काठमाडौं । विद्यालय शिक्षा विधेयक २०८० संसदमा प्रस्तुत भएको छ । शिक्षामन्त्री अशोक कुमार राईले आइतबारको प्रतिनिधि सभा बैठकमा उक्त विधेयक पेस गरेका हुन् ।
त्यसअघि नेमकिपाका सांसद प्रेम सुवालले सो विधेयक प्रस्तुत गर्न नहुने भन्दै दिएको विरोधको सूचना बहुमतले अस्वीकृत भएपछि सभामुख देवराज घिमिरेले सो विधेयक प्रस्तुत गर्न अनुमति दिएका थिए ।
आइतबार प्रतिनीधि सभामा सो विधेयक प्रस्तुत गर्न नहुने भन्दै सुवालले उठाएका प्रश्नको जवाफ दिदै मन्त्री राईले शिक्षकलाई राजनीतिबाट टाढा राख्नु पर्ने बताए ।
उनले भने, ‘शिक्षकहरुलाई राजनीतिबाट टाडा राख्नु पर्छ । मानिसको व्यक्तिगत आस्था आआफ्नो ठाउँमा छ । तर त्यो आस्थाका कारणले पठनपाठनलाई प्रभावित पार्न हुँदैन् । कसैको सदस्यता लिएर कसैको विरुद्धमा कसैको लागि भोट माग्ने काम गर्न हुँदैन् ।’
उनले यो विद्ययेकमा धेरै कुरा समेटएिको र सरकारले यो विधेयकमा ध्यान दिएको बताए ।