Author: खबरमञ्च

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल भूकम्प प्रभावित क्षेत्र जाजरकोट पुगेका छन् । राष्ट्रपति पौडेलले जाजरकोट अस्पताल पुगेर घाइतेहरूको अवस्थाबारे जानकारी लिएका छन् । घाइतेहरूले उपचार, खाद्यन्न, घर निर्माणसहित बाँच्ने आधारको व्यवस्था गरिदिन राष्ट्रपति पौडेलसँग आग्रह गरेका थिए । उनले भुकम्प प्रभावितहरूलाई आवश्यक बसोबास, खाद्यन्नलगायत सबै कुराको प्रवन्ध हुने र त्यसका लागि आफुले सरकारसँग कुरा गर्ने बताएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिएका छन् । राष्ट्रपतिको भनाई उदृत गर्दै सल्लाहकारले भने, ‘तपाईहरूका लागि अल्पकालिन र दीर्घकालिन आवश्यकताको पहिचान गरी सोको व्यवस्था हुन्छ । चिन्ता गर्न पर्दैन । म सरकारसँग कुरा गर्छु ।’ सो अवसरमा जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले…

Read More

काठमाडौं । अवैध मोबाइल नियन्त्रण गर्ने उद्देश्यसाथ बारम्बार सञ्चालनको घोषणा गरिएको ‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) अन्ततः सोमबारदेखि लागु हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयनमा ल्याउने भएको हो । गत वर्ष असोज १ देखि परीक्षणका रूपमा सञ्चालनमा ल्याइएको यो प्रणालीलाई प्राधिकरणले त्यसको एक वर्षपछि सञ्चालन गर्न लागेको हो । प्रणालीमा दर्ता नभएका मोबाइलको नेटवर्क लक गर्न सेवाप्रदायकलाई जानकारी गराइसकिएको प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले जानकारी दिनुभयो । “पहिलो चरणमा ‘हाइएन्ड’ मोबाइल लक गर्ने गरी सेवाप्रदायकलाई निर्देशन दिएका छौँ,” उहाँले भन्नुभयो । उहाँका अनुसार अबदेखि हरेक दिन दर्ता…

Read More

काठमाडौं । सरकारले गैरकानूनी सामग्री स्वतः हट्ने व्यवस्था मिलाउन चर्चित एप टिकटकका अन्तर्राष्ट्रिय प्रतिनिधिहरुसँग आग्रह गरेको छ । गृहमन्त्रालयमा भएको छलफलमा, टिकटकमार्फत सामाजिक सद्भाव बिगार्ने, घृणा तथा विद्वेष फैलाउने, विशिष्ट व्यक्तिहरुको मानमर्दन गर्ने, जातीय, धार्मिक, सामाजिक सद्भाव बिगार्ने र अश्लील खालका गतिविधि तथा सामग्रीहरु हटाउन र त्यस्ता कार्य गर्ने व्यक्तिहरु पत्ता लगाई कानूनी कारवाहीको दायरामा ल्याउन आग्रह गरिएको गृह मन्त्रालयका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए। टिकटकमा प्रकाशन तथा प्रसारण हुने गैरकानूनी सामग्री स्वतः हट्ने व्यवस्था मिलाउनेबारे आज भएको नेपाल प्रहरीको साइवर व्युरो लगायत सरकारी निकाय र सिंगापुरस्थित टिकटकको कार्यालयका प्रतिनिधिबीचको छलफलमा गैर कानूनी सामग्री नियन्त्रणबारे छलफल भएको उनले…

Read More

काठमाडौं । नेपाली काँग्रेसको महासमितिको बैठक मंसिर २९ गतेबाट शुरु हुने भएको छ । आइतवार काँग्रेस सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको केन्द्रीय कार्यसमितिको बेठकले सो निणर्य गरेको हो । महासमिति बैठक अब मंसिर २९, ३० र पुष १ र २ गते बस्नेछ । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै काँग्रेस नेता मिनबहादुर विश्वकर्माले तयारीको समय कम भएको र हलको उपलब्धता पनि त्यसअघि नभएकाले बैठक सारिएको जानकारी गराए । यसअघि काँग्रेस महासमिति बैठक मंसिर १५ देखि गर्ने निणर्य भएको थियो । कार्यसमितिको बैठकले जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पबाट प्रभवितहरुको उद्धार र रहातका लागि तत्काल ५० लाख उपलब्ध गराउने निणर्य पनि गरेको…

