Author: खबरमञ्च

काठमाडौं । निर्वाचन आयोगले यही वैशाख १५ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा उपनिर्वाचन प्रयोजनका लागि जारी  आचारसंहिताविपरीत सामाजिक सञ्जाल वा सञ्चारमाध्यमको दुरूपयोग गरेमा तत्काल कारबाही प्रक्रिया अघि बढाउने भएको छ । प्रतिनिधिसभाको इलाम क्षेत्र नं २ र बझाङको प्रदेशसभा निर्वाचन क्षेत्र नं (१) मा हुने उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहित र सुरक्षित वातावरणमा सम्पन्न गर्न गत चैत २८ गतेदेखि निर्वाचन सम्पन्न नभएसम्म आचारसंहिता लागू छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जारी गरेको विज्ञप्तिमा आचारसंहितामा अन्य विषयका अतिरिक्त सामाजिक सञ्जालबाट गलत, भ्रामक र द्वेषपूर्ण सूचना प्रकाशन तथा प्रसारण गर्न गराउन नहुने, निर्वाचनलाई प्रतिकूल प्रभाव पार्ने उद्देश्यले कसैले पनि सामाजिक सञ्ञालमा…

Read More

झापा । झापाको मेचीनगरमा दुवै दाह्रा काटिएको अवस्थामा एउटा हात्ती मृत फेला परेको छ । मेचीनगर नगरपालिका– १२ स्थित कालिका सामुदायिक वनभित्र मंगलबार बेलुका साढे ४ बजेको समयमा हात्ती मृत भेटिएको जानकारी प्राप्त भएको डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईले जानकारी दिए । स्थानीयबासीले हात्ती मृत देखेपछि प्रहरीलाई खबर गरेका थिए । त्यसपछि प्रहरी र वन कर्मचारीको टोली घटनास्थल पुगेको थियो । मृत भेटिएको हात्तीको नजिकै अर्को हात्ती रहेकोले प्रहरी र वन टोली नजिकै पुग्न सकिरहेको छैन । मृत हात्तीलाई सुरक्षा दिन प्रहरी र वन कर्मचारी खटाइसकेको उनले बताए ।

Read More

झापा । वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइतलाई ‘श्रीप्रसाद ओली स्मृति राष्ट्रिय–अन्तर्राष्ट्रिय प्रज्ञान पुरस्कार’ प्रदान गरिएको छ ।रूद्र–गौरी, श्री–अम्बिका ओली प्रतिष्ठान झापाद्वारा स्थापित उक्त पुरस्कार मंगलबार एक समारोहकाबीच कोशी प्रदेशप्रमुख परशुराम खापुङले डा. रुइतलाई हस्तान्तरण गरे । पुरस्कारको राशी पाँच लाख रुपैयाँ रहेको छ ।त्यसैगरी यस वर्षको ‘देवी ओली स्मृति राष्ट्रिय बाल पुरस्कार’ झापाका बुद्धशान्ति गाउँपालिका–१ डुम्रीबोटका १७ वर्षीय सबिन बाँस्कोटालाई प्रदान गरिएको छ । उनलाई एक लाख एक हजार एक सय ११ पुरस्कार राशी तथा सम्मानपत्रसहित प्रदेश प्रमुख खापुङले प्रदान गरे ।प्रतिष्ठानका अध्यक्ष गंगाप्रसाद ओलीले मानव हित, सकारात्मक समाजिक विकासमा उल्लेख्य योगदान पुर्याउने व्यक्ति तथा संस्थालाई सम्मान गर्ने उद्देश्यले…

Read More

झापा । बिर्तामोड बसपार्कका होटलहरु लागूऔषधको अखडा बन्दै गएका छन् । होटलहरुमा बेश्यावृत्तिसंगै लागूऔषधको प्रयोग र कारोबार हुने गरेको विभिन्न घटनाहरुले देखाएको छ । यसक्रममा ठूलो मात्रामा लागूऔषधसहित बिर्तामोड बसपार्कका एक होटल कामदार पक्राउ परेका छन् । हिजो दिउँसो २ः३० बजेको समयमा अर्जुनधारा नगरपालिका वडा नं.११ नयाँ बसपार्कस्थित पुरानो माउण्ट मेची होटल एण्ड लजमा प्रतिबन्धित औषधीहरु बिक्री बितरण गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बिर्तामोड र अस्थाई प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले छापा मारेको थियो । उक्त होटलमा पुगी चेकजाँच गर्दा होटलको काउन्टरमा विभिन्न प्रतिबन्धित औषधीहरु फेला परेको थियो । Tramaco–50 mg ३७५० ट्याब्लेट, Spasan लेखिएको ३,७४३…

Read More

काठमाडौँ । नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाली काँग्रेस आक्रोश र पीडाले मनलाग्दी बोलिराखेको आरोप लगाएका छन् । आइतवार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अध्यक्ष ओलीले प्रतिनिधि सभाको चालु अधिवेशन आज रातिदेखि अन्त्य हुनु स्वभाविक भएको बताए । उनले हिउँदे अधिवेशन र बजेट अधिवेशनका बीचमा कम्तिमा १५ दिनको ग्याप राख्नुपर्ने भएकाले बजेट अधिवेशनको तयारी स्वरुप हिउँदे अविधेशनको अन्त्य गर्नुपरेको बताए । उनले हिउँदे अधिवेशन अन्त्यको सन्दर्भमा नेपाली काँग्रेसले आक्रोश र पीडाले मनलाग्दी ‘जे पायो त्यही’ बोलिरहेको बताए । उनले संसद पुराना अनुभवहरु लिएर चल्नुपर्ने भन्दै संसदीय प्रणालीलाई रक्षा गर्नुपर्ने बताए । नेपाली काँग्रेस ढिपी र जिद्दीमा जाने गरेको भन्दै…

