झापा । नेपाल-भारत सीमाबाट सशस्र प्रहरीको कुकुरको सहायताले एक लागुपदार्थ कारोबारी पक्राउ परेका छन् ।
सोमबार साँझ ६ बजेतिर झापा मेनपा ६ स्थित मेचीपुलमा लागुऔषध ब्यूरो झापाबाट प्रहरी नायव निरीक्षक कुमार सोमेश लामिछानेको कमाण्डमा सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म काँकरभिट्टाबाट सशस्त्र प्रहरी बलको कुकुरसहितको संयुक्त रुपमा खटिएको टोलीले ती व्यक्ति समातिएका हुन् ।
ल्याब्राडोर जोजो नामको ‘ड्रग्स डिटेक्सन’ कुकुरद्वारा चेकजाँच गर्दा भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका धादिङ खन्याबास गा.पा.५ बस्ने वर्ष २० का विनोद तामाङको साथबाट ४३.१५ ग्राम ब्राउनसुगर फेला पारी नियन्त्रणमा लिइएको हो ।
आवश्यक कारवाहीको लागि तामाङलाई इलाका प्रहरी कार्यालय काँकरभिट्टामा बुझाइएको प्रहरीले जनाएको छ ।
Facebook Comments Box
