Author: खबरमञ्च
काठमाडौं । फिफा विश्वकप २०२६ छनोटको प्रारम्भिक चरणअन्तर्गत आज नेपाल र लाओसबीच प्रतिस्पर्धा हुँदैछ । बिहीबार त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा साँझ साढे ५ बजे सुरु हुने खेलमा नेपालले दोस्रो खेल अक्टोबर १७ मा लाओसमा खेल्नेछ । यसको विजेताले छनोटको दोस्रो चरणमा स्थान बनाउने छ । दोस्रो चरणको क्वालिफायर समूह चरणको ढाँचामा हुनेछ । यसअघि हिजो लाओससँग खेल्ने नेपाली टोलीको घोषणा भएको थियो । जसमा २३ सदस्यीय टोली घोषणा भएका थिए ।
जनकपुरधाम । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो भविष्य अन्धकार देख्नेहरु एमालेको विरोध गरिरहेको तर्क गरेका छन् । पार्टी मधेश प्रदेशको प्रथम अधिवेशन जनकपुरधाममा उद्घाटन गर्दै अध्यक्ष ओलीले आफ्नो भविश्य अन्धाकार देख्नेहरुले विरोध गर्दैमा एमालेलाई केही फरक नपर्ने बताए। उनले एमालेको राम्रो काम देख्न नसक्नेहरुले विरोध गरेको तर्कसमेत गरे । ‘एमाले काम गर्न नसकेर विरोध गरेको छैन । एमालेको राम्रो काम देखेपछि अब आफ्नै भविष्य अन्धकार हुने देखेर विरोध गरिदैछ ।’ अन्य दललाई उनले भने ‘ तपाईहरु सच्चिनुस् । सचिएनौं भने भविष्य राम्रो हुने छैन । अन्धकारमा जाने नै छ ।’ उनले मधेशबाटै संगठन निर्माण गरेको र ५० वर्ष…
काठमाडौं । विश्वकप क्रिकेटमा पाकिस्तानले श्रीलंकाकालाई ६ विकेटले पराजित गरेको छ । खेलका श्रीलंका र पाकिस्तानका २–२ ब्याट्सम्यानले शतक बनाएका थिए । तर पाकिस्तानका मोहमद रिजवान र अब्दुल सफिकले शतक बनाएपछि उसले ३ सय ४५ रनको लक्ष्य खेल सकिन १० बल बाँकी छँदै ४ विकेट गुमाएर पूरा गरेको थियो । ओपनर सफिकले १०३ बलमा ११३ रन बनाए भने रिजवान १३१ रनमा नट आउट रहे भने, १२१ बल खेलेका रिजवानले ८ चौका र ३ छक्का हाने ।
काठमाडौं । नेकमा एमाले सुदूरपश्चिम प्रदेशको नेतृत्व चयनका लागि आज मतदान हुने भएको छ । मतदान बुधबार बिहान ७ बजेदेखि मतदान हुने बताइएको छ । प्रदेश अध्यक्षमा निवर्तमान कमिटीका उपाध्यक्ष कमल तिमिल्सिना, पूर्व जिविस सभापति कृष्णप्रसाद जैसी र भरतबहादुर साउदले उम्मेदवारी दर्ता गराएका छन् । अध्यक्षमा कञ्चनपुरका बचनबहादुर सिंहले पनि उम्मेदवारी दर्ता गराएका छन् ।
झापा । झापाको बिर्तामोडस्थित शनिश्चरे रोडमा ‘द मोमो फ्याक्टोरी’ सञ्चालनमा आएको छ । काठमाडौंको बौद्धमा मुख्य कार्यालय रहेको द मोमो फ्याक्टोरीको बनेपामा दुई वटा, इटहरी र बिर्तामोडमा गरी पाँचवटा स्थानबाट सेवा लिन सकिने सञ्चालकमध्येका तुलसीप्रसाद उप्रेतीले जानकारी दिए । ३६ वटा मोमोका परिकार पाइने उक्त मोमो फ्याक्टोरी सञ्चारकर्मी टिकाराम नेती, राज फुयाल, तुलसीप्रसाद उप्रेती, मोहनकुमार श्रेष्ठलगायतले एक करोड बढीको लगानीमा सञ्चालनमा ल्याएका हुन् । नेपालमै पहिलो पटक ‘लाइभ किचन’ सहितको मोमो फ्याक्टोरी सञ्चालन गरिएको सञ्चालकहरुको दाबी छ । सवै होटल तथा रेष्टुरेन्टमा पाइने परिकार उक्त मोमो फ्याक्टोरीमा पाइने तर, त्यहाँ पाइने परिकार अन्य स्थानमा नपाइने सञ्चालक तथा बिर्तामोडका मुख्य…
