Author: खबरमञ्च
काठमाडौँ- हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी, बागमती, गण्डकी, कर्णाली प्रदेशका पहाडी भू–भागमा पूर्णतया बादल लागेको छ र बाँकी भागमा आंशिक बादल लागेको छ । बागमती प्रदेशका केही स्थानमा र गण्डकी प्रदेशको एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ । महाशाखाका अनुसार आज दिउँसो तराईका धेरै स्थानमा हुस्सु लाग्ने छ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा आंशिक बादल लाग्ने छ भने बाँकी क्षेत्रमा मुख्यतया मौसम सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना…
झापा- बिर्तामोड नगरपालिकाको दोस्रो नगरसभाको आठौँ अधिवेशन सम्पन्न भएको छ। गत पुस ३० गते सुरु भएको उक्त अधिवेशनले विभिन्न प्रस्तावहरू पारित गर्दै बुधबार समापन भएको हो। अधिवेशनमा सम्बोधन गर्दै नगर प्रमुख पवित्रा महतारा प्रसाईले सरकारका नियम, परिधि र कानुनभित्र रहेर जनप्रतिनिधिले आफ्नो जिम्मेवारी पूरा गरिरहेको बताइन्। उनले जनताको जीवनस्तर उकास्न सकारात्मक सोचका साथ अघि बढ्न सबै जनप्रतिनिधिलाई आग्रह गर्दै निष्पक्ष रूपमा बजेट विनियोजन गरी काम भइरहेको स्पष्ट पारिन्। त्यसैगरी नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलाले स्वीकृत तथा सञ्चालनमा रहेका योजनाहरू समयमै सम्पन्न गर्न जनप्रतिनिधिहरूलाई आग्रह गरे। निर्वाचन आचारसंहिताको पालना गर्दै काम गर्नुपर्नेमा जोड दिँदै उनले अझै धेरै काम बाँकी रहेको उल्लेख…
काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। बैंकले निर्धारण गरेको नयाँ दरअनुसार आज अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ५६ पैसा र बिक्रीदर १४७ रुपैयाँ १६ पैसा तोकिएको छ। यस्तै, युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ४२ पैसा र बिक्रीदर १७६ रुपैयाँ १४ पैसा कायम गरिएको छ। प्रमुख पश्चिमी मुद्राहरूको विनिमयदर हेर्दा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०१ रुपैयाँ ८९ पैसा र बिक्रीदर २०२ रुपैयाँ ७१ पैसा रहेको छ। स्विस फ्र्याङ्क एकको खरिददर १९० रुपैयाँ ७२ पैसा र बिक्रीदर १९१ रुपैयाँ ५० पैसा तोकिएको छ भने अष्ट्रेलियन डलर एकको खरिददर १०२ रुपैयाँ ५८ पैसा र…
झापा- बिर्तामोड नगरपालिकाको वडा नम्बर २ लाई दुईवटा वडा बनाउने प्रस्ताव गरिएको छ। नगरपालिकाको दोस्रो नगरसभाको आठौँ अधिवेशनको समापन कार्यक्रमअन्तर्गत आयोजित खुलासत्रमा बोल्दै वडा नम्बर २ का वडाध्यक्ष किशोर पौडेलले वडा विभाजनको माग गर्दै विशेष प्रस्ताव प्रस्तुत गरेका हुन् । वडाध्यक्ष पौडेलले साविक चारपाने गाविसका वडा नम्बर २, ३, ४, ५, ६, ७, ८ र ९ हाल वडा नम्बर २ अन्तर्गत रहेकाले क्षेत्रफल, पूर्वाधार र जनसंख्याको दृष्टिले व्यवस्थापन गर्न कठिन भएको बताए। सोही आधारमा नयाँ वडा गठनको प्रस्ताव अघि सारिएको उनले स्पष्ट पारे । उनले साविक वडा नम्बर २, ३, ४ र ५ लाई वडा नम्बर २ तथा साविक वडा…
झापा- प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित बिर्तामोडमा दुईजना युवा पक्राउ परेका छन् । गएराति ८.३० बजे बिर्तामोड वडा न. २ त्रिशुल चोकस्थित इन्द्र राजवंशीको घरमा डेरा लिई बस्ने बाह्रदशी वडा न.६ घर भएका २५ वर्षीय दिपक कार्की र ३५ वर्षीय मनकुमार राजवंशी पक्राउ परेका हुन् । कार्कीको कोठाभित्र लागूऔषधको कारोबार भइरहेको भन्ने बिशेष सूचनाको आधारमा लागूऔषध ब्युरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको संयुक्त टोलीले चेकजाँच गर्दा उक्त कोठाभित्र बसिरहेका राजवंशीको साथमा प्लास्टिकबाहेक १ग्राम ७००मिलिग्राम ब्राउनसुगर फेला परेको थियो । दुई थान मोबाइल र मे.१ह.५५६२ न.को अटोसहित कार्की र राजवंशीलाई नियन्त्रणमा लिई इप्रका बिर्तामोडमा ल्याई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ…
