Author: खबरमञ्च

काठमाडौं । भारी वर्षापछि गएको बाढीमा परी भारतको सिक्किममा २३ भारतीय सेना बेपत्ता भएका छन् । भारतको पूर्वी उत्तरी राज्य सिक्किमको टिस्टा नदी किनारमा रहेको लिचेन भ्यालीमा एक्कासी बाढी आएको थियो । भारी वर्षासँगै त्यहाँ रहेको छुन्थाङ ड्याम भरिएर पानी बाहिर आएको थियो । भारतीय सञ्चार माध्यम टाइम्स अफ इन्डियाका अनुसार ड्याममा पानीको सतह २० फिट माथि पुगेको छ । त्यसैगरी सेनाको बेसक्याम्पमा पनि क्षति पुगेको जनाइएको छ । सेनाको सवारी साधनमा पनि क्षति पुगेको छ । त्यहाँको सेनालाई उद्धृत गर्दै टाइम्स अफ इन्डियाले भनेको २३ जना सेनाका जवानहरू बेपत्ता भएका छन् । खोजी कार्य जारी राखेको सेनाले उल्लेख गरेको…

Read More

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले नेपालको सुपारी निर्यातका लागि सहजीकरण गर्न भारत सरकारसँग पहल गर्ने बताएका छन् । भारत सरकारलाई पत्र लेखेर सहजीकरण गर्ने विषयमा सरकारले पहल गर्ने उनले बताएका हुन् । बुधवार प्रतिनिधिसभाअन्तर्गत उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । सुपारी व्यवसायीहरुसँग छलफल गरेर यसबारेसरकारले निणर्य लिने भन्दै उनले निर्यातका लागि भारत सरकारलाई पत्र लेखेर सहजीकरण गर्ने जनाए । उनले भने, ‘भारत भन्सारबाट बारम्बार समस्या आइरहेको छ । उहाँहरुको भनेको नेपालको विग्रेको सुपारीको बजार हो । नेपालका गुट्का उद्योगहरुले १० देखि ३५ रुपैयाँमा बिहारमा सप्लाई गर्छन् ।…

Read More

काठमाडौं । वैदेशिक रोजगार विभागले शंकास्पद कागजात पेस गरी श्रम स्वीकृति लिएर श्रमिकलाई जापान पठाउने कार्यमा संलग्न १४ वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनीलाई निलम्बन गरेको छ । विभागका अनुसार जापानी भाषा तथा संस्कृतिसम्बन्धी तालिमको शंकास्पद प्रमाणपत्र पेस गरी श्रम स्वीकृति लिएर श्रमिक जापान पठाउने कार्यमा संलग्न भएको पाइएपछि ती म्यानपावर कम्पनीलाई विभागले निलम्बन गरी थप अनुसन्धान गरिरहेको विज्ञप्तीमर्फत जनाएको छ । निलम्बनमा पर्नेमा गुड लाइफ इन्टरनेसलन इप्लोइमेन्ट एजेन्सी प्रालि, रोयल ओभरसिज नेपाल प्रालि, जब्स ग्लोबल कम इप्लोइमेन्ट सर्भिसेज प्रालि,सत्यावती ओभरसिज, डिएन इन्टरनेसनल नेपाल ओभरसिज, इप्लोइमेन्ट एजेन्सी प्रालि, लायन्स   इन्टरनेसनल नेपाल प्रालि रहेका छन् । यस्तै, वल्र्ड फेभर ओभरसिज प्रालि, नाप…

Read More

काठमाडौं । जल तथा मौसम विभागले आज पाँच प्रदेशमा हल्कादेखि मध्यम वर्षा हुने जनाएको छ । हाल देशभरको मौसम आंशिकदेखि सामान्य बदली रही गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा साथै कोशी र बागमती प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज देशभर मौसम सामान्य बदली रही कोशी, मधेश बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरु र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको विभागले उल्लेख गरेको छ। साथै बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको विभागले जानकारी दिएको छ ।बुधबार राती देशभर मौसम सामान्य बदली रहनेछ । कोशी,…

Read More

काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दसैँको साइत सार्वजनिक गरेको छ । जसअनुसार विजयादशमीको उत्तम साइत कात्तिक ७ गते बिहान ११ः०२ बजे रहेको छ । यस वर्षको बडादसैँ अर्थात् दुर्गा पक्षको सुरुआत भने असोज २८ गते आइतबार हुनेछ । जसलाई नवरात्रारम्भ पनि भनिन्छ । त्यस दिन बिहान ११ः२९ बजे घटस्थापना गर्ने साइत रहेको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए । घटस्थापनाका दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले दुवैको शान्ति गरेर घटस्थापना गर्नु शास्त्रसम्मत् हुने पनि उनले बताए । कात्तिक ७ गते विजयादशमीका दिन बिहान १०ः३७ बजे देवी विसर्जनको साइत रहेको छ । देवी विसर्जन सकेपछि…

