Author: खबरमञ्च

बिर्तामोड । झापाको बिर्तामोडबाट ब्राउनसुगरसहित एकजना पक्राउ परेका छन् । आज दिउँसो १ बजेको समयमा बिर्तामोड नगरपालिका वडा नम्बर ४ आदर्श ब्यांक्वेट अगाडि उत्तरदक्षिण सडकखण्डमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको टोलीले शंकास्पद लागेर बिर्तामोड ४ बस्ने २५ वर्षीय बिकु राजवंशीको शरीर खानतलासी गर्दा उनले लगाएको पेन्टको दाहिने गोजीबाट शिखर चुरोटको खोलभित्र स–साना पोकामा २ ग्राम २५० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो । उनलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय अनारमनीमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Read More

झापा । भद्रपुरस्थित चन्द्रगढी विमानस्थलबाट २ किलो ५ ग्राम चाँदीसहित एक भारतीय महिला पक्राउ परेकी छन् । भारत उत्तराखण्ड देराजुङकी ३० वर्षीया तेन्जिङ छिरिङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए । प्रहरीका अनुसार शुक्रबार साँझ ६ बजेको समयमा बुद्ध एयरको विमानबाट काठमाडौं जान लागेकी छिरिङको झोला प्रहरीले चेकजाँच गर्दा २ किलो ५ ग्राम चाँदीको दुई थान डल्लो र २८ हजार ५ सय भारतीय रुपैयाँ बरामद गरेको हो । अवैध चाँदीसहित पक्राउ परेकी महिलालाई प्रहरी कार्यालय झापामा राखेर थप अनुसन्धान गरिरहेको डीएसपी चन्दले बताए ।

Read More

काठमाडौँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले मुलुक अहिले संघीयता कार्यान्वयनको बहस र छलफलमा रहेको बताएका छन्। शनिवार महालक्ष्मी नगरपालिका वडा नम्बर १० को नवनिर्मित भवन उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन् । सभामुख घिमिरेले संघीयता मुलुकका लागि उचित छैन भन्नेहरुलाई जवाफ दिनेगरी पछाडि परेको समूदायलाई प्राथमिकता दिने खालको कामहरु मुलुकमा भइरहेको बताए । उनले ललितपुरको महालक्ष्मी नगरपालिका अन्तरगतको वडा नम्बर १० पछि परेको क्षेत्र भए पनि संघीयताका कारण सो क्षेत्रमा पनि प्राथमिकताका साथ विकास, निर्माणको कामले गति लिन सम्भव भएको स्पष्ट पारे । सभामुख घिमिरेले सघीयताले गरिवी, भौतिक पूर्वाधारको कमी र जनचेतनाको पनि कमी भएको ठाउँमा प्राथमिकताका साथ…

Read More

सिन्ह्वा । अफगानिस्तानको उत्तरी बाघलान र तखार प्रान्तमा शुक्रवार आएको आँधी र बाढीका कारण कम्तीमा ७० जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् । बाघलानमा, प्राकृतिक दुर्घटना गोजरगाह–ए–नूर, जेलगाह, नहरिन, बगलान–ए–मरकाजी र बरका जिल्लाहरू, साथै प्रान्तीय राजधानी पुल–ए–खुमरी, प्रकोप व्यवस्थापन प्राधिकरणका प्रान्तीय निर्देशक हेदायतुल्लाह हमदर्दले बताए । विदेशी सञ्चारमाध्यमहरुले संयुक्त राष्ट्रसंघको आप्रवासनका लागि अन्तर्राष्ट्रिय संगठनलाई उद्धृत गर्दै बगलानमा २ सय भन्दा बढी व्यक्तिको मृत्यु भएको र हजारौं घरहरू ध्वस्त वा क्षति पुगेको बताएको छ । तखार प्रान्तको नामक अब, इश्कामिश, फरखार र काफगान जिल्लाहरूमा पनि आँधी र बाढीले २० जनाको ज्यान गएको र १४ जना घाइते भएको तखारको प्रकोप व्यवस्थापन…

Read More

काठमाडौँ । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली काँग्रेसले प्रधानमन्त्री बन्न गरेको प्रस्ताव अस्वीकार गरेपछि उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगीको आरोप लगाएको बताएका छन्। पार्टीको काठमाडौँ महानगरपालिका कमिटीले शनिवार आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । अध्यक्ष ओलीले सहकारी ठगीको आरोप लगाए पनि त्यसको खण्डन संसदमा गर्न उपप्रधानमन्त्री लामिछानेलाई नदिएको जिकिर पनि गरे । उनले आफूले प्रधानमन्त्री बन्न गरेको प्रस्ताव नमान्दा उपप्रधानमन्त्री लामिछाने कसरी सहकारीको भ्रष्टाचारी भयो ? भनि प्रश्न समेत गरे । उनले काँग्रेसले सत्ता स्वार्थको लागि उपप्रधानमन्त्री लामिछानेले सहकारीमा ठगी गरेको भन्दै हिँडेको पनि बताए…

