Author: खबरमञ्च
झापा । झापा कारागारका १८ जना कैदीले कैदको बाँकी सजाय माफी पाएका छन् । जेलर मोहनलाल पनेरुका अनुसार ३५ जना कैदीको नाम सिफारिस भएकोमा १८ जनाको बाँकी कैद मिनाहा भएको हो । संविधान दिवसका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले देशभरका ६७० जना कैदीको बाँकी सजाय माफी दिएका बेला झापा कारागारका १८ जना परेका हुन् । कोशी प्रदेशका १८० जना कैदीले कैद सजाय माफी पाएका जेलर पनेरुले बताए ।
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवसका अवसरमा ६ सय ७० जना कैदीबन्दीलाई कैद माफी मिनाहा गरेका छन् । मन्त्रिपरिषद्को सिफारिसमा उक्त कैदीहरुको भुक्तान गर्न बाँकी कैद राष्ट्रपतिले मिनाहा गरेका हुन् । उनले फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, कारागार नियमावली, सर्वोच्च अदालतको रिट र ज्येष्ठ नागरिक ऐनका आधारमा ६ सय ७० जना कैदीको भुक्तान हुन बाँकी कैद माफी मिनाहा गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ । पौडेलले मन्त्रिपरिषद्को गत भदौ २९ गतेको बैठकको सिफारिसअनुसार आजबाट लागू हुनेगरी उनीहरुलाई माफी मिनाहा गरेको राष्ट्रपति कार्यालयले जारी विज्ञप्तिमा उल्लेख छ ।
काठमाडौं । २०६२—६३ को आन्दोलन नै नेपालको संविधानको जग हो । १२ वर्षे शसस्त्र द्वन्द्व त्यसको व्यवस्थापनका लागि गरिएको १२ बुँदे सहमति र त्यही पृष्ठिभूमिमा भएको ६२—६३ को जनआन्दोलन नेपालको संविधानको आधार हो । त्यही आन्दोलनको जगमा निर्माण भएको संविधान सभा र संविधान सभाले दिएको संविधान नेपाली जनताको संघर्ष र सम्झौताको गाथामात्रै होइन वर्तमान राज्य व्यवस्थाको पिलर समेत हो । तर अहिले त्यही पिलर निर्माणमा महत्वपूणर् भूमिका खेलेका अधिकांस आफ्नो संघर्ष र बलिदानीपूणर् त्यागप्रति खिन्न छन् । २४ चैत ०६२ देखि सुरु भएको जनआन्दोलन १९ दिन चलेर ११ वैशाख ०६३ मा संसद पुनस्र्थापनाको सम्झौतामा टुंगिँदासम्म मुख्य भूमिका खेल्ने, केही राजनीतिक…
काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले महामन्त्री गगन थापाले केन्द्रीय समितिमा प्रस्तुत गरेको वार्षिक कार्यतालिका कार्यान्वयन गर्नु पर्ने निष्कर्ष निकालेको छ । मंगलबार बसेको डाक्टर शेखर कोइरालाको सम्पर्क कार्यालय बालुवाटारमा बसेको इतर समुहको बैठकले कांग्रेसको साझा एजेण्डाको रुपमा प्रस्तुत गरिएको वार्षिक कार्यतालिकाले पार्टी चलायमान भएको निष्कर्ष निकाल्दै त्यसलाई समीक्षा गर्नु पर्ने निष्कर्षमा पुगेको नेता बडुले बताए । बैठकको निर्णय सुनाउँदै केन्द्रीय सदस्य दिलन्द्र बडुले भने, ‘कार्ययोजना र कार्यतालिकासहित पार्टी अघि बढेको छ । केन्द्रीय समितिले पास गरेको कार्यातालिका पछिल्लो समय बीचमा वर्षात्को कारणले केही दिन रोकियो । त्यो भन्दा पहिले एक चरणको कार्यक्रम पूरा भैसकेको छ । यसको एउटा…
इलाम । दिवंगवत नेता सुवासचन्द्र नेम्वाङका कान्छा छोरा सुहाङ नेम्वाङले बुबाका सपना पूरा गर्न आफूले सक्दो प्रयास गर्ने बताएका छन् । गृहजिल्ला इलाममा नेकपा एमाले कोशी प्रदेश कमिटीको आयोजनामा मंगबार आयोजित श्रद्धाञ्जली कार्यक्रममा बोल्दै उनले बुबाका अधुरा सपना पूरा गर्न सक्रिय हुने बताएका हुन् । बुबाको निधनले इलाममात्र नभइ सिंगो देश नै शोकमा परेको बताउँदै उनले इलामेली जनताको मायाका कारण संसदमा पुगेर जनताको आवाज बोलेका कारण सधैँ इलामेलीको मन मस्तिष्कमा रहिरहने बताए । पछिल्लो राजनैतिक घटनाक्रमसँगै बुबा चिन्तित हुने गरेको उल्लेख गर्दै उनले निष्ठावान राजनीति गरेको स्मरण गरे । नेकपा एमालेका उपाध्यक्ष तथा संसदीय दलका उपनेता समेत रहेका स्वर्गीय नेम्वाङले…
