बुधबारे । बुद्धशान्ति प्रेस क्लबले प्रकाशन गरेको २०८१ सालको भित्तेपात्रोको शनिवार बिमोचन गरिएको छ ।
बुधबारे पुलचोकमा आयोजित कार्यक्रमकाबीच बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष मनोज प्रसाईंले भित्तेपात्रो बिमोचन गरेका हुन् ।
बिमोचनपछि कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष प्रसाईंले समाजसम्म पुग्नका लागि प्रेस क्लबले अपनाएको यो विधि प्रशंसनीय भएको बताए ।
विगतमा लहडका भरमा सञ्चारमाध्यममा समाचार प्रकाशित तथा प्रसारित भएकाले जुनै पनि घटनाको सत्यता बुझ्न पत्रकारहरूलाई उनले आग्रह गरे ।
गाउँपालिकाले गरेका काममा केन्द्रित रही समाचार लेख्ने पत्रकारहरूलाई पुरस्कृत गर्ने योजना पालिकाले बनाइरहेको उनले बताए ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष भवानीप्रसाद खतिवडा, वडा नं १ का वडाध्यक्ष अनिल वाग्ले, वडा नं ४ का वडाध्यक्ष शेरबहादुर राय, वडा नं ७ का वडाध्यक्ष चन्द्र भण्डारीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रम प्रेस क्लबका अध्यक्ष तीर्थराज तिम्सिनाको अध्यक्षतामा सम्पन्न भएको थियो ।
