर्ण इजलासमा लगरे सुनुवाइ गरे उपयुक्त हुने राय आएपछि सोही अनुसार निर्णय भएको एमाले कोसी प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले बताए। रिटमाथि अब सोमबारदेखि पूर्ण इजलासमा निरन्तर सुनुवाइ हुनेछ। पूर्ण इजलासमा २ भन्दा बढी न्यायाधीश हुन्छन् । मुख्यमन्त्री थापाले संविधान विपरीत विश्वासको मत लिएको भन्दै पूर्वमुख्यमन्त्री हिक्मतबहादुर कार्कीले…

Read More

काठमाडौं । नेपाल सरकारले विविध रचनात्मक कार्यक्रमसहित संविधान दिवसलाई तीन दिनसम्म भव्यतापूर्वक मनाउने निर्णय गरेको छ। आइतबार बिहान सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको संविधान दिवस मूल समारोह समितिको बैठक संविधान दिवस भव्यताका साथ मनाउने निर्णय गरेको हो। बैठकले असोज २, ३ र ४ गते विविध कार्यक्रमका साथ संविधान दिवस मनाउने निर्णय गरेको छ। कार्यक्रमअन्तर्गत असोज २ गते विशेष संवाद, जनचेतनामूलक कार्यक्रम, संविधान दिवस विशेषाङ्क प्रकाशन, अन्तरक्रिया, दीपावली लगायतका कार्यक्रम हुनेछन्। असोज ३ गते सैनिक मञ्च टुँडिखेलमा संविधान दिवस विशेष समारोह गर्ने, विभिन्न मठ, मन्दिर, गुम्बा, धार्मिक एवं सांस्कृतिक सङ्घसंस्था, शैक्षिक प्रतिष्ठानहरूमा संविधान दिवस बनाउने र साँझ दीप प्रज्ज्वलन…

Read More

काठमाडौं । पेप्सीकोलाबाट जडिबुटीतर्फ जाँदै गरेको बस पल्टिँदा कम्तीमा १० जना घाइते भएका छन् । आइतबार बिहान काठमाडौंको पेप्सिकोलामा गुडिरहेको बस पल्टँदा गुडिरहेको स्कुटर, बाइक र जिपमा समेत ठक्कर दिएको थियो । जसमा चारवटा सवारी एक आपसमा दुर्घटनामा परेका छन् । जसमा कम्तीमा १० जना घाइते भएको बताइएको छ । घाइतेमध्ये ७ जनालाई सिभिल अस्पताल बानेश्वर उपचारको लागि ल्याइएको महानगरीय प्रहरी प्रभाग काँडाघारीले जानकारी दिएको छ । सामान्य घाइते भएकालाई पेप्सीकोलाकै स्थानीय अस्पतालमा उपचारका लागि लगिएको छ । दुर्घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

Read More

झापा । नेपालको लोकप्रिय मौलिक लाखे नाचको संरक्षणमा झापा बुद्धशान्तिका नेवार समुदायले सक्रियता देखाएका छन् । खासगरि बुद्धशान्ति २ मा बसोबास गर्ने नेवार समुदायले यस बर्ष पनि लाखे नाचको प्रदर्शनीलाई निरन्तरता दिएका छन् । जात्रा तथा विशेष अवसरमा प्रदर्शन हुने लाखे नाच नागपञ्चमीको अवसर पारेर सुरु गरिएको थियो । शनिवार जयपुरमा सामुहिक क्वाँटी खाने कार्यक्रम पनि बुद्धशान्ति २ का नेवार समुदायले आयोजना गरेका छन् । नागपञ्चमीको अवसरमा सुरु भएको लाखे कृष्ण जन्माष्टमीको दिनसम्म समय मिलाएर प्रदर्शन गर्ने प्रचलन छ । युवा पुस्तालाई आफ्नो सँस्कृतिका बारेमा अपनत्व हुने किसिमले लाखे नाचको आयोजना गरिएको आयोजक समितिका प्रज्वल प्रधानले जानकारी दिए । अहिले…

Read More

काठमाडौं । उपप्रधान तथा गृह मन्त्री नाराणकाजी श्रेष्ठले माओवादी भएकै कारणले कुनै अपराधीले छुट नपाउने दाबी गरेका छन् । शनिबार जनतासँग माओवादी बिशेष रुपान्तरण अभियान समुद्घाटन कार्यक्रमलाई ललितपुरको बाँडेगाउँमा सम्बोधन गर्दै उनले अनुसन्धानले अपराधी पुष्टि गरेमा माओवादी नै भएपनि कानूनको कठघरामा ल्याउने भन्दै माओवादीको नेतृत्वको सरकार छ बाचिन्छ भन्ने भ्रममा नपर्न चेतावनी दिए । उनले भने, ‘अहिले ६० किलो सुनको तस्करी र ९ किलो सुनको तस्करीको अनुसन्धान गरिरहेका छौं । सरकारको कुरा के छ भने जो सुकै परोस् दोषी र अपराधी छन् भने, अनुसन्धानले त्यसको पुष्टि गर्छ भने कानूनको कठघरामा ल्याउँनेछौं । कुन पार्टीको, कोसँग कस्तो सम्बन्धको मान्छे मतलब छैन…

