Author: खबरमञ्च
झापा । सीमावर्ती झापा गाउँपालिकामा लागुऔषध कारोबारीलाई पक्राउ गर्ने क्रममा प्रहरीले गोली चलाएको छ । आज साँझ ६ बजेको समयमा झापा गाउँपालिका वडा नं. ३ कामाटोली बजारस्थित अक्कलबहादुर विश्वकर्माको घरको तेस्रो तल्लामा लागुऔषध कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापा र लागुऔषध नियन्त्रण ब्युरो काकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले झापा गाउँपालिका वडा नं. ४ खैरबारी बस्ने २५ वर्षीय सरिफुल आलमलाई नियन्त्रणमा लिन खोज्दा उनले आफ्नो साथमा रहेको दाउ र खुकुरीबाट प्रहरीमाथि आक्रमण गर्न खोजेका थिए । प्रतिरक्षास्वरुप प्रहरीले गोली चलाउँदा उनको बाँया खुट्टाको तिघ्रा र पिडुलामा २ राउण्ड गोली लागेको थियो । घाइते भएका मियालाई नियन्त्रणमा लिने…
काठमाडौँ । सर्वोच्च अदालतले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीको नियुक्तिविरुद्ध परेको रिट खारेज गरिदिएको छ । सोमबार सर्वोच्चका न्यायाधीश सपना मल्ल प्रधान र सारंगा सुवेदीको इजलासले निवर्तमान मुख्यमन्त्री तथा कांग्रेस संसदीय दलको नेता सुरेन्द्रराज पाण्डेले दर्ता गरेको रिट खारेज गरिदिएको हो । अधिकारीले सभामुखलाई समेत गणना गरेर मुख्यमन्त्री दाबी पेस गरेका थिए । सोही दाबीका आधारमा अधिकारीलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले चैत १५ मा मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । निवर्तमान मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सो नियुक्ति अवैध भएको जिकिर गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।
काठमाडौं । इलाम–२ उपनिर्वाचनमा नेकपा एमालेको अग्रता कायमै छ । एमालेका उम्मेदवार सुहाङ नेम्वाङले ७ हजार ६७७ मत प्राप्त गरे अग्रता कायमै राखेका हुन् । उनलाई दोस्रो स्थानमा कांग्रेसले पछ्याइरहेको छ । कांग्रेसका उम्मेदवार डम्बर खड्काले ५ हजार ३९५ मत पाए । सुहाङभन्दा खड्का २ हजार २८२ मतले पछि छन् । स्वतन्त्र उमेदवार डकेन्द्रसिंह थेगिमले ४ हजार ५८ मत प्राप्त गरेका छन् । रास्वपाका मिलन लिम्बूले १ हजार १६६५ मत प्राप्त गरेका छन् । अहिले पनि मतगणना जारी रहेको छ ।
इलाम । इलाम–२ अन्तर्गत उपनिर्वाचनको मतगणनामा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता बढाएका छन् । उनले नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्कासँगको अग्रता बढाएका हुन् । सुहाङले ३ हजार २४९ मत पाएका छन् भने खड्काको २ हजार ४६९ मत रहेको छ । त्यस्तै स्वतन्त्र उम्मेदवार डकेन्द्र लिम्बुले ७०३ मत पाउँदा रास्वपाका मिलन लिम्बुले ४३४ मत पाएका छन् ।
काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा उच्च अदालत पाटनमा आइतबार पेसी तोकिए पनि सुनुवाइ भएन । आइतबार लामिछाने संलग्न रहेको बलात्कार सम्बन्धी मुद्दा न्यायाधीशद्वय धीरबहादुर चन्द र चन्द्रमणि ज्ञवालीको संयुक्त इजलासमा पेसी तोकिएको थियो । तर इजलासले उक्त मुद्दालाई ‘हेर्न नभ्याइने’ सूचीमा राखेको हो । काठमाडौँ जिल्ला अदालतले कसुरदार ठहर गरेपछि सन्दीपले उच्च अदालत पाटनमा पुनरावेदन गरेका हुन् ।
इलाम । फाकफोकथुम गाउँपालिका वडा नम्बर १, २, ३ र ४ को गणना सम्पन्न भएको छ। प्राप्त नतिजाअनुसार हालसम्म पछि परेका एमाले उमेदवार सुहाङ नेम्वाङ अघि लागेका छन्। ३ वडामा लिड गरेका कांग्रेस उमेदवार डम्बर खड्का दोस्रो स्थानमा झरेका छन्। सुहाङले ३४६ मतले अघि लागेका छन्। वडा नम्बर ४ मा १७१८ मत झरेको थियो। त्यो मतमध्ये सुहाङलाई ९१२ गएको छ। यहाँ कांग्रेसका खड्काले ५३९ मत पाएका छन्। पहिचानवादी उमेदवार डकेन्द्रसिंह थेगिमले १६३ मत प्राप्त गर्दा रास्वपा उमेदवार मिलन लिम्बुले ७१ मत प्राप्त गरेका छन्। हालसम्म ५ हजार ८६८ मत गणना भएको छ। जसमध्ये पहिलो दल एमालेले २ हजार ५४२ ,…