काठमाडौं । नेपाली कांग्रेसका संस्थापक एवम् २०४६ को जनआन्दोलनका कमाण्डर स्वर्गीय गणेशमान सिंहको २६ औँ स्मृति दिवस मनाइँदै छ । दिवसको अवसरमा विरामीहरुलाई फलफुल वितरण तथा शालिकमा माल्यार्पण गरिएको छ । काठमाडौंको खानदानी परिवारमा जन्मिएका गणेशमान सिंहले १९९७ सालमा स्थापना भएको नेपालको पहिलो राजनीतिक पार्टी प्रजा परिषदको सदस्य भई राणा शासन हटाउने राजनीतिमा आफूलाई होमेका थिए । भद्रगोल जेल फोडेर भागेपछि भारत प्रवासमा गएको बेला वीपी कोइरालासँग मिलेर उनले २००३ सालमा नेपाली कांग्रेस स्थापना गरेका थिए । २००७ सालको क्रान्तिका एक अगुवाका रूपमा उनले बीरगञ्ज मोर्चामा सशस्त्र संघर्ष गरेका थिए । संर्घषका हिसाबले बीपी कोइरालाभन्दा बढी समयसम्म देशमा प्रजातन्त्र बहाली…
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गरेका छन् । महासभामा भाग लिइरहेका प्रधानमन्त्री प्रचण्डले, अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्र संघ सभा हलमा आयोजित एसडीजी समिट २०२३ लाई सम्बोधन गर्ने क्रममा उनले अति कम विकसित मुलुकको उत्थानका लागि विकसित मुलुकले प्रतिबद्धता अनुसारको साथ र सहयोग गर्नु पर्ने बताए । सम्बोधनका क्रममा उनले भने, ‘अर्थतन्त्र नै दिगो विकासका लक्ष्यहरु विकाशील देशहरुमा कतिको हासिल भयो भएन भनेर मापन गर्ने विषय हो ।’ उनले नेपालको विकासमा दिगो विकासका लक्ष्यहरु उच्च प्राथमिकताका साथ अघि बढाइएको भन्दै ती लक्ष्यप्रति सबै प्रतिवद्ध रहेको बताए । ‘दिगो विकासका लक्ष्यहरु हाम्रो नीति र योजनाहरुमा समाविष्ट गरिएको…
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आजको युगमा पनि खानकै लागि संर्घष गर्नु पर्ने अवस्था आउनु दुःखद भएको टिप्पणी गरेका छन् । सोमबार काठमाडौंमा आयोजित नेपालमा विज्ञान र प्रविधिको वर्तमान अवस्था र चुनौतीहरू सम्बन्धी राष्ट्रिय गोष्ठीलाई सम्बोधन गर्दै उनले २१ औं शताब्दीमा खानाकै लागि संघर्ष गर्नु पर्ने स्थिति लाजमर्दो विषय भएको बताएका छन् । उनले मानिसकै गलत प्रवृतिका कारण माटोको उर्वराभूमि नास भएको भन्दै उनले बाच्नका लागि मात्रै संर्घष गर्नु पर्ने स्थिति लज्जास्पद भएको बताए । त्यस्तै प्रर्याप्त सम्भावना भएर पनि विद्युत उत्पादन नभएको कारण नेपालमा विद्युत वितरणमा समस्या आएको टिप्पणी गरे । उनले उत्पादन र विकासमा प्रविधिको…
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेशमा रहेका नेपालीहरुलाई मतदानको व्यवस्था गरिने बताएका छन् । संयुक्त राष्ट्र संघको ७८ औं महासभामा सहभागि हुन आइतबार न्यूयोर्क गएका उनले पत्रकारहरुसँगको भेटमा विदेशमा रहेका नेपाली नागरिकहरुलाई मतदानको व्यवस्था मिलाउन निर्वाचन आयोगलाई निर्देशन दिएको बताएका हुन् । उनले सामाजिक सञ्जालको दुरुपयोग बढेकोप्रति सरकार गम्भीर भएको भन्दै अव त्यसको नियमनका लागि विशेष पहल गर्ने पनि बताएका छन् । सरकारले भ्रष्टाचार नियन्त्रण र सुशासनका लागि जस्तो सुकै कदम चाल्न पनि तयार रहेको उनको भनाइ छ । उनले सरकारले गरेका राम्रा र सकारात्मक कुराहरुलाई भन्दा पनि कसरी बदनाम गर्न सकिन्छ भन्ने गिरोह सक्रिय रहेको आरोप लगाएका छन्…
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसबीच भेटवार्ता भएको छ । संयुक्त राष्ट्रसंघको ७८ औं महासभामा भाग लिनका लागि प्रधानमन्त्री प्रचण्ड शनिबार अमेरिका गएका थिए । उनीहरूबीच संयुक्त राष्ट्र संघको मुख्यालय भटवार्ता भएको हो । एन्टोनियो गुटेरेससँग भेटप्रति प्रधानमन्त्री प्रचण्डले खुसी व्यक्त गरेका छन् । महासचिव गुटेरेस र प्रधानमन्त्री प्रचण्डबीच नेपालको शान्ति प्रक्रिया, शान्ति स्थापना, जलवायु परिवर्तन, एसडीजी, एलडीसी र विकास वित्तपोषणलगायतका विभिन्न विषयमा छलफल भएको छ । प्रधानमन्त्री प्रचण्डले आगामी असोज ४ गते महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।