Read More

काठमाडौं । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीले गरेको गल्तीलाई सुधारेर आत्मआलोचनासहित आजबाट रुपान्तरण अभियानमार्फत् जनतामाझ गएको बताएका छन् । शनिबार बिहान जनतासँग माओवादी: विषेश रुपान्तरण अभियानको पार्टी केन्द्रीय कार्यालयबाट उद्घाटन गर्दै अध्यक्ष दाहालले नेपाली समाजको परिवर्तका लागि पार्टीले गरेको संघर्ष र नेतृत्वको चर्चा गर्दै पार्टीले बाटो विराएकाप्रति आजबाट आत्मआलोचना गरेर जनतामाझ गएको बताए । उनले आफूहरु सुध्रिन चाहेको कुरा जनतालाई बताएरै माफि माग्न आग्रह गरे । उनले भने, ‘हामीले जनतालाई विस्वास दिलाउनु पर्दछ, नेपाली समाजको परिवर्तन र रुपान्तरण माओवादीले नै गर्न सक्दछ । माओवादीकै नेतृत्वमा मात्रै संमृद नेपाल सम्भव छ । कमरेडहरु जनतासँग हामीले भन्न…

Read More

काठमाडौं । एसिया कपको दोस्रो खेलमा आज बलिया दुई प्रतिद्वन्द्वी भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ । निकै प्रतीक्षा गरिएको र उपाधिका दुई प्रमुख दाबेदार भारत र पाकिस्तानबीच यो खेल नेपाली समय अनुसार दिउँसो ३ : १५ मा श्रीलंकाको पालेकेले क्रिकेट स्टेडियममा हुनेछ । सबैभन्दा बढी लोकप्रिय मानिने यी दुई देशका खेलमा कडा प्रतिस्पर्धाको अनुमान गरिएको छ । भारतको रोहित शर्मा र पाकिस्तानको बाबर आजमले कप्तानीमा हुने खेलमा दुबै टोलीमा रहेका विश्वस्टार बलर र ब्याटरको प्रर्दशन कडा प्रतिस्पर्धात्मक हुने मानिएको छ । भारतको ब्याटिङको परिक्षा पाकिस्तानको तीव्र गतिको बलिङ आक्रामण सामु हुनेछ । भारत र पाकिस्तानले आन्तरिक राजनीतिको कारण २०१३ पछि…

Read More

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले पार्टीलाई जनतासँग जोड्ने उद्देश्यले आजदेखि देशभर ‘जनतासँग माओवादी’ विशेष रुपान्तरण अभियान सञ्चालन गर्न लागको छ । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान ९ बजे पार्टी मुख्यालय पेरिसडाँडाबाट अभियानको उद्घाटन गर्ने माओवादीले जनाएको छ । देशको राजनीतिक परिवर्तनमा पटक पटक नेतृत्व गर्दै आएको माओवादी केन्द्रले उक्त अभियानमार्फत आसन्न निर्वाचनमा जनताको ‘मन जितेर मत प्राप्त गर्ने’ र पार्टीलाई सुधार गर्ने उद्देश्य राखेको छ । गत साउन १७ गते राजधानीमा बसेको माओवादीको केन्द्रीय समितिको चौथो पूर्ण बैठकले पार्टी र सरकारको सन्देश प्रत्येक नागरिकको घरघरमा पुर्‍याउने उद्देश्यसहित अभियान सञ्चालन गर्ने निणर्य गरेको थियो । सोहि निणर्य…

Read More

काठमाडौं । बागमती प्रादेशिक क्रिकेट संघको अध्यक्षमा पारस खड्का विजयी भएका छन् । संघको नयाँ नेतृत्वका लागि आज भएको निर्वाचनमा खड्काले २३ मत पाउँदा उनका प्रतिद्धन्द्धी उमेश पियाले १४ मत पाए । शुक्रबार बागमती प्रादेशिक क्रिकेट संघको दोस्रो साधारण सभा एवं अधिवेशन पश्चात भएको मतदानमा ३७ मतदाताले मतदान गरेका थिए । मतदानबाट खड्काको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन भएको छ । राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान खड्काले काठमाडौं जिल्ला क्रिकेट संघमा प्रवेश गर्दै प्रदेशको अध्यक्षमा उम्मेद्वारी दिने घोषणा गरेका थिए । उनको प्रतिद्धन्द्धी उमेश पिया चितवन जिल्ला क्रिकेट संघमा पदाधिकारी हुन् ।

Read More