Author: खबरमञ्च
काठमाडौं । प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक आइतबार नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा दिउँसो १ बजे बोलाइएको छ ।बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको व्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ । यस्तै, ‘विद्यालय शिक्षा विधेयक, २०८०’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालबाट प्राप्त विरोधको सूचनालाई निणर्यार्थ प्रस्तुत गरिनेछ । त्यसपछि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले विद्यालय शिक्षा विधेयक, २०८० पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।
काठमाडौं । दशैंको मुखमा नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि वृद्धि गरेको छ । शनिबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर २, डिजेल र मट्टितेलमा प्रतिलिटर ६ र खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २१५ रुपैयाँ बढाउने निणर्य गरेको हो । त्यस्तै हवाइ इन्धन आन्तरिक र अन्तर्राष्ट्रिय दुबैमा प्रतिलिटर ८ रुपैयाँ बढाइएको छ । यो मूल्य वृद्धिसँगै ग्यासको मूल्य प्रतिसिलिण्डर २११० रुपैयाँ पुगेको छ । बढेको मूल्य शनिबार राति १२ बजेपछि लागू भएको छ ।
काठमाडौं । सरकार र आन्दोलनरत डाक्टरहरुबीच ६ बुँदे सहमति भएको छ । शनिबार गृह मन्त्रालयमा गृहमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितिमा सरकारी टोली र स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समितिका प्रतिनिधिबीच ६ बुँदे सहमति भएपछि चिकित्सकहरुले आफ्नो आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिएका हुन् । पोखराको मणिपाल शिक्षण अस्पताललगायत विभिन्न ठाउँमा डाक्टरमाथि आक्रमण भएपछि सुरक्षाको प्रत्याभूति माग गर्दै डाक्टरहरुले आन्दोलन घोषणा गरेका थिए । यस्तो छ सरकार र आन्दोलनरत डाक्टरहरुबीच भएको सहमति १. स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन२०६६ (पहिलो संशोधन २०७९) लाई प्रभावकारी रुपमा कार्यान्वयन गरी मणिपाल मेडिकल कलेज लगायतका स्वास्थ्य संस्थाहरुमा चिकित्सक तथा स्वास्थ्यकमी र स्वास्थ्य संस्थाको सुरक्षालाई थप भरपर्दो…
काठमाडौं । नेकपा एमाले कोशी र कर्णाली प्रदेशको नेतृत्व चयनका लागि आज मतदान हुँदैछ । कर्णालीमा मतदान बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म मतदान हुनेछ । प्रदेश अध्यक्षको लागि मीनबहादुर शाही, गुलाबजङ्ग शाह र प्रकाश रोकायाको अध्यक्षमा उम्मेदवारी छ । अधिवेशनमा प्रदेशभरिका ६ सय ४ जना प्रतिनिधि रहेका छन् । यस्तै, एमाले कोशी प्रदेशको पहिलो अधिवेशनमा अध्यक्षको लागि घनश्याम खतिवडा र विनोद ढकालले उम्मेदवारी दर्ता गराएका छन् ।नेतृत्व चयनका लागि आज बिहान ११ देखि अपरान्ह ४ बजेसम्म मतदान हुने छ । प्रदेश समितिमा अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिव निर्वाचित हुनेछन् । एमाले अधिवेशनका लागि ९ सय ९७…
झापा । नेकपा एकीकृत समाजवादीले मेची महाकाली जागरण अभियानको तयारी पूरा भएको जनाएको छ । पार्टीद्वारा शनिवार झापाको काँकरभिट्टामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा अभियानको तयारी पूरा भएको जनाइएको हो। आइतबारदेखि एकीकृत समाजवादीले काँकरभिट्टाबाट मेची महाकाली जागरण अभियान शुरु गर्दैछ । अभियानका क्रममा करिब एक हजार किलोमिटर यात्रा तय गरिने पार्टीका उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए । अभियान आइतबार बिहान ११ बजेबाट शुरु हुने खतिवडाले बताए । अभियान पार्टीका अध्यक्ष माधवकुमार नपालले उद्घाटन गर्ने उनले जानकारी दिए । आइतबार झापाका तीन स्थानमा कार्यक्रम हुने एकीकृत समाजवादीले जनाएको छ । झापामा काँकरभिट्टा, बिर्तामोड र दमकमा कार्यक्रम हुनेछन्।
