Author: खबरमञ्च

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले यो शैक्षिक सत्रमा कक्षा १२ को वार्षिक परीक्षा आगामी वैशाखमा सञ्चालन गर्ने भएको छ । बोर्डले आफ्नो वार्षिक कार्यतालिका सार्वजनिक गर्दै १२ को वार्षिक परीक्षा २०८१ को वैशाख पहिलो हप्तादेखि सञ्चालन गर्ने जनाएको हो । परीक्षाको नतिजा प्रकाशित भएको ४५ दिनभित्रमा पूरक परीक्षा गर्ने बोर्डको कार्यतालिका छ । नतिजा भने २०८१ को साउन तेस्रो साताभित्र सार्वजनिक गर्ने बोर्डको योजना छ ।

Read More

काठमाडौं । नेकपा एमालेको कोशी प्रदेश अध्यक्षमा घनश्याम खतिवडा निर्वाचित भएका छन् । सोमबार राति सम्पन्न मतगणनाअनुसार ५१२ मतसहित खतिवडा अध्यक्षमा निर्वाचित भएका हुन् । प्रतिस्पर्धी विनोद ढकालले ४३० मत ल्याए । अध्यक्षमा खतिवडासँगै पदाधिकारीमा उनका प्यानलका सबै निर्वाचित भएका छन्। सोमबार राति भएको मतगणनाअनुसार खतिवडासहित उनका प्यानलका पदाधिकारीहरु विजयी भएका हुन्। खतिवडाले अब ३ वर्ष प्रदेश पार्टीको नेतृत्व गर्नेछन्। मनास्लु पार्टी प्यालेसमा आइतबार राति अबेरसम्म मतदान भएको थियो ।

Read More

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपले लामो समय काम गरेका झन्डै तीन दर्जन पत्रकारलाई निष्कासन गर्ने तयारी गरेकोमा विरोध गर्दैै पत्रकार आवद्ध संस्थाले आज सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालाई ज्ञापनपत्र बुझाएका छन् ।  सोमबार संचारमन्त्रालयमा पुगेर पत्रकार महासंघ र श्रमजिवी पत्रकार संघ नेपालले मन्त्री शर्मालाई नियम कानून विपरित कान्तिपुर मिडियामा कार्यरत झन्डै तीन दर्जन श्रमजीवी पत्रकारलाई जागिर छोड्न मेल मार्फत जानकारी गराएकोमा ध्यानाकर्षण गराएका हुन् । मन्त्री शर्माले श्रमजीवी पत्रकारको हक अधिकार र कानून सम्मत अगाडि बढ्न मन्त्रालय तयार रहेको र कान्तिपुरको समस्याप्रति मन्त्रालय गम्भीर रहेको बताइन् । उनले कान्तिपुरको व्यवस्थापकलाई र श्रमजीवी पत्रकार तथा श्रमजीवीको पक्षमा बोल्ने संस्थालाई उक्त…

Read More

काठमाडौं । स्थानीय तह कर्मचारी केन्द्रीय संघर्ष समितिको आव्हानमा स्थानीय तहका कर्मचारीले आजदेखि आन्दोलन थालेका छन् । सोमबार काठमाडौंको माइतीघरमा निजामती विधेयकमा आफूहरूलाई उपेक्षा गरेको भन्दै उनीहरुले हातमा कालोपट्टी बाँधेर विरोधमा उत्रिएका हुन् । आन्दोलनमा देशका विभिन्न पालिकाबाट कर्मचारी काठमाडौं भेला भएका छन् । विरोध प्रदर्शनमा संघर्ष समितिका संयोजक दीपक गौतमले स्थानीय तह कर्मचारी ऐन विभिन्न अवस्थामा रहदा समस्याबाट गुजरिनु परेको भन्दै निजामति ऐनको सट्टा एकीकृत निजामती ऐन जारी गर्न सरकारलाई दवाव स्वरुप आन्दोलन थालेको बताए। उनले भने, ‘स्थानीय तह कर्मचारी ऐन विभिन्न अवस्थामा रहदा बिभिन्न समस्याबाट गुजरिरनुपरेको छ । वृद्धि विकास सेवा सुविधाका बाटाहरु बन्द गर्ने र नकारात्मक असर…

Read More

काठमाडौं । नेपालबाट यस वर्षको मनसुन करिब एक सातापछि बाहिरिने भएको छ । मनसुन पूर्वानुमान महाशाखाका अनुसार यस वर्षको मनसुन अक्टोबर २ अर्थात् असोज १५ गते बाहिरिने औसत मिति रहेको छ । अन्तिम अवस्थामा मनसुन फेरि सक्रिय भएकोले बाहिरिने मिति टाढिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मनसुन बाहिरिने दिन नजिकिँदै गर्दा शनिबार रातिदेखि देशव्यापी बदली सुरु भएको विभागको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । महाशाखाले जारी गरेको साताव्यापी मौसमको बुलेटिनले पनि अझै एक साता धेरै क्षेत्रमा वर्षा हुने देखाएको छ । पूर्वी नेपालदेखि कर्णाली र सुदूरपश्चिमसम्म नै बदली र वर्षाको क्रम करिब चार दिन सक्रिय रहने…

