Author: खबरमञ्च

झापा । नेपाल-भारत सीमाबाट सशस्र प्रहरीको कुकुरको सहायताले एक लागुपदार्थ कारोबारी पक्राउ परेका छन् । सोमबार साँझ ६ बजेतिर झापा मेनपा ६ स्थित मेचीपुलमा लागुऔषध ब्यूरो झापाबाट प्रहरी नायव निरीक्षक कुमार सोमेश लामिछानेको कमाण्डमा सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म काँकरभिट्टाबाट सशस्त्र प्रहरी बलको कुकुरसहितको संयुक्त रुपमा खटिएको टोलीले ती व्यक्ति समातिएका हुन् । ल्याब्राडोर जोजो नामको ‘ड्रग्स डिटेक्सन’ कुकुरद्वारा चेकजाँच गर्दा भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका धादिङ खन्याबास गा.पा.५ बस्ने वर्ष २० का विनोद तामाङको साथबाट ४३.१५ ग्राम ब्राउनसुगर फेला पारी नियन्त्रणमा लिइएको हो । आवश्यक कारवाहीको लागि तामाङलाई इलाका प्रहरी कार्यालय काँकरभिट्टामा बुझाइएको प्रहरीले जनाएको छ…

Read More

झापा । झापाको मेचीनगरमा एक महिलाले घाँटीमा लगाएको सुनको सिक्री थुतेर भाग्दै गर्दा एक पुरुष पक्राउ परेका छन् । पक्राउ पर्नेमा मेचीनगर नगरपालिका वडा नम्बर १३ तेलीबारी बस्ने ३९ वर्षीय दिवस राजवंशी रहेका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । सोमबार साँझ मेचीनगर नगरपालिका वडा नम्बर १३ श्रीनाथ पेट्रोल पम्पनजिक पूर्व पश्चिम राजमार्गमा पैदल हिँडिरहेकी मेचीनगर नगरपालिका वडा नम्बर १२ सहरेडाँगी बस्ने २१ वर्षीया रचना आङदम्वेको घाँटीमा लगाएको एक तोलाको सुनको सिक्री थुतेर भाग्दै गर्दा राजवंशीलाई फुलवासा खोलाबाट पक्राउ गरिएको हो । अपरिचित व्यक्ति साइकलमा आइ अचानक घाँटीबाट सुनको सिक्री थुतेर फरार भएको खवर प्रहरी चौकी चारआलीमा जानकारी गराउनासाथ तत्काल…

Read More

काठमाडौँ । नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘गणतन्त्र गौरव’ बाट सम्मान गरेको छ । नेकपा एमालेद्वारा आयोजित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थापनाको हिरक महोत्सवको अवसर पारेर प्रधानमन्त्री पुष्पकमल दाहाल, काँग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्रीद्वय झलनाथ खनाल र डा. बाबुराम भट्टराईले संयुक्त रुपमा उनलाई सो सम्मान प्रदान गरेका हुन् । नेकपा एमालेका तत्कालीन उपाध्यक्ष भण्डारीले लोकतन्त्र, गणतन्त्र र ३३ प्रतिशत महिलाहरुको राज्यका हरेक निकायमा प्रतिनिधित्व गर्ने सवालमा नेतृत्वदायी भूमिका निर्वाह गरेको भन्दै एमालेले सो सम्मान गरेको हो । भण्डारीले दुई कार्यकाल नेपालको प्रथम महिला राष्ट्रपतिको भूमिका पनि निर्वाह गरेकी थिइन् । समारोहलाई…

Read More

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले कम्युनिष्टहरुको पुनः वाम एकता हुने संकेत गरेका छन् । सोमवार नेकपा एमालेको पार्टीको केन्द्रीय कार्यालय च्यासलमा भएको नरबहादुर कर्मचार्यको तेस्रो वार्षिक केन्द्रीय सभालाई सम्बोधन गर्दै उनले यस्तो संकेत गरेका हुन् । उनले कम्युनिष्टहरुलाई एकतावद्ध गर्नु नै अबको देशको, गणतन्त्रको, राजनीतिक संघर्षको निम्ति आवश्यकता रहेको मनन गरेर ०७४ सालमा वाम एकता गरेको स्मरण गर्दै राम्रो कामका लागि प्रयास जारी राख्ने बताए । उनले कम्युनिष्टहरुको एकतालाई आम जनताबाट अनुमोदन भएको भन्दै सही कामको निम्ति प्रयास जारी राख्ने बताए ।

Read More

काठमाडौँ । सरकारले कतारका अमिर (राजा) शेख तमिम बिन हमाल अल थानीको नेपाल भ्रमणका क्रममा वैशाख १० गते सार्वजनिक बिदा दिने निणर्य गरेको छ । सोमवार सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले कतारका राजा अमिरले मंगलवारबाट गर्नुहुने नेपाल भ्रमणको अवसरमा सार्वजनिक बिदा दिने निणर्य गरेको हो । सञ्चारकर्मीहरुसँग बैठकका निणर्य सुनाउँदै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेश गर्ने निणर्य गरेको बताइन् । उनले विपद्बाट क्षति भएका तथा जोखिममा रहेका निजी आवास प्रवर्द्धन प्रबलीकरण, पुनःस्थापना तथा पुनः निर्माण गर्न तीन तहको सहलगानी हुनसक्ने…

