काठमाडौँ । प्रतिनिधि सभाको चालु अधिवेशन (तेस्रो अधिवेशन) आइतवार (आज) राति १२ बजेबाट अन्त्य हुने भएको छ ।
सभामुख देवराज घिमिरेले आइतवार बसेको प्रतिनिधि सभा बैठकले सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द पौडेलले पठाएको पत्र पढेर सुनाउँदै सो अधिवेशनमा अन्त्य हुने औपचारिक जानकारी गराएका हुन् ।
उनले भने, ‘माननीय सदस्यहरु, प्रतिनिधिसभाको चालु अधिवेशन आज राति १२ बजेबाट स्वतः अन्त्य हुने जानकारी गराउँदै यो बैठक यही स्थगित हुन्छ ।’
चैत्र ३० गते बसेको मन्त्रीपरिषद् बैठकले हिउँदे अधिवेशन अन्त्यका लागि राष्ट्रपतिलाई सिफारिस गर्ने निणर्य गरेको थियो ।
Facebook Comments Box
