Author: खबरमञ्च

काठमाडौं । नेपाल फाइभ पी प्रर्दशनी आजदेखी सुरु भएको छ । मिडिया स्पेस सोलुसन्स प्रा.लि र फ्युचरेक्स ट्रेड फेयर एण्ड ईभेन्टस् प्रा.लिको संयुक्त आयोजनामा तेस्रो नेपाल फाईभ पी अन्तर्राष्ट्रिय प्रर्दशनीको नेपाली कांग्रेसका महामन्त्री गगन थापाले उद्धघाटन गरेका हुन्। काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको प्रर्दशनीमा नेपालभरका प्लास्टिक, पेपर, प्रिन्टिङ्, प्याकेजिङ् र प्रोसेसिङसंग सरोकार राख्ने उद्योगी व्यवसायिलगायत सहभागी छन् । नेपालभरका प्लास्टिक, पेपर, प्रिन्टिङ्, प्याकेजिङ् र प्रोसेसिङसंग सरोकार राख्ने व्यापार व्यवसायीहरुलाई एकै ठाँउमा ल्याएर व्यापार साझेदारी गर्दै नविनतम प्रविधि प्रदर्शन र संवादका लागि प्रर्दशनी उपयोगी हुने आयोजकको भनाइ छ । प्लास्टिक प्रोसेसिङ मसिनरीका उत्पादकहरु, स्क्रिन प्रिन्टिङ, ईन्डक्सन मोलिङ मसिन, प्रिन्टिङ मसिन, टेप, प्लास्टिक…

Read More

काठमाडौं । ईस्लाम धर्मावलम्बीको महान पर्व रमजान आजबाट सुरु हुँदैछ । एक महिनासम्म चल्ने यो पर्वमा मुसलमान समुदाय दिनमा निराहार वर्त बस्छन् । रोजाको समय दैनिक सूर्य उदाउने र अस्ताउने समयसँगै समय तालिक पनि परिवर्तन भइरहन्छ । रोजा बस्न बिहान तोकिएको समय अगावै र बेलुका तोकिएको समयपछि खाना खानुपर्ने हुन्छ । रमजान उर्दू क्यालेण्डरअनुसार हिजरी सम्वत् १४४४ हो भने रमजान महिना नवौँ महिना हो । रमजान महिनामा मुसलमान समुदायको सबैभन्दा ठूलो ग्रन्थ कुरान अवतरण भएको हो भने यो महिनामा अल्लाहको कृतज्ञता प्राप्त हुने विश्वास गरिन्छ । दान दिनु गरिब र दीन दुःखीलाई सेवा गर्नु, जकात निकाल्नु यो महिनाको ठूलो विशेषता…

Read More

काठमाडौं । नयाँ आईजीपी नियुक्त गर्न मन्त्रिपरिषद्को बैठक आज अपराह्न ४ बजे बस्दै छ । आज बस्ने मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीको नयाँ महानिरीक्षक नियुक्त गर्नेछ । प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहको कार्यकाल सकिएपछि नयाँ आईजीपी नियुक्त गर्न मन्त्रिपरिषद् बैठक बस्न लागेको हो । ६ चैतमा ५ जना अतिरिक्त महानिरीक्षक एआईजी म बढुवा भएका वसन्त कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य महानिरीक्षक पदको दाबेदार छन् ।

Read More

काठमाडौं । वरिष्ठ सञ्चारकर्मी कृष्णा ताम्राकारको निधन भएको छ। रेडियो नेपालकी पूर्वसमाचार सम्पादक एवं समाचार वाचिका ताम्राकारको बासबारीस्थित न्यूरो अस्पतालमा उपचारका क्रममा गए राति निधन भएको हो । विसं २०१८ मा रेडियो नेपाल प्रवेश गरेकी ताम्राकारले रेडियो नेपालमा समाचार वाचनका साथै नासो, हाम्रो देशको माटो, हाम्रो वन हाम्रो जीवनलगायत कार्यक्रम सञ्चालन गरेकी थिइन् । ८६ वर्षको उमेर ताम्राकार चराचुरुङ्गी संरक्षण तथा आँखा दान प्रोत्साहन अभियानका अभियान्ता समेत थिइन् ।लाखौं श्रोता उनको आवाजको प्रसंशक छन् ।

Read More

विराटनगर । कोशी प्रदेश नामकरणको विरोधमा प्रदर्शनमा उत्रिएको बेला प्रहरीको लाठी प्रहारबाट घाइते भएका एकजनाको उपचारको क्रममा मृत्यु भएको छ । यही चैत ५ गते विराटनगरमा प्रहरीको लाठी लागेर घाइते भएका ४२ वर्षीय पदमबहादुर लिम्बुको उपचारको क्रममा मृत्यु भएको हो ।धरान उपमहानगरपालिका–१५ घर भएका लिम्बु लिम्बुवान भोलेन्टियर्सका केन्द्रीय सहकमाण्डर हुन् । कोशी प्रदेशको नाम खारेज गर्नुपर्ने मागसहित आन्दोलनमा रहेका बेला मुख्यमन्त्री कार्यालय अगाडि प्रहरीको लाठी प्रहारबाट उनी घाइते भएका थिए । लिम्बुको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा शुक्रबार बिहान साढे २ बजे मृत्यु भएको हो । पहिचानवादी दल र संस्थाहरुले गठन गरेको प्रदेश नम्बर १ पुनः नामकरण…

