Author: खबरमञ्च
झापा । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दशैं नेपालीहरूको साझा चाड भएको बताएका छन् । आफ्नै आयोजनामा गृह जिल्ला झापाको बिर्तामोडमा शुक्रबार गरिएको दशैं, तिहारलगायत चाडहरूको उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै एमाले अध्यक्ष ओलीले अरुबेला आफन्तसंग मनमुटाव भए दशैंले त्यस्ता मनमुटावलाई खोलिदिने बताए । उनले अन्य सँस्कृति भन्दा नेपाली मौलिक सँस्कृति उच्चकोटीको भएको बताए । ओलीले भने, ‘कहिलेकाहिँ अन्य देशका सँस्कृतिले हामीलाई प्रभाव पारेको देखिन्छ । तर हाम्रा चाडहरू विशिष्ट किसिमका छन् । दशैंको टिको लगाएपछि सबै मनमुटाव हराइदिने चाड हो दशैं ।’ अन्य बेला विपक्षी दलका नेतृत्वलाई कटाक्ष गर्ने ओलीले दशैं शुभकामना आदानप्रदान कार्यक्रममा दशैंको…
धरान । चिकित्सकहरुले सामूहिक राजीनामा दिएपछि सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सेवा प्रभावित बनेको छ । लामो समयदेखि पदोन्नति नभएको भन्दै पदोन्नति गर्न गर्दै चिकित्सकहरु आन्दोलनमा उत्रिएका थिए । उनीहरुको माग प्रतिष्ठानका पदाधिकारीले पूरा नगरेपछि काठमाडौं गएर समेत दबाबमूलक आन्दोलन गरेका थिए । मागमा सुनुवाइ नभएपछि उनीहरुले सामूहिक राजीनामा दिएका थिए । ठूलो संख्यामा चिकित्सकहरुको अनुपस्थिति भएपछि उपचारका लागि आउने बिरामी प्रभावित बनेका हुन् । बिरामीको उपचारमात्र होइन चिकित्सा शिक्षा अध्ययनरत हजारभन्दा बढी विद्यार्थीको पठनपाठन पनि प्रभावित भएको छ । सात वर्षदेखि बढुवा प्रक्रिया रोकिएको भन्दै १ सय ७७ जना सिनियर रेजिडेन्ट, एसिस्टेन्ट प्रोफेसर, एसोसिएट प्रोफेसर, एडिस्नल प्रोफेसर…
काठमाडौं । यो आर्थिक वर्षमा धन कमाउन गएका तीन सय नेपालीको विदेशमै ज्यान गएको छ । रोजगारीका लागि विदेश गएका तीन सय तीन नेपालीले गएको तीन महिनामा उतै ज्यान गुमाएको वैदेशिक रोजगार बोर्डले जनाएको छ । धन कमाउन विदेशिएका ती नेपाली महिला र पुरुषका शव लामो प्रक्रिया झेल्दै स्वदेश ल्याएर परिवारलाई बुझाइएको छ । यस किसिमको घटनामा कुनै कमी आउन सकेको देखिँदैन। वितेका करिब डेढ दशकमा बाह्र हजार पाँचसय ३९ जना नेपालीको वैदेशिक रोजगारीकै क्रममा ज्यान गइसकेको बोर्डको तथ्याङ्क छ ।वैदेशिक रोजगार बोर्डले दिएको तथ्यांक अनुसार, औपचारिक र अनौपचारिक बाटोबाट विभिन्न देशमा गएका नेपाली युवाको संख्या करिब २० लाख छ।…
काठमाडौँ । नेपाल प्रहरीले प्ररही निरीक्षक (इन्स्पेक्टर) र साहयक प्रहरी निरीक्षक (असई)मा दरखास्त आह्वान गरेको छ । नेपाल प्रहरीले शुक्रवार सार्वजनिक सूचना जारी गर्दै ९६ जना इन्स्पेक्टर र २६० जना असई मागेको हो। जारी सूचनामा जनपद प्रहरी समूहतर्फ इन्स्पेक्टर र असई पदहरूमा खुल्ला प्रतियोगिताद्वारा समावेशी प्रावधान बमोजिम पदपूर्तिका लागि दरखास्त आह्वान गरिएको उल्लेख छ । आगामी मङ्सिर २९ गतेभित्र योग्यता पुगेका नेपाली नागरिकले आवेदन दिन सक्नेछन्।
काठमाडौं । चाड पर्वको बेलामा सर्वसाधारणहरुलाई दुःख, हैरानी दिई ठगी गर्ने कार्यमा संलग्न ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला मकवानपुर, हेटौडा उ.म.न.पा.१३ घर भई हाल का.जि., का.म.न.पा.१४ बस्ने वर्ष २५ को सन्देश श्रेष्ठ, जिल्ला मकवानपुर, हेटौडा उ.म.न.पा.१३ घर भइ हाल का.जि., का.म.न.पा.१४ बस्ने वर्ष २५ को सन्देश श्रेष्ठ, का.जि., का.म.न.पा.१० घर भई बस्ने वर्ष २८ को रोहित लामा, जिल्ला महोत्तरी, बर्दिवास न.पा.१० घर भइ हाल का.जि., का.म.न.पा.३२कोटेश्वर बस्ने वर्ष २६ को अनिल बुढाथोकी, का.जि., का.म.न.पा.३२ कोटेश्वर बस्ने वर्ष ३५ को कमल सार्की र का.जि., का.म.न.पा.३२ कोटेश्वर बस्ने वर्ष ३६ को राज कुमार डंगोल रहेका छन् ।…