Read More

काठमाडौं । सरकारले भूकम्पबाट प्रभावित व्यक्तिहरुको निःशुल्क उपचार गर्ने निणर्य गरेको छ । आइतवार बसेको मन्त्रिपरिषद्को बैठकका निणर्य सुनाउँदै सरकारका प्रवक्ता रेखा शर्माले यस्तो बताएकी हुन् । उनले सरकारले कोष, उद्धार तत्काल राहत तथा घाइतेहरुको उपचारमा प्राथमिकता दिने साथै भूकम्पबाट बिस्थापित भएका परिवारलाई अस्थायी आवास र सुरक्षा प्रवन्ध मिलाउने निणर्य गरेको बताइन् । उनले कर्णाली प्रदेशको राजधानी सुर्खेतलाई मुख्यस्थल र नेपालगञ्जलाई सहायक स्थल बनाइ खोज, उद्धार र राहत सम्बन्धी कार्य एकद्वार प्रणालीबाट मात्रै गर्ने निणर्य गरेको जानकारी दिइन् । त्यस्तै सरकारले छिमेकी लगायत मित्रराष्ट्र र अन्य अन्तर्राष्ट्रिय संघसंस्थाहरुबाट औपचारिक रुपमा प्रश्ताव भएको सहयोग स्वीकार गर्ने र त्यस्तो सहयोगका लागि नेपालको…

Read More

काठमाडौं । नेपालले आइसिसी टि २० विश्वकप एसिया क्षेत्र छनोटको फाइनलमा आज ओमानसँग प्रतिस्पर्धा गर्दैछ । खेल बिहान ११ बजे टियु क्रिकेट मैदानमा सुरु हुनेछ । सेमिफाइनलमा नेपालले युएईलाई ८ विकेट तथा ओमानले बहराइनलाई १० विकेटले हराउँदै फाइनलमा स्थान बनाएर दुवै टोली विश्वकपमा पुगेका थिए । ओमानसँग समूह चरणको खेलमा पाँच रनको पराजय भोगेको नेपालले शुक्रबार युएईलाई ८ विकेटले हराउँदै विश्वकप यात्रा सुरक्षित गरेको थियो । नेपाली टोलीको मनोबल उच्च छ । आज घरेलु मैदान र दर्शकको साथले नेपाल झनै बलियो बन्नेछ । ओमानले पनि जारी खेलमा राम्रो प्रदर्शन गरेको छ । यी दुई टोलीबीचको खेल आज निकै रोचक हुने…

Read More

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका छन् । जाजरकोट भूकम्पलगायतका समसामयिक विषयमा छलफल गर्न उनले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका हुन् । बैठक विशेषगरी जाजरकोट भूकम्पबारे केन्द्रीत हुने बताईएको छ । बैठक बिहान ११ बजे सभापति देउवाको निवास धुम्बाराहीमा बस्ने कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिमा पार्टी पदाधिकारी र वरिष्ठ केन्द्रीय सदस्यहरु रहेका रहेका छन् ।

Read More

काठमाडौं । डोटीमा जिप दुर्घटना हुँदा चार महिनाको शिशुसहित चार जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा अन्य पाँच जना घाइते भएको छन् । एक जनाको अवस्था गम्भीर रहेको छ । आइतबार राति साढे २ बजेको समयमा शिखर नगरपालिका–६ को अण्यौल,केआई सिंह राजमार्गमा धनगढीबाट बाजुरातर्फ जाँदै गरेको ग २ च २७७६ नम्बरको बोलेरो जिप दुर्घटनामा भएको थियो । दुर्घटनामा चार जनाको घटनास्थलमै मृत्यु भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । मृत्यु हुनेमा बाजुराको हिमाली गाउँपालिका–५ बस्ने २२ वर्षीया राधिका मलाल, ३२ वर्षीया धनशोभा बुढा, उनका ६ वर्षीय छोरा कबिन्द्र बुढा र सोही ठाउँ बस्ने विमला मलालकि र…

Read More

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । आज बिहान ८ बजेका लागि मन्त्रिपरिषद्को बैठक बोलाइएको हो । भूकम्पबाट प्रभावितहरूको उद्धार, राहत र पुनर्स्थापनाका विषयमा छलफल गर्न बैठक बोलाइएको हो । भूकम्पबाट अहिलेसम्म जाजरकोट  र पश्चिम रुकुममा गरी १५७ जनाको मृत्यु भइसकेको छ भने २५३ जना घाइते भएका छन् ।

Read More

विराटनगर । कोशी प्रदेश सरकाले जाजरकोट भूकम्प प्रभावितको सहयोगका लागि १ करोड रुपैयाँ पठाउने भएको छ । यसैगरी सरकारले पीडितका लागि आवश्यक राहत सामग्री पनि पठाउने जनाएको छ । कोशी प्रदेश मन्त्रिपरिषद्को शनिबार बसेको बैठकले भूकम्प पीडितका लागि १ करोड रुपैयाँका साथै त्रिपाल, कम्बल र म्याट्रेस उपलब्ध गराउने निर्णय गरेको मुख्यमन्त्री केदार कार्कीले बताए । जाजरकोट केन्द्रबिन्दु बनाएर शुक्रबार राति गएको भूकम्पमा परेर पीडित भएकाहरूका लागि तीन प्रकारका सामग्री उपलब्ध गराउने निर्णय भएको सरकारले जनाएको छ । भूकम्प पीडितहरूको सहयोगका लागि कर्णाली प्रदेश सरकारलाई १ करोड रुपैयाँ तथा पीडितहरूका लागि १ हजार थान कम्बल, १ हजार त्रिपाल र १ हजार…

Read More