इलाम । इलाम क्षेत्र नम्बर २ उपनिर्वाचनको जारी मतगणनाको पछिल्लो मतपरिणाम अनुसार नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले अग्रता लिएका छन्। फाकफोकथुम गाउँपालिका वडा नम्बर १ र २ को गणना हुँदा कांग्रेस झिनो मतान्तरले अघि लागेको छ । यी दुई वडामा २ हजार ८३९ मत खसेको थियो । जहाँ कांग्रेसले ८२ मतको अग्रता कायम गरेको छ । प्राप्त तथ्यांक अनुसार यी २ वडामा कांग्रेसले १ हजार १४५ मत प्राप्त गरेको छ । यहाँ कांग्रेस उमेदवार डम्बर खड्का छन् । दोस्रो स्थानमा एमालेका सुहाङ नेम्वाङ छन् । उनले १ हजार ६३ मत पाएका छन् । तेस्रो स्थानमा स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिम रहेका…
इलाम । इलाम निर्वाचन क्षेत्र नम्बर २ को उपनिर्वाचन अन्तर्गत प्रतिनिधि सभा सदस्य छान्न भएको मतदानको समय सकिएको छ । बिहान ७ बजेबाट शुरु भएको मतदान साँझ ५ बजे सकिएको हो । मत खसाल्न आएका मतदाताका अनुसार पहिलाका मतदान जस्तो अहिलेको मतदानमा मतदाताको संख्या धेरै कम भएको प्रतिक्रिया दिएका थिए । ५ बजेसम्म मतदान गर्न नपाएकाहरू ‘पोलिङ एरिया’ भित्र रहेर मतदान गर्नसक्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । साँझ ५ बजेसम्म ५७ प्रतिशत मतदान भएको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार मतदानको समय सकिएसँगै मतपेटिका संकलनका लागि लाहाछाप लगाउने काम भइरहेको छ । मतपेटिकाहरू सोझै इलाम नगरपालिका ७ मा…
इलाम- इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचन अन्तर्गत भएको मतदानमा आफ्नो जित निश्चित भएको नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्बाङले बताएका छन् । बिहान ७ बजेबाट सुरु भएको मतदानको परिणाम आफ्नो पक्षमा आउनेमा आफू विश्वास्त रहेको उनले बताए । इलाम २ मा नेकपा एमालेबाट उम्मेदवार रहेका नेम्वाङले मतदानपछि सञ्चारकर्मीसंग बोल्दै सो कुरा बताएका हुन् । उनले निर्वाचनको परिस्थितिले भावुक बनाएको पनि बताए । उनले निर्वाचनकै लागि आफू डेढ वर्ष पहिला पितासँग आएको स्मरण गर्दै भावुक भएको बताए । घरदैलो कार्यक्रममा मतदाताहरुले देखाएको मायाले जित्नेमा विश्वस्त रहेको उनको भनाइ थियो । इलाम क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा सदस्यका लागि १९ जना…
इलाम । प्रतिनिधि सभा सदस्य छान्नका लागि भइरहेको इलाम २ को उपनिर्वाचन अन्तर्गत मतदान जारी छ । बिहान ७ बजेदेखि चलिरहेको मतदान प्रक्रिया शान्तिपूर्ण रुपमा अघि बढिरहेको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले बताए । एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधनपछि इलाम २ मा उपनिर्वाचन भइरहेको छ । यो निर्वाचनमा ठूलासाना दल र स्वतन्त्र गरी १९ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन् । नेकपा एमालेबाट सुहाङ नेम्बाङ, कांग्रेसबाट डम्बरबहादुर खड्का, राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मी गुरुङ, राष्ट्रिय स्वतन्त्र पार्टीबाट मिलन लिम्बू, स्वतन्त्र उम्मेद्वार डकेन्द्रसिंह लिम्बू थेगिम लगायत चुनावी प्रतिस्पर्धामा रहेका छन् । निर्वाचन आयोगका अनुसार इलाम–२ मा १ लाख १६ हजार ८८९ मतदाता…