Author: खबरमञ्च
काठमाडौँ । मलेसियामा लुकेर बसेको विश्वासमा गोर्खा मिडिया नेटवर्कका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राईलाई नेपाल झिकाउन सरकारले कूटनीतिक पत्र पठाएको छ । पोखरास्थित सूर्यदर्शनसहित देशभरका आधा दर्जन बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन गरेको आरोपमा मुद्दा दर्ता भएलगत्तैदेखि उनी फरार छन् । विश्वका प्रहरीहरूको साझा संगठन इन्टरपोलको खोजी सूचीमा रहेका राई मलेसियामा लुकेर बसेको भन्ने आधारमा देश फर्काउन सरकारले कूटनीतिक पहल थालेको हो । नेपाल प्रहरीको अनुरोधमा राईलाई फरार सूचीमा राखेर इन्टरपोलले माघ १२ मा डिफ्युजन र माघ २९ मा रेड कर्नर नोटिस जारी गरिएको थियो । गृह र परराष्ट्र मन्त्रालय स्रोतका अनुसार राईलाई फिर्ता ल्याउन २ सातादेखि प्रक्रिया अघि बढाइएको हो । कूटनीतिक पहलबारे…
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा राजनीतिक स्थायित्व दिन नयाँ गठबन्धनलाई २०८४ सालसम्म लैजाने बताएका छन् । सचिवालय बैठकमा ओलीले कांग्रेससहितका गठबन्धन केही समय अघिदेखि नै टुटाउने प्रयास सफल भएको उल्लेख गर्दै नयाँ गठबन्धनलाई आगामी चार वर्ष टिकाउने तयारीका साथ सरकारमा सहभागी भएको उल्लेख गरे । ‘गठबन्धन सरकारलाई चार वर्ष टिकाउने तयारीका साथ सरकारमा सहभागी भएको छ । हामी सरकारमा मन्त्रालय लिन उदार भएर सहभागी भएका छौं,’ ओलीको भनाइ उद्धृत गर्दै एक पदाधिकारीले भने, ‘हामीले गठबन्धन भत्काउन प्रयास गरिरहेका बेला कांग्रेससित प्रधानमन्त्री प्रचण्डको दूरी बढ्यो । त्यसपछि हामी नयाँ गठबन्धन बनाउन सफल भयौ । हामी मुलुकलाई स्थायित्व दिने अघि बढनुपर्छ ।’
झापा । डिफेन्डिङ च्याम्पियन त्रिभुवन आर्मी क्लब झापा गोल्डकप प्रतियोगिताबाट बाहिरिएको छ । शुक्रबार सम्पन्न पहिलो सेमीफाइनल खेलमा सशस्त्र प्रहरीको एपिएफ एफसीसंग १-० गोल अन्तरले पराजय व्यहोर्दै आर्मी प्रतियोगिताबाट बाहिरिएको हो । बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा भएको प्रतिस्पर्धामा ‘अन-गोल’ लागेको थियो । खेलको ६९ औं मिनेटमा लागेको त्यो गोल निर्णायक हुन पुग्यो । शुक्रबारको जितसँगै एपिएफले कम्तिमा ७ लाख रुपैयाँ पुरस्कार सुरक्षित गरेको छ । पहिलो हाफसम्म खेल बराबरीमा रहे पनि दोस्रो हाफमा दुवै टिमबाट आक्रामक प्रहारहरू भएका थिए । शनिबार दोस्रो सेमीफाइनल खेल घरेलु टिम झापा ११ र चर्च ब्वाइजबीच हुनेछ । प्रतियोगिताको विजेताले १३ लाख रुपैयाँ नगद र…