मुम्बई— भारतको महाराष्ट्र राज्यका उपमुख्यमन्त्री अजित पवारको बुधबार बिहान एक भयावह विमान दुर्घटनामा परी निधन भएको छ। मुम्बईबाट आफ्नो गृहक्षेत्र बारामती जाने क्रममा उनी सवार चार्टर्ड विमान दुर्घटनाग्रस्त भएको हो। भारतीय सञ्चारमाध्यमका अनुसार बारामती विमानस्थलमा अवतरण गर्ने क्रममा बिहान ८:४५ बजेतिर विमान धावनमार्ग (रनवे) नजिकै दुर्घटनामा परेको थियो। खराब मौसम र कम दृश्यताका कारण विमान अवतरण गर्ने प्रयास गर्दा प्राविधिक समस्या उत्पन्न भई दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ। दुर्घटना लगतै विमानमा भीषण आगलागी भएको थियो। नागरिक उड्डयन महानिर्देशनालयका अनुसार उक्त ‘लियरजेट ४५’ विमानमा उपमुख्यमन्त्री पवारसहित उनका निजी सहायक, सुरक्षाकर्मी र दुईजना चालक दलका सदस्य गरी कुल ५ जना सवार…
काठमाडौँ- राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, माघ १२ गते बिहानदेखि मङ्गलबार बिहानसम्म देशभर विपद्मा २० घटना भएका छन् । त्यसमध्ये कूल १६ वटा आगलागीका घटना भएका छन् । यस्तै, चार वटा जनावर आक्रमणका घटना भए । प्राधिकरणका अनुसार, विपद्मा परेर दुई जनाको ज्यान गयो भने पाँच जना घाइते भए । यस्तै, विपदका कारण रु २५ लाख ६४ हजार बराबरको क्षति भएको प्राधिकरणले जनाएको छ । सिरहामा तीन, मोरङ, बारा र रौतहटमा दुई, सुनसरी, भोजपुर, सर्लाही, मकवानपुर, लमजुङ, प्यूठान, बझाङमा आगलागीका घटना घटे । अधिकांश आगलागीका घटना असावधानीका कारण भएको पाइएको छ । प्राधिकरणका अनुसार, सुनसरी, सप्तरी, चितवन…
झापा- जिल्ला प्रहरी कार्यालय झापाकी प्रमुख एवं प्रहरी उपरीक्षक बसुन्धरा खड्काले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी जिल्लामा ‘एकीकृत सुरक्षा योजना’ लागू गर्ने तयारी भइरहेको जानकारी दिएकी छन्। हालै मात्र झापाको जिम्मेवारी सम्हालेकी खड्काले मंगलबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै शान्ति सुरक्षा कायम गर्नु आफ्नो मुख्य प्राथमिकता रहेको स्पष्ट पारिन्। निर्वाचन सुरक्षालाई मजबुत बनाउन जिल्लामा थप १०० जना सुरक्षाकर्मी परिचालन गरिएको छ। उनीहरूलाई सडक, गाउँबस्ती र सुरक्षाका दृष्टिकोणले संवेदनशील मानिएका क्षेत्रमा खटाइएको छ। सुरक्षा संवेदनशीलता र उम्मेदवारको जोखिम मूल्याङ्कनका आधारमा प्रहरी परिचालन गरिने बताउँदै एसपी खड्काले कुनै उम्मेदवारले सुरक्षा चुनौती महसुस गरी निवेदन दिएमा तत्काल सुरक्षाकर्मी उपलब्ध गराइने प्रतिबद्धता जनाइन्।
झापा- जिल्ला प्रहरी कार्यालय झापामा भर्खरै सरुवा भएर आएकी प्रहरी उपरीक्षक बसुन्धरा खड्काले सीमा नाकामा हुने कुनै पनि किसिमका अवैध गतिविधि र तस्करी नियन्त्रणलाई मुख्य प्राथमिकता दिने बताएकी छन्। जिल्ला प्रहरी कार्यालय झापामा मंगलबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले आफ्नो कार्ययोजना प्रस्तुत गरिन्। झापा आफ्नो लागि पहिलो सीमावर्ती जिल्ला भएको बताउँदै उनले सीमा नाकामा हुने कुनै पनि किसिमका अवैध गतिविधि र तस्करी नियन्त्रणलाई मुख्य प्राथमिकता दिने स्पष्ट पारिन्। पत्रकारहरूसँगको संवादमा एसपी खड्काले भनिन्, “म चुनौती र अवसर दुवै कुरालाई सामना गर्ने अठोटका साथ झापा आएकी हुँ। जहाँ चुनौती हुन्छ, त्यहाँ अवसर पनि लुकेको हुन्छ।” उनले झापाको विशिष्ट आवश्यकतालाई बुझेर नै…
झापा- झापाको मेचीनगर–१० धुलाबारीस्थित निन्दा पुलबाट प्रहरीले चोरीको सामानसहित एक दम्पतीलाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेहरूमा बिर्तामोड नगरपालिका–१ का २७ वर्षीय मकबुल अन्सारी र उनकी २३ वर्षीया श्रीमती सबिना खातुन रहेका छन्। हिजो दिउँसो करिब २ बजेको समयमा उनीहरूलाई चोरीको सामग्री ओसारपसार गरिरहेको अवस्थामा फेला पारिएको हो। इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको विशेष टोलीले गोप्य सूचनाका आधारमा उनीहरूलाई चेकजाँच गरेको थियो। त्यस क्रममा उनीहरूको साथबाट नेपाल टेलिकमको करिब एक लाख रुपैयाँ बराबरको दुई बोरा तार, एउटा तार कटर र एउटा ग्लेण्डर मेसिन बरामद गरिएको छ। प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा बरामद गरिएको उक्त तार बिर्तामोड क्षेत्रबाट चोरी भएको खुलेको छ। पक्राउ…