Author: खबरमञ्च
काठमाडौं । नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले एसीसी प्रिमियर कपमा कतारविरुद्धै एकै ओभरमा ६ छक्का हानेका छन् । दीपेन्द्र नेपालबाट एकै ओभरमा ६ छक्का हान्ने पहिलो नेपाली खेलाडी समेत बनेका हुन् । यसअघि दीपेन्द्रले केही महिनाअघि मंगोलियाविरुद्ध दुई फरक ओभरमा लगातार ६ छक्का हानेका थिए । तर एकै ओभरमा हानेका थिएनन् । दीपेन्द्रले कतारका कमरान खानलाई अन्तिम ओभरमा ६ छक्का हानेका हुन् । दीपेन्द्रले २१ बलमा ३ चौका र ७ छक्कासहित ६४ रन बनाए । नेपालले कतारलाई २११ रनको विशाल लक्ष्य दिएको छ । नेपालले २० ओभरमा ७ विकेट गुमाउँदै २१० रन बनायो ।
काठमाडौँ । ओमानमा जारी एसीसी प्रिमियर कपअन्तर्गत दोस्रो खेलमा नेपालले कतारलाई ३२ रनले पराजित गरेको छ । नेपालको यो प्रतियोगितामा लगातार दोस्रो जित हो । जितसँगै नेपाल ४ अंक बटुल्दै समूह एको शीर्ष स्थानमा उक्लिएको छ । यसअघि शुक्रबार खेलिएको आफ्नो पहिलो खेलमा नेपालले मलेसियालाई पाँच विकेटले हराएको थियो । नेपाल प्रतियोगिताको साविक विजेता पनि हो । नेपालले प्रस्तुत गरेको २ सय ११ रनको लक्ष्य पछ्याउने क्रममा कतारले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ७८ रनमात्र बनाउन सक्यो । कप्तान मोहम्मद तनवीरले ३३ बलमा ६३ रनको शानदार इनिङ्स खेले पनि टोलीलाई जितसम्म डो¥याउन सकेनन् । उनले यसक्रममा ६ चौका…
इलाम । इलाम–२ मा वैशाख १५ गते हुन लागेको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनलाई लक्षित गरी मदिरा बिक्री वितरणमा प्रतिबन्ध गरिएको हो । जिल्ला प्रशासन कार्यालय इलामले यही वैशाख २ गतेदेखि वैशाख १५ पछिको मतगणना नसकुञ्जेलसम्म मदिरा बिक्री–वितरणमा प्रतिबन्ध लगाएको इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । निर्वाचनपूर्व, निर्वाचन र निर्वाचनपछिको समयमा शान्ति–सुरक्षामा असर पर्ने भन्दै मदिराजन्य पदार्थ बिक्री–वितरण एवं सेवन गर्न रोक लगाइएको हो । जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै यदि मदिरा प्रयोग एवं बिक्री वितरण गरेको पाइएमा कानुनअनुसार कारबाही गरिने बताइएको छ । शान्ति सुरक्षालाई मध्यनजर गरेर गरिएको यस कार्यलाई सहयोग गर्न जिल्ला प्रशासन कार्यालय इलामले सम्पूर्णमा…
बुधबारे । बुद्धशान्ति प्रेस क्लबले प्रकाशन गरेको २०८१ सालको भित्तेपात्रोको शनिवार बिमोचन गरिएको छ । बुधबारे पुलचोकमा आयोजित कार्यक्रमकाबीच बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष मनोज प्रसाईंले भित्तेपात्रो बिमोचन गरेका हुन् । बिमोचनपछि कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष प्रसाईंले समाजसम्म पुग्नका लागि प्रेस क्लबले अपनाएको यो विधि प्रशंसनीय भएको बताए । विगतमा लहडका भरमा सञ्चारमाध्यममा समाचार प्रकाशित तथा प्रसारित भएकाले जुनै पनि घटनाको सत्यता बुझ्न पत्रकारहरूलाई उनले आग्रह गरे । गाउँपालिकाले गरेका काममा केन्द्रित रही समाचार लेख्ने पत्रकारहरूलाई पुरस्कृत गर्ने योजना पालिकाले बनाइरहेको उनले बताए । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष भवानीप्रसाद खतिवडा, वडा नं १ का वडाध्यक्ष अनिल वाग्ले, वडा नं ४ का वडाध्यक्ष…
झापा । नेपाल खेलकुद पत्रकार मञ्च जिल्ला समन्वय शाखा झापाले आयोजना गरेको पाँचौँ झापा स्पोर्टस् अवार्डको वर्ष उत्कृष्ट खेलाडी पुरुषमा आइटिएफ तेक्वान्दोका रोशन मगर र महिलामा बक्सिङकी त्रिशा जवेगूले जितेका छन् । उनीहरुले २०७९ मा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा गरेको प्रदर्शनका आधारमा बिहीबार भएको पाँचौँ स्पोर्टस् अवार्डमा वर्ष उत्कृष्ट खेलाडी घोषित गरिएको हो । उनीहरुले नगद एकएक लाख, ट्रफी र गिफ्ट ह्याम्पर हात पारे । त्यस्तै, लाइफ टाइम अचिभमेन्ट अवार्डबाट ओलम्पियन मेनुका राउतलाई सम्मान गरिएको छ । उनलाई नगद ५० हजार, ट्रफी र गिफ्ट ह्याम्परले सम्मान गरिएको हो । उत्कृष्ट खेल पत्रकारिता पुरस्कारबाट रमेश समदर्शीलाई सम्मान गरिएको छ । एनएसजेएफ…