Read More

झापा । स्थानीय तह संघर्ष समिति बिर्तामोडले नगर प्रमुख, उप प्रमुख र प्रमुख प्रशासकीय अधिकृतलाई माग पत्र बुझाएको छ । समितिले मंगलबार नगर प्रमुख पवित्रा महतारा प्रसाई, उप प्रमुख नगेन्द्र प्रसाद संग्रौला र प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपानेलाई माग पत्र बुझाएको हो । मागहरुका बिषयमा प्रष्ठ पार्दै स्थानीय तह संघर्ष समिति बिर्तामोडका संयोजक तेजिन्द्र तामाङले केन्द्रीय समितिको सर्कुलर अनुसार माग पत्र बझाएको जानकारी दिनुभयो ।माग पत्र बुझ्दै नगर प्रमुख प्रसाईले कर्मचारीको मागहरुको विषयमा सम्बन्धित निकायमा ध्यानाकर्षण गराउने बताउनु भयो । कर्मचारीहरुले केन्द्रीय सर्कुलर अनुसार हातमा कालो पट्टीसमेत बांधेका छन् । मंगलबारदेखि ३ दिनसम्म हातमा कालो पट्टी बाधेर कामकाज गर्ने जनाईएको…

Read More

धनगढी । बझाङमा मंगलबार दिउँसो गएको भूकम्पले भौतिक संरचनामा क्षति पुर्याएको छ । यद्यपि जिल्लाको तलकोट केन्द्रबिन्दु भएर गएको भूकम्पले पुर्याएको क्षतिको पूर्ण विवरण आउन बाँकी छ । गाउँपालिकाकी उपाध्यक्ष पार्वती कुमारी भण्डारीले कतिपय वडा कार्यालय, विद्यालयका भवनहरु ध्वस्त भएको विवरण आइरहेको बताइन् । उनले मानवीय क्षतिको विवरण भने नआएको बताइन् । उनका अनुुसार भूकम्पले ठाउँ–ठाउँमा सुख्खा पहिलो पनि खसेका छन् । जसले गर्दा बाटो पनि बन्द भएको छ । भूकम्पले अछाम र बाजुरामा पनि भौतिक संरचनामा क्षति पुगेको छ ।

Read More

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शान्ति प्रक्रियाका बाँकी काम छिटो सम्पन्न गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल तयार नभएको बताएका छन् । प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । उनले प्रधानमन्त्री दाहालले जस अर्कोले लिन्छ भनेर प्रधानमन्त्रीले शाीन्त प्रक्रियाका बाँकी काम टुंग्याउन नचाहेको बताए । अध्यक्ष ओलीले आफूले आफू प्रधानमन्त्री रहँदा शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन खोज्दा प्रधानमन्त्री दाहालले नै नमानेको आरोप लगाए । उनले फागुन १ गतेलाई सरकारी बिदा दिनेकुरा मान्य नहुने भन्दै फागुन १ गते दिने बिदाको निर्णयलाई फिर्ता नलिए आफूहरुले कदम चाल्नुपर्ने चेतावनी दिए । अध्यक्ष ओलीले आगामी मन्त्रीपरिषद्को बैठकबाट नै सो…

Read More

काठमाडौं । काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको छ । मंगलबार दिउँसो ३ बजेर ८ मिनेटमा भूकम्प गएको हो । मंगलबार दिउँसो २ बजेर ४० मिनेट जाँदा बझाङको तलकोट केन्द्रविन्दु भएर भूकम्प गएको थियो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले तलकोट केन्द्रविन्दु भएर ५.३ म्याग्निच्युडको भूकम्प गएको जनाएको छ । 

Read More

काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा सोमबार पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसेको छ । बैठकले देहाय बमोजिमको निर्णय गरेको छ । १) पार्टीको केन्द्रीय कार्यसमितिको बैठक आगामी मंसिर ९,१० र ११ गते बस्ने निर्णय भएको छ ।२) दैनिक उपभोग्य बस्तुमा भएको चरम मुल्यबृद्धि लगायत जनजीविकासँग सम्बन्धित विषयमा सरकारलाई गम्भीर बन्न दबाब दिने र यस सम्बन्धमा तत्काल प्रधानमन्त्रीलाई‌ ज्ञापनपत्र बुझाउने निर्णय गरेको छ ।३) मुलुकमा ब्याप्त भ्रष्टाचार, दण्डहिनता र समग्र बेथितिका बिरुद्ध राप्रपाले प्रदेश स्तरिय बिरोध प्रर्दशन तथा सभाको तयारी गर्न सबै प्रदेशहरुलाई निर्देशन दिने निर्णय गरिएको छ।४) कोशी प्रदेश सरकारको सम्बन्धमा उपयुक्त समयमा पार्टीको पदाधिकारीहरूसंग परामर्श गरी पार्टी…

Read More