Author: खबरमञ्च
सुरुङ्गा (झापा)- अख्तियार दुरूपयोग अनुसन्धान आयोगले इलाका प्रशासन कार्यालय गौरीगञ्जका तत्कालीन प्रमुख चुडामणि आपागाईंसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । विशेष अदालत काठमाडौँमा आज उनीहरूविरुद्ध आयोगले आरोपपत्र दायर गरेको हो । राहदानी बाहकको नागरिकताको प्रमाणपत्रमा उल्लेख भएको जन्म मितिभन्दा राहदानीमा उमेर घटाउने वा बढाउने उद्देश्यले बदनियतपूर्वक सरकारी कागजातमा अनधिकृत विवरण हेरफेर गरी राहदानी जारी गरेको आरोपमा उनीहरूविरुद्ध मुद्दा दर्ता गरिएको आयोगले आज एक प्रेस विज्ञप्ति जारी गर्दै जनाएको छ । आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलद्वारा जारी विज्ञप्तिमा इलाका प्रशासन कार्यालय गौरीगञ्जका तत्कालीन प्रमुख चुँडामणि आपागाईं, तत्कालीन नायब सुब्बा रवीनकुमार राजबंशी, तत्कालीन कम्प्युटर अपरेटर आकाश मगर र कार्यालय सहयोगी जीवनकुमार…
सुरुङ्गा (झापा)- जेनजी प्रदर्शनका क्रममा महानगरीय प्रहरी कार्यालय काठमाडौँबाट लुटिएका दुई थान पेस्तोलसहित प्रहरीलले झापाको दमकबाट तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले उनीहरूको साथबाट दुई थान पेस्तोल र २० राउण्ड गोलीसमेत बरामद गरेको छ । पक्राउ पर्नेमा दमक–६ प्रशान्तिटोलका २९ वर्षीय विश्व लिङ्देन, दमक–९ बस्ने २६ वर्षीय सरोज पुरी र इलाम चुलाचुली–४ आइतबारे बस्ने ३० वर्षीय पवन हाङसुङ्वा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । गए राति लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट प्रहरी नायब निरीक्षक कुमार सोमेस लामिछानेको कमाण्डमा खटिएको टोली र दमक इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरीको संयुक्त टोलीले दमक–८ मा डेरा गरी बसेका सरोज पुरीलाई कोठा…
झापा- झापाको हल्दीवारीमा जेसीआई हल्दिवारीको आयोजनामा जिल्लास्तरको डोरी तान्ने (टग अफ वार) च्याम्पियनसिप हुने भएको छ। उक्त प्रतियोगिता २०८२ मंसिर ११ गते चल्नेछ। आयोजकले प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ। डोरी तान्ने खेललाई नेपालमा लोकप्रिय बनाउँदै यसबाट पर्यटन विकास गर्ने र खेलाडीहरूको भविष्य सुनिश्चित गर्ने मुख्य उद्देश्य रहेको आयोजकले प्रष्ट पारेको छ। प्रतियोगिता हल्दीवारी गाउँपालिका वडा नं.५ स्थित मोती आधारभूत विद्यालयको खेल मैदानमा सञ्चालन गरिनेछ।यस च्याम्पियनसिपमा प्रथम हुने टिमले नगद ५१ हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। उपविजेता टिमले ३१ हजार रुपैयाँसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ। कार्यक्रम गर्न करिब ९ लाख ८२ हजार रुपैयाँ…
झापा- जेनजी आन्दोलनका क्रममा चितवन कारागारबाट फरार भएका बन्दी झापामा पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापा शिवसताक्षी नगरपालिका वडा नं. ८ बस्ने २९ वर्षीय आशिष सुब्बा रहेका छन् । सालकको अखेटोपहार मुद्दामा सुब्बालाई पुर्पक्षका लागि चितवन कारागार पठाइएको थियो । आफ्नै घरमा लुकिछिपी बसिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोलीले आज साँझ ५.३० बजे उनलाई नियन्त्रणमा लिएको हो । उनलाई इप्रका झिलझिलेमा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
काठमाडौँ- सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न आदेश दिएको छ। प्रसाईंका छोरा निराजनले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीशद्वय नहकुल सुवेदी र श्रीकान्त पौडेलको इजलासले आइतबार उनलाई हिरासतबाट मुक्त गर्न आदेश दिएको हो। अदालतले आदेशमा उल्लेख गरेअनुसार, प्रसाईं संलग्न महाअभियानले सञ्चालन गर्ने कार्यक्रम शान्तिपूर्ण ढंगले सञ्चालन गर्ने सहमति भइसकेको र परिवर्तित सन्दर्भमा निवेदक विरुद्धको कसुरमा अनुसन्धान गर्नुपर्ने वा हिरासतमा राख्नुपर्ने औचित्य समाप्त भइसकेको देखिएको छ। यसकारण, अदालतले प्रसाईंविरुद्ध जारी भएको पक्राउपूर्जी र म्याद थप लगायतका सम्पूर्ण अनुसन्धान सम्बन्धी काम कारबाही बदर गरी गैरकानुनी थुनाबाट तत्काल मुक्त गर्न बन्दी प्रत्यक्षीकरणको आदेश जारी गरेको छ। प्रसाईंलाई हिरासत मुक्त…