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले तीन वटै तहका सरकारले महिलाहरुको जीवनस्तरमा सारभूत परिवर्तन हुनेगरी नीति, योजना र कार्यक्रम तय गरी लागू गर्ने विश्वास व्यक्त गरेका छन् । ११४ औं अन्तराष्ट्रिय महिला दिवसको अवसर पारेर महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले शुक्रवार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले सो विश्वास व्यक्त गरेका हुन् । राष्ट्रपति पौडेलले महिलाहरुको जीवनस्तरमा सारभुत परिवर्तन नहुँदासम्म समृद्ध राष्ट्र निर्माणको गन्तव्यमा पुग्न नसकिने भएकाले पनि उनीहरुको उत्थानका लागि सबै तहका सरकारले आवश्यक नीति, योजना तथा कार्यक्रम तय गरी लागू गर्नुपर्ने स्पष्ट पारे । जनसंख्याको आधाभन्दा बढी हिस्सा ओगटेका महिलाहरुको आर्थिक, सामाजिक, राजनीतिक लगायत विकासका विभिन्न आयाममा समान…
काठमाडौँ । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले)ले पुष्पकमल दाहाल नेतृत्वको सरकारमा सहभागी हुन अन्य राजनीतिक दलहरुलाई पनि आग्रह गरेको छ । शुक्रवार बिहान पार्टी मुख्यालय च्यासलमा बसेको पार्टी सचिवालय बैठकले नयाँ सत्ता समिकरणले मुलुक विद्यमान संकटलाई समाधान गर्न अनुकुलता प्रदान गरेको निष्कर्ष निकाल्दै त्यसलाई साथ र समर्थन गर्न अन्य राजनीतिक दलहरुलाई पनि आग्रह गरेको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका महासचिव शंकर पोखरेलले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको ५ राजनीतिक दलहरु सम्मिलित सरकारमा अन्य राजनीतिक दलहरुलाई साथ र समर्थन गर्नका लागि अनुरोध गर्ने निणर्य गरिएको बताए । बैठकले जनतामा रहेको निराशालाई आशामा बदल्ने, मुलुकको राष्ट्रिय हित…
बिराटनगर । कोशी प्रदेश सरकारले पहिचानको आन्दोलनका क्रममा मृत्यु भएका पदम लिम्बू लाजेहाङको परिवारलाई पाँच लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ । बुधवार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले लाजेहाङको परिवार क्षतिपूर्तिस्वरूरुप सो रकम उपलब्ध गराउने निर्णय गरेको हो । यस्तै मन्त्रिपरिषदले आन्दोलनका क्रममा घाइते भएकाहरूको छानबिनका लागि समिति गठन गर्न आन्तरिक मामिला तथा कानून मन्त्रालयलाई जिम्मेवारी दिने निर्णयसमेत गरेको सरकारका प्रवक्ता समशेर राईले बताए । बैठकबाट कात्तिक २६ गते मोरङको उर्लाबारीमा भएको आगलागीमा परी घाइते भएकाहरुरूले झापा र मोरङमा गराएको उपचारको खर्च पनि सरकारले नै व्यहोर्ने निर्णय भएको छ । मन्त्रिपरिषद्ले प्रदेश नियमावली बमोजिम पुस मसान्तपछि निणर्य गरिसक्नुपर्ने…
काठमाडौं । नव नियुक्त अर्थमन्त्री वर्षमान पुनले अर्थमन्त्रीको कार्यभार सम्हालेका छन् । सिंहदरवारस्थित अर्थ मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेका अर्थमन्त्री पुनले शेयर बजारको समस्या समधान गरेर अगाडि बढेको जनाएका छन् । अर्थमन्त्री वर्षमान पुनले शेयर बजारमा ६० लाख भन्दा बढि जनताको लगानी रहेको स्मरण गर्दै शेयरबजारको अन्योलता चिरेर अगाडि बढ्ने प्रतिबद्धता जनाएका छन् । मन्त्री पुनले शेयर बजारमा ६० लाख जनताको लगानी रहेको उल्लेख गर्दै सरकारले शेयर बजारमा चलखेल हुन नदिने बताउँदै शेयर बजारमा तलमाथि गर्ने जस्तो प्रवृत्तिहरु हुन नदिने बताए। अर्थमन्त्रीको पदभार ग्रहण गर्दै देशमा उत्पन्न आर्थिक संकट समाधान गर्ने प्रतिबद्धता जनाएका छन् । पदभार ग्रहण गर्दै नव नियुक्त अर्थमन्त्र…