काठमाडौँ । उपनिर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहिता लागू हुने भएको छ। इलाम–२ र बझाङ– १ (क) मा हुन गइरहेको उपनिर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहिता लागू हुन लागेको हो। निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गर्न आचारसंहिता लागू गर्न लागिएको निर्वाचन आयोगले जनाएको छ। निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ तथा निर्वाचन आचार संहिता, २०७९ को दफा एकको उपदफा दुईले दिएको अधिकार प्रयोग गरी इलाम र बझाङ जिल्लाभरमा लागू हुने गरी आजदेखि निर्वाचन सम्पन्न नभएसम्म निर्वाचन आचार संहिता, २०७९ को व्यवस्था लागू गर्ने निर्णय भएको आयोगका सहसचिव एवम् प्रवक्ता शालिग्राम पौडेलले जानकारी दिए। निर्वाचन आचारसंहिता नेपाल सरकार र…
झापा । झापाको दमकस्थित लाइफलाइन अस्पताल नजिक आगलागी हुँदा दुई करोडभन्दा बढीको क्षति भएको छ । प्रहरी कार्यालय झापाका अनुसार अस्पताल नजिक रहेको प्रेमबहादुर धिमालको घरबाट सल्केको आगो अन्य तीन घरमा फैलिँदा उक्त क्षति भएको हो । धिमालको घरबाट सुरु भएको आगो अस्पतालको डाइलिसिस गराउने भवनमा फैलदा अस्पतालका उपकरण र अन्य सामाग्री नष्ट भएका छन् । अस्पतालका अध्यक्ष डा. मुक्तिनाथ भट्टराईले डाइलिसिस मेसिन काम नलाग्ने भएकाले अस्पतालको डाइलिसिस सेवा पूर्ण बन्द भएको बताए । दमक नगरपालिका, कमल गाउँपालिका, पथरीशनिश्चरे नगरपालिका, उर्लाबारी नगरपालिकालगायत स्थानीय निकायका छ वटा वारुण यन्त्र, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयको सहयोगमा आगो निभाइएको थियो ।
काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणमा उजुरी पर्दैमा आफूले पदबाट राजीनामा नदिने बताएका छन् । उपप्रधानमन्त्री लामिछानेले भ्रष्टाचारको उजुरी पर्दैमा राजीनामा दिने हो भने त्यसका सहमति गरेर अघि बढ्न काँग्रेस तयार हुनुपर्ने शर्त समेत राखेका छन् । नेपाली काँग्रेसले सहकारी ठगी प्रकरणमा मुछिएकाले छानविनका लागि संसदीय समिति बन्नुपर्ने भन्दै संसद बैठक अवरुद्ध पारिरहेका बेला उनले भने मंगलवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उजुरी पर्दैमा छानविन गर्ने कुरा संसदीय मूल्य, मान्यता भित्र नपर्ने जिकिर समेत गरे । उपप्रधानमन्त्री लामिछानेले भ्रष्टामुक्त मुलुक बनाउने साँच्चै चाहना हो भने उच्चस्तरीय छानविन समिति बनाएर २०४७ साल यताका…
सुनसरी । सुनसरीको चतरामा मंगलबारबाट बाह्रवर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ मेला शुरु भएको छ । पूर्ण महाकुम्भ मेलाको राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गरेका छन् । कार्यक्रममा सम्बोधन गर्दै राष्ट्रपति पौडेलले कुम्भ मेलाले सबै जातजाति र धर्मलाई एकै सूत्रमा बाँध्ने मात्र नभइ धार्मिक पर्यटन बिस्तारमासमेत टेवा पुग्ने बताए । उनले मेलाले आन्तरिक तथा वाह्य पर्यटक भित्र्याउन सहयोग पुग्ने बताए । उनले मेलाले धार्मिक पर्यटकीय गनतव्यको विकास गर्ने कार्यमा योगदान पुग्ने बताए । राष्ट्रपति पौडेलले भने, ‘आन्तरिक तथा वाह्य पर्यटनको प्रवद्र्धन, विभिन्न जातजाति र धर्म,लिङ्ग र सम्प्रदायका व्यक्तिलाई एकै सूत्रमा बाँध्न सक्ने राष्ट्रियता,राष्ट्रिय एकता, स्वतन्त्रता,सार्वभौमिकताको संरक्षण, संवद्र्धन गर्न सकिने उद्देश्य राखेर आयोजना गरिएको…
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द लिङदेनले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गरेका छन् । मंगलवार काठमाडौंका विभिन्न ठाउँमा व्यवस्था फेर्न दबाबसहितको जनप्रदर्शन गरेको राप्रपाले प्रदर्शनका क्रममा आफ्ना पार्टीका कार्यकर्तामाथि प्रहरीले दमन गरेको भन्दै अध्यक्ष लिङदेनले गृहमन्त्रीको राजीनामा आफ्ना मागहरुमा थपिएको बताए । उनले गृहमन्त्रीले राप्रपाका कार्यकर्ताहरुलाई छानीछानी आक्रमण गर्न लगाएको आरोप लगाए । उनले निषेधित क्षेत्र भन्दा बाहिर प्रदर्शन गर्दा पनि पार्टीका नेता बुद्धिमान तामाङलाई प्रहरीले पक्राउ गरेको बताए । उनले आफूहरुले अब सरकार र गृहमन्त्रीको राजीनामालाई पनि आफ्नो मागहरुमा समावेश गरेको बताए । उनले राप्रपाले शान्तिपूर्ण रुपमा प्रदर्शन गर्ने र निषेधित क्षेत्र संविधान विपरित रहेको…