काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओेलीले पार्टीमा संयमतापूर्वक सक्रिय हुन कार्यकर्तालाई निर्देशन दिएका छन् ।
काठमाडौंमा बुधबार आयोजित कार्यक्रममा उनले सदस्यता लिने वित्तिकै ठूलो पद प्राप्त गर्न प्रयास गर्ने गरेको भन्दै उनले पार्टीको पनि प्रकृतिको जस्तै नियम हुने तर्क गरे ।
उनले भने, ‘सदस्यता लिएको भोलिपल्टै ठूलो पद ताक्न हुँदैन । तपाईलाई चाहियो भन्दैमा दुई महिनामा भैँसी ब्याउँदैन् । कुनै पनि चिज प्रकृतिमा अनुशासन छ । प्रकृतिमा नियम छन् । र मानव समाजमा पनि अनुशासन नियम चाहिन्छ अनि मात्रै त्यसले सफल परिणाम प्राप्त गर्छ ।’
प्रकृतिबाट अनुशासन सिक्न आवश्यक रहेको बताएका ओलीले कसैले चाहँदैमा प्रकृतिले आफ्नो स्वरुप नबद्ने भन्दै एमाले पनि प्रकृति जस्तै नियममा हिडिरहेको जिकिर गरे ।
त्यस्तै पछिल्लो समय समाजमा अराजकता बढेको भन्दै ओलीले संर्किण ब्यक्तिहरुका कारण समस्या बढेको बताए ।