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले नेपाली क्रिकेट टिमले बनाएको विश्व कीर्तिमानप्रति गर्व महसुस भएको बताएका छन् । शनिबार विज्ञप्ति जारी गर्दै उनले चीनमा जारी एसियाली खेलकुदमा नेपाली खेलाडीले बनाएको विश्व कीर्तिमानले नेपालीको गौरव बढाएको जनाएका हुन् । वक्तव्यमा लेखिएको छ ‘मित्र राष्ट्र चाइनाको हाङझाउमा भएको १९ औं एसियाली खेलकुदमा नेपालले मंगोलियासँग खेलेको टी २० क्रिकेट खेलमा नेपाली क्रिकेट टीम र नेपाली खेलाडीहरूले राखेको विश्व कीर्तिमानले हामीलाइ अत्यन्तै खुसी तुल्याएको छ, देशको राष्ट्रिय पहिचानले अनेकौं चुनौतीहरूको सामना गरिरहनु परेको समयमा क्रिकेट खेलाडीहरूले अनेकौं प्रतिकुलताको बाबजुत जुन सफलता हासिल गरेका छन, यसले नेपालको राष्ट्रिय गौरब बढाएको छ भन्ने हामीले महसुस गरेका छौं…
विराटनगर । नेकपा एमाले कोशी प्रदेशको पहिलो अधिवेशन आज शनिबार पनि जारी छ । शुक्रबार सुरु भएको अधिवेशनमा आज राजनीतिक, आर्थिक र सांगठनिक प्रतिवेदनमाथि छलफल हुँदैछ । अधिवेशनमा हिजो विभिन्न प्रतिवेदनहरु प्रस्तुत गरिएको थियो । राजनीतिक र सांगठनिक प्रतिवेदन कोशी प्रदेशका अध्यक्ष तुलसीप्रसाद न्यौपानेले प्रस्तुत गरेका थिए । एमाले आर्थिक विभागका केन्द्रीय प्रमुख पुष्प कँडेलले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रतिवेदनहरुमाथि छलफलपछि पारित गरिने जनाइएको छ । प्रदेशको नेतृत्वका लागि दुईजनाले प्रतिस्पर्धा गर्ने भएका छन । केन्द्रीय सदस्य घनश्याम खतिवडा र विनोद ढकाल नेतृत्वको प्रतिस्पर्धामा छन् । अधिवेशनको बन्द शत्र सञ्चालन गर्न केन्द्रीय सचिव तथा कोशी प्रदेश इन्चार्ज रघुवीर…
काठमाडौं । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वदेश फर्किएका छन् । भ्रमण दलका सदस्यहरूसहित प्रधानम्रन्त्री प्रचण्ड आज छन्दुबाट काठमाडौँ फर्किएका हुन् । दाहालले हिजो चिनियाँ कम्युनिस्ट पार्टीको सिचुआन प्रान्तका सचिव वाङ सिआवोइले द्विपक्षीय भेटवार्ता गरेका थिए । प्रधानमन्त्री दाहाल तिब्बतको ल्हासाबाट हिजो मात्र छन्दु पुगेका थिए । उनी अमेरिकाबाट सिधै चीन भ्रमणमा गएका थिए । सो क्रममा उनले चिनियाँ प्रधानमन्त्रीदेखि राष्ट्रपतिसम्मसँग भेटवार्ता गरेका थिए । उनको भ्रमण दलमा छोरी गङ्गा दाहाल, परराष्ट्रमन्त्री नाराणप्रकाश साउद, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, खानेपानीमन्त्री महिन्द्र राय यादव, प्रधानमन्त्री दाहालका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेल, राष्ट्रिय सुरक्षा सल्लाहकार शङ्करदास वैरागी, मुख्यसचिव…
काठमाडौँ । आर्थिक लेनदेन विवादमा फिल्म ‘रावायण’का निर्माताको उजुरीपछि पक्राउ परेका अभिनेता अनमोल केसी गएराति नर्भिक अस्पतालमा भर्ना भएका छन् । छातीमा पीडा भएपछि उनलाई अस्पताल भर्ना गरिएको हो । भक्तपुरको साँगामा बेलुका पक्राउ गरेर प्रहरीले उनलाई अपराध महाशाखा बानेश्वरमा ल्याएको थियो । अपराध महाशाखा पुगेका निर्माता सरोज न्यौपानेले आफूसँगको भेटमा अनमोलले ‘दाइ बरु म जेलमै बस्छु तर, नराम्रो मूभी त गर्दिन’ भनेर बताएको सामाजिक संजालबाट जनाएका छन् ।
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अमेरिका र चीनको भ्रमण सकेर स्वदेश फर्किदैछन् । आज विहान १० बजे आठ दिनको चीन भ्रमण सकेर उनी आज स्वदेश फर्कन लागेका हुन् । संयुक्त राष्ट्रसङ्घको ७८ औँ महासभामा भाग लिन प्रधानमन्त्री नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भदौ ३० गते अमेरिका गएका थिए । न्युयोर्कमा रहँदा उनले अमेरिकाका राष्ट्रपति जो बाइडेनलगायत अन्य मुलुकका समकक्षीसँग पनि द्विपक्षीय भेटवार्ता गरेका थिए । संयुक्त राष्ट्रसङ्घको न्युयोर्कस्थित मुख्यालयमा चलेको महासभाको आम बहस, जलवायु सम्मेलनलगायत विविध सत्रमा नेपाल सरकारका तर्फबाट उनले सम्बोधन गरेका थिए । प्रधानमन्त्री चीनको औपचारिक भ्रमणका लागि असोज ५ गते अमेरिकाबाट सिधै चिन पुगेका थिए । उनले…