Read More

काठमाडौं । राष्ट्रिय जनगणना २०७८ को नतिजा आज सार्वजनिक गरिएको छ । सोल्टी होटलमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय जनगणना २०७८ को नतिजा सार्वजनिक गरेका हुन् । राष्ट्रिय जनगणना २०७८ अनुसार (जनगणना सन्दर्भ दिन २०७८ साल मंसिर ९ गते) नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ रहेको छ । जसमध्ये पुरुषको संख्या १ करोड ४२ लाख ५३ हजार ५५१ (४८.९८ प्रतिशत) र महिलाको संख्या १ करोड ४९ लाख ११ हजार २७ (५१.०२ प्रतिशत) छ । जस अनुसार लैङ्गिक अनुपात अर्थात् प्रति १०० जना महिलामा पुरुषको संख्या ९५.५९ जना रहेको छ । गत २०६८ सालको जनगणना अनुसार कुल…

Read More

काठमाडौँ । प्रतिनिधि सभाका सभामुखले प्रयोग गर्दैआएका केही नियमित र विशेषाधिकारमा कटौती गर्ने गरी प्रतिनिधि सभा नियमावली मस्यौदामा संशोधन दर्ता भएका छन्। दलीय प्रतिनिधित्वका आधारमा गठित समितिले सहमतिमा टुङ्गो लगाएका विषयमा सांसदहरूले संशोधन दर्ता गरेका हुन्। सत्ता गठबन्धनमा आबद्ध नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) लगायतका दलले सभामुखको अधिकार कटौतीका पक्षमा संशोधन दर्ता गरेका हुन्। सभामुखले नियमावलीअनुसार गर्ने स्पष्ट किटान भएका काम कारबाही कार्य व्यवस्था परामर्श समितिको निर्णयमा गर्नुपर्ने संशोधन प्रस्तावमा उल्लेख छ। कांग्रेस र एकीकृत समाजवादीका सांसदहरूको संशोधनको भाषा करिब हुबहु भए पनि माओवादी केन्द्रका सदस्यहरूको भने केही फरक छ तर आशय भने सत्तारूढ सांसद सबैको एउटै छ। …

Read More

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लागि स्थायी प्रकृतिको पत्रकारिता विकास कोष स्थापना गरिने बताएका छन् । बिहीबार काठमाडौंमा सामुदायिक रेडियो प्रसारक संघको राष्ट्रिय सम्मेलन तथा १७औँ साधारण सभा उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले पत्रकार र सबै प्रकारका सञ्चारमाध्यमको पेशागत तथा भौतिक सुरक्षाको प्रत्याभूति, सम्पूर्ण पत्रकारहरूको स्वास्थ्य, दुर्घटना तथा हुलदंगा वा आतंकको बीमा, साना लगानीमा सञ्चालित तथा मोफसलका सञ्चारमाध्यमको सञ्चालन र स्थायित्वका लागि स्थायी प्रकृतिको पत्रकारिता विकास कोष स्थापना गरिने बताएका हुन् । उनले मिडियालाई राष्ट्रिय सेवामूलक उद्योगसरह मान्यता प्रदान गरी संरक्षण र सम्बर्धनको नीति लिँदै आमसञ्चार माध्यममा सबै वर्ग, क्षेत्र, जाति, भाषा र समुदायको पहुँच बढाउने गरी समावेशी लोकतान्त्रिक सूचना…

Read More

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले सम्मानजनक रुपमा सरकारमा सहभागी हुने निणर्य गरेको छ । बिहीबार काठमाडौंमा बसेको लोसपाको कार्यकारिणी बैठकले अहिले सत्ता गठबन्धनमा भएका दलहरुसंगै सम्मानजनक रुपमा सरकारमा सहभागी हुने निणर्य गरेको हो । सम्मानजनक रुपमा सरकारमा सहभागीताका बिषयमा आवश्यक छलफल गर्ने अधिकार पार्टी अध्यक्ष महन्थ ठाकुरलाई दिइएको लोसपा नेता शरदसिंह भण्डारीले जानकारी दिए । उनले चुनावअघिको गठबन्धनलाई जनताले अनुमोदन गरेको र अहिले बिभिन्न घटनाक्रमपछि पुनः पुरानै गठबन्धनको सरकार बनेकाले ५ बर्षै गठबन्धनको सरकारले जनताको अपेक्षा अनुरुप काम गर्नुपर्ने बताए । बैठकले बैशाख १० हुने उपनिर्वाचनमा भाग लिनका लागि आवश्यक तयारी गर्ने उनले बताए । अहिलेको गठबन्धन सरकार…

Read More

बिर्तामोड । नेपाल उद्योग वाणिज्य महासंघ कोसी प्रदेशको अध्यक्षमा उद्योगी राजेन्द्र राउत चयन भएका छन् । बिहीबार झापाको बितामोडमा सम्पन्न महासंघको पाँचौँ सभाले राउतलाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो । विराटनगरका निर्माण व्यवसायी तथा उद्योगी राउत यसअघि एसोसिएट्स उपाध्यक्ष थिए । जिल्ला नगर उपाध्यक्षमा इटहरीका निर्माण व्यवसायी भीमबहादुर पौडेल, एसोसिएट्स तथा वस्तुगत उपाध्यक्षमा झापा कनकाईका व्यवसायी कुमारमणि पोखरेल र कोषाध्यक्षमा व्यवसायी सुवास आचार्य निर्विरोध चयन भएका छन् । पौडेल यसअघि सोही पदमा थिए भने पोखरेल र आचार्य कार्यकारिणी सदस्य थिए । त्यस्तै, जिल्ला नगर सदस्यहरुमा ध्रुवलाल श्रेष्ठ, वीरन्द्रकुमार शाह, प्रितम खड्गी, प्रकाश शिवाकोटी र ऋषिराज तिम्सिना चयन भएका छन् ।…

Read More