झापा । मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई मोसो दलेको बिरोधमा झापाको बिर्तामोडमा उनका समर्थकहरुले प्रदर्शन गरेका छन् । सोमबार काठमाडौंलाई मोसो दलिएको घटनाको विरोधमा उनका समर्थक सडकमा उत्रिएका हुन् । प्रसाईंका समर्थकहरुले नेपाल आमाको रक्षा गर, नेपाल राष्ट्रको रक्षा गर, आतंकवादी अराजकता मुर्दावाद, देशद्रोही भष्ट्राचारी मुर्दावाद, हाम्रो अभियान जारी छलगायत नारा लगाएका थिए । बिर्तामोडको सिटी सेन्टरवाट सुरु भएको र्याली बजार परिक्रमा गरेर मुक्तिचोकमा कोणसभामा परिणत भएको थियो । प्रसाईंका समर्थकहरूले दोषीको पहिचान भइसकेकाले अबिलम्ब पक्राउ गरी कारबाही गर्न माग गरेका छन् । सोमवार उनीमाथि मोसो दलिएको थियो भने शरीरको कपडा पनि च्यातिएको थियो । प्रसाईंले लघुबित्त, सहकारी र बैंकका…
काठमाडौं । सरकारले आज देशभर राष्ट्रिय शोक मनाउँदैछ । हिजो बसेको मन्त्रीपरिषद् बैठकले इजरायलमा प्यालेस्टिनी लडाकु समूह हमासको आक्रमण ज्यान गुमाएका नेपालीको सम्झनामा आजका लागि राष्ट्रिय शोकको घोषणा गरेको थियो । इजरायलमा हमास समूहको आक्रमणमा १० नेपालीको निधन भएको थियो । राष्ट्रिय शोक अन्तर्गत आज देशभरका सरकारी कार्यालयहरू र विदेशस्थित नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाइने छ ।
धनगढी । इजरायल आक्रमणमा दिवंगत भएका विद्यार्थीको परिवारलाई सुदूरपश्चिम प्रदेश सरकारले २ लाख रुपैयाँ राहत उपलब्ध गराउने भएको छ । मुख्यमन्त्री कमलबहादुर शाहले सोमबार विज्ञप्ति जारी गर्दै राहत स्वरूप २ लाख रुपैयाँ उपलब्ध गराउने जानकारी दिएका हुन् । त्यस्तै सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मृतकका परिवारलाई १०–१० लाख रुपैयाँ राहत दिने र उद्धारका लागि चार्टर्ड हवाई जहाज पठाउने निर्णय गरेको थियो ।
काठमाडौं । इजरायलमा मृत्यु भएका नेपालीहरूको शोकमा सरकारले मंगलबार राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले मंगलबार राष्ट्रिय शोक मनाउने निर्णय गरेको सरकारकी प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् । बैठकले हमासको आक्रमणमा परी ज्यान गुमाएकाको परिवारलाई १०–१० लाख राहत दिने निर्णय सरकारले गरेको छ । उनका अनुसार सरकारले इजरायलमा द्वन्द्वग्रस्त ठाउँमा रहेका नेपाल फर्किन चाहने नेपालीलाई यथाशीघ्र ल्याउन काम गर्ने निर्णय गरेको छ ।
काठमाडौं । कैद माफीविरुद्ध राष्ट्रपति कार्यालय शितल निवास अगाडि विरोध प्रदर्शनमा उत्रिएका मानव अधिकार तथा शान्ति समाजका ११ जनालाई प्रहरीले गिरफ्तार गरेको छ । राष्ट्रपतिले सजाय माफी गर्न सक्ने अधिकारको दुरुपयोग गर्दै, संभावित आर्थिक चलखेलबारे गहिरो छानविनको माग गर्दै प्रर्दशनमा उत्रिएका शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति रामकृष्ण बराल, सल्लाहकार उत्तम पुडासैनी, महासचिव रेनुका पौडेललगायत ११ जनालाई प्रहरीले गिरफ्तार गरेको हो । उनीहरुलाई प्रहरी वृत्त महाराजगञ्जमामा राखिएको छ । निशेधित क्षेत्र तोडेकाले नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । शान्ति समाजले कुशासन र दण्डहीनता विरुद्ध केन्द्रित रही असोज २१ गते देखि देशव्यापी अभियान प्रारम्भ गरेको जनाएको छ । यस क्रममा…