काठमाडौं । त्रिकोणात्मक टी—२० क्रिकेट शृंखलामा नेपालले लगातार दोस्रो जित निकालेको छ । बिहीबार भएको दोस्रो खेलमा नेपालले, हङ्कङलाई ६ विकेटले पराजित गरेको हो । जारी शृंखलामा नेपालको यो दोस्रो जित हो । यसअघि बुधबार खेलिएको पहिलो खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) लाई सात विकेटले हराएको थियो । काठमाडौँको मुलपानी क्रिकेट मैदानमा बिहीबार टर हारी पहिले ब्याटिङको निम्तो पाएको हङ्कङले १९.३ ओभरमा अलआउट हुनुअघि ९४ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको नेपालले भने १३.५ ओभरमा चार विकेट गुमाएर ९९ रन बनाउँदै विजयलक्ष्य पार गरेको थियो । नेपालका लागि आसिफ शेखले सर्वाधिक ४२ रनको योगदान गरे । कप्तान रोहित…
काठमाडौं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई ‘एक्युट मायोकार्डियल इन्फेक्शन’ भएको पुष्टि भएको छ । चीन भ्रमणमा रहेका गृहमन्त्री श्रेष्ठको आकस्मिक कोरोनरी एन्जियोग्राफी गर्दा ‘ओब्टस मार्जिनल शाखा (इः)’ मा अवरोध देखिएको उनको सचिवालयले जनाएको छ । बिहीबार उनी उपचाररत् पेकिङ्ग युनियन मेडिकल कलेज अस्पताल बेइजिङले उपप्रधानमन्त्री श्रेष्ठको ‘मेडिकल सर्टिफिकेट’ जारी गर्दै एक्युट मायोकार्डियल इन्फेक्शन’ भएको जानकारी दिएको सचिवालयको भनाइ छ । श्रेष्ठलाई ‘एक्युट मायोकार्डियल इन्फेक्शन’ भएको र आकस्मिक कोरोनरी एन्जियोग्राफी गर्दा ‘ओब्टस मार्जिनल शाखा(इः)’ मा अवरोध देखिएको अस्पतालले जनाएको छ। उनको मुटुको बायाँ धमनीमा महत्वपूर्ण ‘स्टेनोसिस’ देखिएको र त्यसलाई कम गर्न तुरुन्तै ‘स्टेन्ट’ राखिएको समेत अस्पतालले जनाएको छ। श्रेष्ठलाई अहिले…
काठमाडौं । केन्द्रीय अनुगमन टोलीले सशस्त्र प्रहरीले सञ्चालन गरेको स्वम्भूस्थित हलचोक फ्युल सेन्टर पम्प सिल गरेको छ । बुधबार गरिएको अनुगमन क्रममा उपभोक्तालाई कम परिमाणमा डिजेल दिएको भन्दै र हलचोक फ्युल सेन्टर पम्प र कलंकीको श्यामा पेट्रोल पम्पमा सिल गरिएको हो । मंगलबार मात्रै अनुगमन क्रममा उपभाक्तालाई कम मात्रामा पेट्रोल बिक्री गरेको भन्दै गैरी गाउँको भ्याली बाबा सप्लायर्समा सिल गरिएको थियो । दुवै पेट्रोल पम्पले बिक्री गरेको मूल्य भन्दा कम परिमाणमा उपभोक्तलाई डिजेल बिक्री गरेको अनुगमन टोलीको प्रारम्भिक निष्कर्ष छ ।
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओेलीले पार्टीमा संयमतापूर्वक सक्रिय हुन कार्यकर्तालाई निर्देशन दिएका छन् । काठमाडौंमा बुधबार आयोजित कार्यक्रममा उनले सदस्यता लिने वित्तिकै ठूलो पद प्राप्त गर्न प्रयास गर्ने गरेको भन्दै उनले पार्टीको पनि प्रकृतिको जस्तै नियम हुने तर्क गरे । उनले भने, ‘सदस्यता लिएको भोलिपल्टै ठूलो पद ताक्न हुँदैन । तपाईलाई चाहियो भन्दैमा दुई महिनामा भैँसी ब्याउँदैन् । कुनै पनि चिज प्रकृतिमा अनुशासन छ । प्रकृतिमा नियम छन् । र मानव समाजमा पनि अनुशासन नियम चाहिन्छ अनि मात्रै त्यसले सफल परिणाम प्राप्त गर्छ ।’ प्रकृतिबाट अनुशासन सिक्न आवश्यक रहेको बताएका ओलीले कसैले चाहँदैमा प्रकृतिले आफ्नो स्वरुप नबद्ने भन्दै…
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन् । बुधबार बसेको प्रदेशसभा बैठकमा प्रस्तुत गरिएको विश्वासको मतको प्रस्तावको पक्षमा ८६ मत परेको छ । उक्त प्रस्तावको विपक्षमा ५ मत परेको छ । संविधानको धारा १६८ को उपधारा (५) अनुसार नियुक्त कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले विश्वासको मत पाएका हुन् । ९३ सदस्यीय प्रदेशसभामा एकजना सांसद अनुपस्थित रहेको प्रदेशसभा सचिवालयले जनाएको छ । मुख्यमन्त्री कार्कीलाई एमालेका ३९, काँग्रेसका २९, माओवादी केन्द्रका १३, नेकपा एकीकृत समाजवादीका ४ र जसपाको १ सांसदले विश्वासको मत दिएका हुन् । राप्रपाका एकजना सांसद अनुपस्थित रहे ।