काठमाडौँ । मुलुक आर्थिक मन्दीका कारण निराशाबाट गुज्रिरहेका बेला पुनर्गठित पुष्पकमल दाहाल नेतृत्वको मन्त्रिमण्डलका नवनियुक्त १९ जना मन्त्रीले थोरै आशालाग्दा र धेरै पूरा हुन नसक्ने बासी निर्णय तथा निर्देशन दोहोर्याएका छन् । गृह तथा उपप्रधानमन्त्री रवि लामिछानेले सरकारी जग्गा हडप्नेलाई कारबाही गरी उक्त जग्गा सरकारकै नाममा फिर्ता ल्याउने पहिलो निर्णय गरे । सोहीअनुरूप देशभरका सरकारी जग्गा फिर्ता ल्याउन निर्देशन पनि दिए । ‘हडपिएका सरकारी जग्गा सरकारी मातहत ल्याउन आदेश दिन चाहन्छु,’ लामिछानेले भने, ‘७७ जिल्लामा सरकारी सम्पत्ति कब्जा गरिएको छ । मेरो पहिलो निर्णय नै, त्यसलाई फिर्ता ल्याउनु हो ।’ एक वर्षअघि गृहमन्त्रीकै कार्यभार ग्रहण गर्दा उनले कञ्चनपुरकी बालिका निर्मला पन्तको घटना छानबिन गरी दोषी…
झापा । डिफेन्डिङ च्याम्पियन त्रिभुवन आर्मी फुटबल क्लब झापामा जारी छैटौँ झापा गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ । यस सिजनको सर्वाधिक सफल क्लब मछिन्द्र फुटबल क्लबमाथि २–१ गोलअन्तरको जित निकाल्दै आर्मीले सेमिफाइनलको यात्रा तय गरेको हो । खेलको ११औँ मिनेटमै मछिन्द्रले अग्रता लिएको थियो । मछिन्द्रका लागि विदेशी खेलाडी स्टेफन बिनोङले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । हिसुब थपलियाको पासमा बिनोङले बललाई गोलपोस्टको दिशा दिएका हुन् । खेलको ६१औँ मिनेटमा आर्मीले खेल बराबरीमा ल्याएको थियो । स्टार स्ट्राइकर नवयुग श्रेष्ठले गोल गर्दै टिमलाई बराबरीको स्थितिमा ल्याएका थिए । ८१औँ मिनेटमा वसन्त जिम्बाले गोल गरेका थिए । पेनाल्टी एरियामा…
काठमाडौँ । नेपाली काँग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाललाई दिएको समर्थन फिर्ता लिएको छ । मंगलवार अपरान्ह पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको पार्टी केन्द्रीय कार्य सम्पादन समितिको बैठकले प्रधानमन्त्री दाहाललाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो । प्रधानमन्त्री दाहाललाई दिएको समर्थन फिर्ता लिने निर्णय केन्द्रीय कार्य सम्पादन समितिको बैठकले गरेको पार्टीका उपसभापति धनराज गुरुङले जानकारी दिए । उनले भने, ‘हामीले पुष्पकमल दाहाललाई जुन समर्थन गरेका थियौं । विश्वासको मत दिएका थियौं । आजको बैठकबाट हामीले गरेको समर्थन फिर्ता लिएका छौं । बैठकमा इलाम र बझाङको चुनावका लागि दल दर्ता गर्ने निणर्य पनि भयो ।’ बैठकले इलाम र बझाङको उपनिर्वाचनका…