झापा । झापा कारागारका १८ जना कैदीले कैदको बाँकी सजाय माफी पाएका छन् ।
जेलर मोहनलाल पनेरुका अनुसार ३५ जना कैदीको नाम सिफारिस भएकोमा १८ जनाको बाँकी कैद मिनाहा भएको हो ।
संविधान दिवसका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले देशभरका ६७० जना कैदीको बाँकी सजाय माफी दिएका बेला झापा कारागारका १८ जना परेका हुन् ।
कोशी प्रदेशका १८० जना कैदीले कैद सजाय माफी पाएका जेलर पनेरुले बताए ।
Facebook Comments Box