Read More

काठमाडौं । विद्यालय शिक्षा विधेयक र शिक्षक महासंघसँग भएको सम्झौता कार्यान्वयन गर्न करिब ३५ अर्ब रुपियाँ लाग्ने अनुमान गरिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तयार पारेको तथ्यांकमा उक्त रकम थप खर्च हुने अनुमान गरिएको छ । महासंघसँग सम्झौता भएलगत्तै मन्त्रालयको योजना महाशाखाले थप बजेट तयार गरेको हो । सो बजेटको बारेमा अर्थ मन्त्रालयले सहमति दिएको छ । राहत दरबन्दीमा रहेका ४१ हजार ३ सय ४४ शिक्षकलाई स्थायी दरबन्दीमा रूपान्तरण गर्दा र कर्मचारी सञ्चय कोषको हुन आउने दायित्व करिब १५ अर्ब १५ करोड रहने छ । त्यसमा २१ हजार २ सय १५ प्रावि शिक्षक, ९ हजार ४ सय ३४…

Read More

काठमाडौं । नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले प्रदेशहरु कामकाजी हुन नसकेको बताएका छन् । जे सोचेर प्रदेशहरु निर्माण गरिएको हो त्यसअनुसार काम हुन नसकेको उनको भनाइ छ । नेपाली काङ्ग्रेसको १४औं महाधिवेशनको संकल्प, उत्साह, एकता र रुपान्तरण विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै थापाले यस्तो बताएका हुन् । ‘प्रदेशहरु एकदमै महँगो भइरहेका छन्’ उनले भने, ‘प्रदेशहरु जे सोचेर बनाएका थियौं, त्यो अनुसार काम भएको छैन ।’ तत्कालीन सभापनि सभापति गिरिजाप्रसाद कोइराला भएका बेला पार्टीले बोलाएको पाँच दलको बैठकबाट नेपालमा अब एउटामात्रै केन्द्र राखेर हुँदैन, प्रदेश बनाउनुपर्छ र प्रदेशलाई अधिकार दिनुपर्छ भनेर २०६१ सालमै सहमति भएको उनले स्मरण गरे । ‘अहिले हामीले…

Read More

काठमाडौं । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा सहकर्मीमाथि हातपात भएको विरोधमा त्यहाँका चिकित्सकले विरोध प्रर्दशन गरेका छन् । इन्टर्न डाक्टरमाथि हातपात भएको भन्दै उनीहरुले काम बन्द गरेर आइतबार अस्पताल अगाडिको सडकमा धर्ना दिएका हुन् । मिर्गौला रोगको परीक्षणका लागि बहिरंग सेवा (ओपीडी)मा आएका बिरामीले आइतबार दिउँसो साढे १२ बजेतिर इन्टर्न डाक्टर मनिष खड्कामाथि आक्रमण गरेको उनीहरुको भनाइ छ । डाक्टरहरुले आफूहरूको सुरक्षा र कुटपिटमा संलग्नलाई कारबाहीको माग राखेका छन्। आन्दोलनमा सहभागि डाक्टर विवेक अधिकारीले भने, ‘हामी काम गर्न सक्दैनौ । हाम्रो अगाडि मानीसको ज्यान झण्डै गएको छ । एक जनालाई तीन जनाले कुटेर टाउको झण्डै फुटेको छ । तीन जना…

Read More

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति जलहरी प्रकरणमा सुन हिनामिना गरेको आरोपमा पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव डा. प्रदीपकुमार ढकाल र तत्कालीन कोषाध्यक्ष मिलनकुमार थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । पशुपतिनाथ मन्दिरमा जलहरी राख्ने क्रममा सुन हिनामिना गरेको आरोपमा कोषका तत्कालिन कोषाध्यक्ष हालका सदस्य सचिव थापा र निर्वतमान सदस्य सचिव ढकालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । आयोगले उनीहरुले जलहरी राख्ने क्रममा एक किलो ४९१.७१८ ग्राम सुन हिनामिना गरेको भन्दै त्यसबापतको १ करोड १७ लाख १ हजार ७८१ रुपैयाँ ८५ पैसा भ्रष्टाचार गरेको आरोप लगाएको हो । अख्तियारले पशुपति क्षेत्र विकास कोषका तत्कालीन बिशेट नाइके (स्टोरकिपर)…

Read More

काठमाडौं । विद्यालय शिक्षा विधेयक २०८० संसदमा प्रस्तुत भएको छ । शिक्षामन्त्री अशोक कुमार राईले आइतबारको प्रतिनिधि सभा बैठकमा उक्त विधेयक पेस गरेका हुन् । त्यसअघि नेमकिपाका सांसद प्रेम सुवालले सो विधेयक प्रस्तुत गर्न नहुने भन्दै दिएको विरोधको सूचना बहुमतले अस्वीकृत भएपछि सभामुख देवराज घिमिरेले सो विधेयक प्रस्तुत गर्न अनुमति दिएका थिए । आइतबार प्रतिनीधि सभामा सो विधेयक प्रस्तुत गर्न नहुने भन्दै सुवालले उठाएका प्रश्नको जवाफ दिदै मन्त्री राईले शिक्षकलाई राजनीतिबाट टाढा राख्नु पर्ने बताए । उनले भने, ‘शिक्षकहरुलाई राजनीतिबाट टाडा राख्नु पर्छ । मानिसको व्यक्तिगत आस्था आआफ्नो ठाउँमा छ । तर त्यो आस्थाका कारणले पठनपाठनलाई प्रभावित पार्न हुँदैन् ।…

Read More