Read More

काठमाडौँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संसदको हिउँदे अधिवेशनमा कानून निर्माण र जनसरोकारका मुद्दा मुखरित गर्ने कार्य पर्याप्त नभएको बताएका छन् । सभामुख घिमिरेले आइतवार प्रतिनिधिसभा बैठकमा हिउँदे अधिवेशनमा (तेस्रो अधिवेशन) कानून निर्माण र जनताको मुद्दालाई सम्बोधन गर्ने विषयमा विगतका दुईवटा अधिवेशनभन्दा तुलनात्मक रुपमा उपलब्धिपूर्ण रहेको आफूले ठाने पनि पर्याप्त नभएको स्वीकार गरेका हुन् । उनले राजनीतिक दलहरुबीचको उच्च समझदारी र विवेकपूर्ण निणर्यको आधारमा आगामी अधिवेशनहरु अझै प्रभावकारी र परिणाममुखि हुने विश्वाससमेत व्यक्त गरे । संसद जनताको भावनालाई जनताद्वारा निर्वाचित प्रतिनिधिहरुले अभिव्यक्ति दिने प्रमुख संस्था भएकाले यहाँ आशा र अपेक्षाका साथसाथै असन्तुष्टि र आक्रोश पनि व्यक्त हुने उल्लेख गर्दै…

Read More

काठमाडौँ । प्रतिनिधि सभाको चालु अधिवेशन (तेस्रो अधिवेशन) आइतवार (आज) राति १२ बजेबाट अन्त्य हुने भएको छ । सभामुख देवराज घिमिरेले आइतवार बसेको प्रतिनिधि सभा बैठकले सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द पौडेलले पठाएको पत्र पढेर सुनाउँदै सो अधिवेशनमा अन्त्य हुने औपचारिक जानकारी गराएका हुन् । उनले भने, ‘माननीय सदस्यहरु, प्रतिनिधिसभाको चालु अधिवेशन आज राति १२ बजेबाट स्वतः अन्त्य हुने जानकारी गराउँदै यो बैठक यही स्थगित हुन्छ ।’ चैत्र ३० गते बसेको मन्त्रीपरिषद् बैठकले हिउँदे अधिवेशन अन्त्यका लागि राष्ट्रपतिलाई सिफारिस गर्ने निणर्य गरेको थियो ।

Read More

झापा । झापाको हल्दीबारी गाउँपालिकाका पूर्व उपाध्यक्ष डम्बर गिरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय अनारमनीले गिरीलाई शनिवार साँझ नियन्त्रणमा लिएको हो । उनीविरुद्ध जातीय भेदभाव तथा अपमान सम्बन्धी व्यवहार कसुरमा जोहेरी दर्ता भएको थियो । जिल्ला समन्वय समिति झापाका पूर्व प्रमुख सोमनाथ पोर्तेलले गिरीविरुद्ध इप्रका अनारमनीमा चैत २८ गते जाहेरी दिएका थिए । सोही जोहरीका आधारमा प्रहरीले गिरीलाई बिर्तामोडबाट नियन्त्रणमा लिइएको झापाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए । पूर्व उपाध्यक्ष गिरीले जिसस झापाका पूर्व प्रमुख पोर्तेललाई टेलिफोन संवादमार्फत जातीय तथा अन्य छुवाछूत र भेदभाव (कसुर र सजाय) ऐन २०६८ आकर्षण हुने गरि अभिव्यक्ति…

Read More

झापा । झापाको बिर्तामोडमा एक महिलाको शव फेला परेको छ । बिर्तामोड – ४ अदुवा पुल नजिकै एक महिला मृत अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । मृत भेटिएकी महिला अदुवा पुल उत्तरको एक घरमा बस्दै आएको बताइएको छ । शनिवार राति ९ बजेको समयमा उनको शव भेटिएको र हाल पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

Read More

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विद्यालय जाने उमेरका बालबालिकाहरुलाई पायक पर्ने विद्यालयमा भर्ना गर्न र नियमित रुपमा विद्यालय पठाउन आह्वान गरेका छन्।  विद्यालय भर्ना अभियान सुरु भएको अवसरमा शुभकामना दिँदै उनले आफ्ना बालबालिकालाई पायक पर्ने ठाउँमा भर्ना गराउन अभिभावकलाई आह्वान गरेका हुन्। ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता’ भन्ने सङ्कल्पका आजबाट शैक्षिक सत्र २०८१ को विद्यार्थी भर्ना अभियान शुरु भएको छ। शिक्षा पाउनु हरेक बालबालिकाको संविधानप्रदत्त एवं जन्मसिद्ध मौलिक अधिकार भएको भन्दै प्रधानमन्त्री प्रचण्डले यसलाई कार्यान्वयन गर्नै सबैको दायित्व भएकाे जनाएका छन्। गत शैक्षिक सत्रदेखि नै विद्यालय भर्ना हुने तर पुस्तक नपाएर रित्तो हात फर्किनुपर्ने अवस्थाको अन्त्य गरेको बताउँदै…

Read More