झापा- झापाको मेचीनगरमा ट्रयाक्टरसँग ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ। हिजो साँझ करिब ६ बजे मेचीनगर–१५ हेद्लुबारीस्थित भित्री सडकखण्डमा भद्रपुरबाट इटाभट्टातर्फ जाँदै गरेको प्र.१–०१–०१३ प. ३३३६ नम्बरको मोटरसाइकलले सडक किनारमा रोकिराखिएको प्र.१–०१–००१ त. ९९७७ नम्बरको ट्रयाक्टरलाई ठक्कर दिएको थियो। दुर्घटनामा मोटरसाइकल चालक मेचीनगर–१५ का ३८ वर्षीय बिनोद राउत र पछाडि सवार २१ वर्षीय निश्चल भुजेल गम्भीर घाइते भएका थिए। टाउको तथा शरीरका विभिन्न भागमा चोट लागेका उनीहरूलाई प्रारम्भिक उपचारपछि प्रादेशिक अस्पताल भद्रपुरबाट बीएण्डसी अस्पताल बिर्तामोडमा रेफर गरिएको थियो। साँझ ७:४५ बजे बीएण्डसी अस्पतालमा उपचारको क्रममा चालक राउतको मृत्यु भएको प्रहरीले जनाएको छ। यस घटनामा संलग्न ट्रयाक्टर तथा चालक मेचीनगर–१५ का…
झापा- झापाको बिर्तामोड नगरपालिका–७ मा एक व्यक्तिको शंकास्पद मृत्यु भएको छ। वडा नं. ६ का ५२ वर्षीय आनन्द चौधरीको शव वडा नं. ७ मियाबारीस्थित रेखा खोलानजिक फेला परेको हो। गएराति करिब १०:४० बजे घटनाबारे जानकारी प्राप्त भएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो। थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बिर्तामोडबाट प्रहरी नायब उपरीक्षक बिजय श्रेष्ठको नेतृत्वमा टोली खटिएको थियो। राति १ बजे कानुनी प्रक्रिया पूरा गरी शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ। अनुसन्धानको क्रममा सोही स्थानका ४८ वर्षीय पुरन चौधरी र वडा नं. ७ का ३२ वर्षीय श्याम चौधरीलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको प्रहरीले जनाएको छ।
झापा- झापाको बुद्धशान्तिस्थित बुधबारे जेसीजद्वारा आयोजित जेसीज सप्ताह कार्यक्रम शनिवार एक विशेष समारोहका बीच सम्पन्न भएको छ। सप्ताहको समापनका अवसरमा बुधबारे जेसीज र पत्रकारहरूको टोलीबीच मैत्रीपूर्ण फुटबल खेल प्रतियोगिताको आयोजना गरिएको थियो। बुद्धशान्ति-१ को त्रिभुवन माविको खेल मैदानमा भएको सो रोमाञ्चक खेलमा पत्रकारहरूको टोली विजयी भयो। निर्धारित समयभित्र खेल बराबरीमा टुङ्गिएपछि टाइब्रेकरका आधारमा खेलको अन्तिम निर्णय लिइएको थियो। विजेता तथा उपविजेता दुवै टोलीलाई कार्यक्रमका प्रमुख अतिथि तथा बुद्धशान्ति गाउँपालिकाका उपाध्यक्ष भवानीप्रसाद खतिवडा र बुधबारे जेसीजका अध्यक्ष सुजित बराललगायतले ट्रफी र प्रमाणपत्र वितरण गरे। कार्यक्रमका प्रमुख अतिथि खतिवडाले बुधबारे जेसीजले गरेका सामाजिक कार्यहरूको प्रशंसा गर्दै पालिकाबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त…
ताप्लेजुङ- ताप्लेजुङ जिल्लास्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरको आसपासका क्षेत्रमा गएरातिदेखि हल्का हिमपात भएको छ। मन्दिर क्षेत्रमा हिमपात भएसँगै यस क्षेत्रमा अत्यधिक चिसो बढेको छ। हिमपातका कारण तापक्रम ह्वात्तै घटेकोले पाथीभरा दर्शन गर्न आउने तीर्थयात्रीहरूलाई चिसोबाट बच्ने पर्याप्त उपायहरू (जस्तै: न्यानो कपडा, ज्याकेट, टोपी आदि) सहित यात्रा गर्न आग्रह गरिएको छ। अचानक बढेको चिसोले गर्दा दर्शनार्थीको स्वास्थ्यमा कुनै असर नपरोस् भनी सुरक्षाका उपाय अपनाउनु आवश्यक देखिएको छ। मौसममा आएको परिवर्तनले गर्दा मन्दिर क्षेत्रको वातावरण निकै मनमोहक देखिएको छ, तर तीर्थयात्रीहरूले विशेष सावधानी अपनाउनुपर्ने देखिएको छ।
काठमाडौँ- राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज दुई खेल हुने भएका छन् । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला बिहान ११ः१५ बजे हुने पहिलो खेलमा कर्णाली र लुम्बिनी लायन्स भिड्नेछन् । लुम्बिनी रोहित पौडेल र कर्णाली सोमपाल कामीको कप्तानीमा मैदान उत्रनेछ । लुम्बिनी दोस्रो जितको खोजीमा छ । उसले पहिलो खेलमा चितवन राइनोजलाई हराएको थियो । कर्णालीको पनि यो दोस्रो खेल हो । पहिलो खेलमा चितवन राइनोजसँग हारेको कर्णाली आज विजयी हुन चाहन्छ । यस्तै, दोस्रो खेलमा दिउँसो ३ः३० बजे काठमाडौँ गोर्खाज र विराटनगर किङ्स खेल्दै छन् । करण केसीको कप्तानीमा रहेको काठमाडौँ तेस्रो खेल खेल्न…