Read More

काठमाडौँ । नेपाल प्रहरीले अवैध बाटोबाट अमेरिका तथा क्यानडा पठाइदिने प्रलोभन देखाइ ५ करोड ५० लाख ठगी गर्ने गिरोहलाई पक्राउ गरी सार्वजनिक गरेको छ । शुक्रवार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पत्रकार सम्मेलन गरी उक्त गिरोहलाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा वर्ष ४७ का सिन्धुपाल्चोक जिल्ला भोटेकोशी गाउँपालिका २ का टासी शेर्पा, जिल्ला सिन्धुपाल्चोककै वर्ष ४२ का साविक कर्थली गा.वि.स. १ का ङिमबुटी शेर्पा र जिल्ला सिन्धुपाल्चोककै जुगल गाउँपालिका १ की वर्ष १९ वर्षीया निमा शेर्पा रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराईले जानकारी दिए । उनका अनुसार सम्पर्कमा आएका १० जनाबाट उक्त गिरोहले…

Read More

काठमाडौँ । नेकपा (एकीकृत समावादी) की सचिव रामकुमारी झाँक्रीले अहिलेको राजनीतिले संघीयता बचाउन नसक्ने बताएकी छिन्। बिहीवार काठमाडौंमा नेपाली काँग्रेसका नेता स्व. प्रदीप गिरीको स्मृति सभामा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन्। उनले संघीयता सबलीकरणका लागि शासकीय स्वरुप वा निर्वाचन प्रणाली फेर्न जरुरी रहेको बताइन्। उनले शासकीय स्वरुप र निर्वाचन प्रणाली नफेरिकन कतै नपुगिने दाबी गरिन्। उनले संघीयताले पूणर्ता पाउने कुरामा आफू विश्वस्त नरहेको भन्दै संघीयता कहिलेसम्म हो भन्नेकुरामा शंका रहेको बताइन् । स्थानीय तहलाई जवाफदेही बनाउन आवश्यक रहेको पनि उनले बताइन्। उनले समानुपातिक र प्रत्यक्ष निर्वाचित गरी २७५ जना सांसद चुनिसकेपछि राष्ट्रिय सभामा फेरि ५९ जना किन चाहियो…

Read More

काठमाडौँ । राष्ट्रिय सभामा नेपाली काँग्रेसका संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि सहकारी प्रकरणमा संसदीय छानबिन समिति बनाएर छानबिन नभएसम्म दुवै सदनको बैठक सञ्चालन गर्न नदिने बताएका छन्। शुक्रवार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले पार्टीको शुक्रबार बसेको संसदीय दलको बैठकले समेत संसदीय छानबिन समिति नबनेसम्म दुवै सदनको बैठक अघि बढ्न नदिने निणर्य गरेको बताए । संसदीय छानबिन समिति बनाउनु हुँदैन भन्ने अडानमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने नै बाधक बनिरहेको उनले जिकिर गरे। महान्यायाधिवक्ताले इतिहासमै नभएको सरकारका मन्त्रीलाई क्लिन चिट दिने काम गरेको भन्दै उनले आपत्ति प्रकट गरे।

Read More

काठमाडौँ । नेपाली काँग्रेसले प्रतिनिधि सभा बैठक अवरुद्ध पारेको छ । बजेट अधिवेशनको प्रारम्भिक दिनमा नै नेपाली काँग्रेसले उठेर बैठक अवरुद्ध पारेको हो । नेपाली काँग्रेसले सहकारी ठगी प्रकरणमा उपप्र्र्र्र्र्र्र्र्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको संलग्नता रहेको जिकिर गर्दै संसदीय छानविन समिति गठन गर्न माग गर्दै आएको छ ।

Read More

झापा । कोशी प्रदेशका मुख्यमन्त्रीमा एमाले प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त भएका छन् । प्रदेश प्रमुख परशुराम खापुङले कार्कीलाई ५२ जना सांसदको हस्ताक्षर सनाखत भएसँगै मुख्यमन्त्रीमा बिहीबार नियुक्त गर्ने निर्णय गरेका हुन् । आजै शपथ ग्रहण गर्ने कार्यक्रम रहेको छ । नेपालको संविधानको धारा १६८ (५) बमोजिम कोशी प्रदेश सरकार गठन प्रयोजनका लागि प्रदेशसभा सदस्य संख्याको बहुमत सदस्यहरुको समर्थन रहेको दाबीसहित सरकार गठन गर्ने सन्दर्भमा भएको आह्वान अनुसार सरकार गठनका लागि दाबी पेस गरिएको कार्कीले जानकारी दिए । कार्की झापा निर्वाचन क्षेत्र नं ५ (क)बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् । यसअघि कोशी प्रदेशसभाले वर्तमान मुख्यमन्त्री केदार कार्कीको…

Read More