काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा सोमबार पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसेको छ । बैठकले देहाय बमोजिमको निर्णय गरेको छ ।
१) पार्टीको केन्द्रीय कार्यसमितिको बैठक आगामी मंसिर ९,१० र ११ गते बस्ने निर्णय भएको छ ।
२) दैनिक उपभोग्य बस्तुमा भएको चरम मुल्यबृद्धि लगायत जनजीविकासँग सम्बन्धित विषयमा सरकारलाई गम्भीर बन्न दबाब दिने र यस सम्बन्धमा तत्काल प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने निर्णय गरेको छ ।
३) मुलुकमा ब्याप्त भ्रष्टाचार, दण्डहिनता र समग्र बेथितिका बिरुद्ध राप्रपाले प्रदेश स्तरिय बिरोध प्रर्दशन तथा सभाको तयारी गर्न सबै प्रदेशहरुलाई निर्देशन दिने निर्णय गरिएको छ।
४) कोशी प्रदेश सरकारको सम्बन्धमा उपयुक्त समयमा पार्टीको पदाधिकारीहरूसंग परामर्श गरी पार्टी अध्यक्षले टुंगो लगाउने निर्णय भएको छ ।
५) पार्टीको हित र स्वार्थमा आघात पुग्ने गरी अनुशासनहिन कार्य गरेकाले पार्टीको अनुशासन समितिको सिफारिस बमोजिम झापाका केन्द्रीय सदस्य नवराज पनेरु (राजु) र मोरङ्ग जिल्ला कार्यसमितिका पुर्व प्रवक्ता कृष्ण घिमिरेलाई निलम्बन गरिएको छ ।
६) महामन्त्री डा. धवल शम्शेर राणाद्वारा प्रस्तुत आगामी आन्दोलन सम्बन्धि कार्ययोजनालाई अन्तिम रुप दिन बरिष्ठ नेता एवम् उपाध्यक्ष बुद्दिमान तामाङ्ग, बरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, उपाध्यक्ष हेमजङ्ग गुरुङ्ग र महामन्त्रीद्वय डा. धवल शम्शेर राणा र कुन्ती शाही रहेको कार्यदल गठन गरिएको छ ।