Read More

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली अस्वस्थ्य भएका छन् । अस्वस्थ्य भएपछि उनी अहिले घरमै आराम गरिरहेका एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । उनका अनुसार अध्यक्ष ओलीलाई रुघाखोकी, टाउको दुख्ने जस्ता समस्या देखिएकोले घरमा आराम गरिरहेका छन् । अध्यक्ष ओली अस्वस्थ्य भएपछि ललितपुर, गोदावरीमा जारी सो पार्टीको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकको अध्यक्षता वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गरेको प्रमुख गौतमले जानकारी दिए ।

Read More

झापा- झापाका विभिन्न १३ वटा सहकारीमा भएको चोरीको घटनामा संलग्न ६ जनालाई नियन्त्रणमा लिइ प्रहरीले चोरी कसुर मुद्दामा म्याद थप गरी अनुसन्धान थालेको छ । जिल्ला प्रहरी कार्यालय झापाले उनीहरुको पहिचान खुलाउँदै चोरीमा संलग्नहरुलाई आइतबार म्याद थप गरी अनुसन्धान सुरु गरेको हो । १३ वटा सहकारीबाट ३० लाख १६ हजार ८७ रुपैयाँ चोरी गर्नेहरु अधिकांश मकवानपुरका नागरिक भएको झापाका प्रहरी प्रवक्ता कृष्णकुमार चन्दले जानकारी दिए । झापासहित मोरङका सहकारीमासमेत चोरीका घटनामा उनीहरूको संलग्नता देखिएको छ । प्रहरीले बैशाख ७ गते इटहरीबाट ६ जनालाई नियन्त्रणमा लिएको थियो । प्रहरीले मकवानपुर इन्द्रसरोवर गाउँपालिका वडा नं. ५ फाखेलका ३० वर्षीय सोमलाल स्याङतान, २१…

Read More

काठमाडौँ । डा. गोविन्द केसीले चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्न सरकारलाई तीन हप्ताको अल्टिमेटम दिएका छन् । शनिवार काठमाडौंको माइतीघरमा प्रदर्शनसहित पत्रकार सम्मेलन गर्दै उनले चिकित्साशिक्षासम्बन्धी जाँचबुझ आयोगले कारबाही सिफारिस गरेकालाई कारबाही गर्न माग गरेका हुन् । यसअघि आफूसँग गरिएका माग पूरा गर्न तीन हप्ताको समय दिएको पनि उनले बताए । उनले आफूले अघि सारेका विषयलाई सम्बोधन गर्न सरकारलाई तीन साताको ‘अल्टिमेटम’ दिँदै तीन हप्ताभित्र नागरिक अधिकारको पुनःस्थापना, सशस्त्र द्वन्द्वकालका पीडितलाई न्याय, पीडकलाई सजाय र कार्की आयोगले दोषी ठहर गरेका व्यक्तिहरुलाई कारबाही गर्न माग गरे । उच्च शिक्षा सम्बन्धी ऐन तत्काल पारित गर्न र सबै सम्झौताहरु कार्यान्वयन नभए…

Read More

काठमाडौँ । नेपाली सेनाले विभिन्न पदका लागि दुई हजार पाँच सय ७४ जना कर्मचारी माग गरेको छ । देशैभरका कार्यालयहरूका लागि आवश्यक रहेका सूचना प्रकाशन गर्दै  नेपाली सेनाको स्वीकृत दरबन्दी भित्र रिक्त रहेका सैन्य तथा विभिन्न ट्रेडका फलोअर्स (ब.का.सि., सूचिकार, सफाइकर्मी, चर्मकर्मी, लोहाकार) पद भर्ना आव्हान गरेको हो ।  नेपाली सेना भर्ना छनौट निर्देशनालयले शुक्रवार गोरखापत्र दैनिकमा सूचना प्रकाशन गर्दे जेठ १२ गतेसम्म दरखास्त दिने अन्तिम मिति तोकेको छ । दरखास्तका लागि कक्षा ८ उर्तिण गरेका महिला तथा पुरुष हुनु पर्ने र १८ वर्ष पुरा भई २२ वर्ष ननाघेको हुनु पर्ने समेत सूचनामा उल्लेख गरेको छ । 

Read More

झापा । झापाको बिर्तामोडमा कारको ठक्करबाट एक बालकको मृत्यु भएको छ । गएराति १०.३० बजेको समयमा बिर्तामोडको मुक्तिचोकमा चारपानेबाट काँकडभिट्टातर्फ जाँदै गरेको प्र.– १००१.००२ च १९० नम्बरको कारले पैदलयात्री मेचीनगर नगरपालिका वडा नं. १२ बस्ने गोपाल रोकाका ११ वर्षीय छोरा सन्तोष रोकालाई ठक्कर दिएको थियो । टाउको र दुबै हात खुट्टामा चोट लागेर गंभीर घाईते भएका बालकलाई उपचारका लागि बीएण्डसी हस्पिटल लगिएकोमा उपचारको क्रममा आज बिहान ३ बजे मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । दुर्घटनापछि कार चालक मेचीनगर नगरपालिका वडा नं. १ बस्ने २६ वर्षीय रोनस परियारलाई इलाका प्रहरी कार्यालय बिर्तामोडले नियन्त्रणमा लिएको छ ।

Read More