इलाम । फाकफोकथुम गाउँपालिका वडा नम्बर १, २, ३ र ४ को गणना सम्पन्न भएको छ।
प्राप्त नतिजाअनुसार हालसम्म पछि परेका एमाले उमेदवार सुहाङ नेम्वाङ अघि लागेका छन्। ३ वडामा लिड गरेका कांग्रेस उमेदवार डम्बर खड्का दोस्रो स्थानमा झरेका छन्। सुहाङले ३४६ मतले अघि लागेका छन्।
वडा नम्बर ४ मा १७१८ मत झरेको थियो। त्यो मतमध्ये सुहाङलाई ९१२ गएको छ। यहाँ कांग्रेसका खड्काले ५३९ मत पाएका छन्। पहिचानवादी उमेदवार डकेन्द्रसिंह थेगिमले १६३ मत प्राप्त गर्दा रास्वपा उमेदवार मिलन लिम्बुले ७१ मत प्राप्त गरेका छन्।
हालसम्म ५ हजार ८६८ मत गणना भएको छ। जसमध्ये पहिलो दल एमालेले २ हजार ५४२ , दोस्रो दल कांग्रेसले २ हजार १९६, स्वतन्त्र उमेदवार थेगिमले ५९३, रास्वपाले ३७९ मत प्राप्त गरेको छ।
Facebook Comments Box
