झापा । नेकपा एकीकृत समाजवादीले मेची महाकाली जागरण अभियानको तयारी पूरा भएको जनाएको छ ।
पार्टीद्वारा शनिवार झापाको काँकरभिट्टामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा अभियानको तयारी पूरा भएको जनाइएको हो।
आइतबारदेखि एकीकृत समाजवादीले काँकरभिट्टाबाट मेची महाकाली जागरण अभियान शुरु गर्दैछ ।
अभियानका क्रममा करिब एक हजार किलोमिटर यात्रा तय गरिने पार्टीका उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए ।
अभियान आइतबार बिहान ११ बजेबाट शुरु हुने खतिवडाले बताए ।
अभियान पार्टीका अध्यक्ष माधवकुमार नपालले उद्घाटन गर्ने उनले जानकारी दिए ।
आइतबार झापाका तीन स्थानमा कार्यक्रम हुने एकीकृत समाजवादीले जनाएको छ । झापामा काँकरभिट्टा, बिर्तामोड र दमकमा कार्यक्रम हुनेछन्।
Facebook Comments Box
