Author: खबरमञ्च
काठमाडौँ । मेडिकल व्यवासायी दुर्गा प्रसाईंका निजी सुरक्षागार्डलाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ। मंगलबार न्यायाधीश नहकुल सुवेदी र सुनीलकुमार पोखरेलको संयुक्त इजलासले हतियारसहित पक्राउ परेका प्रसाईंका दुई जना निजी सुरक्षा गार्डलाई रिहा गर्न आदेश दिएको हो। प्रसाईंको सुरक्षामा खटिएका दीपक खड्का र रामकुमार धिताललाई प्रहरीले चैत ५ गते सर्वोच्च अदालतमा हतियारसहित प्रवेश गर्न खोज्दा पक्राउ गरेको थियो। उनीहरु दुई जनाको तर्फबाट सर्वोच्चमा परेको बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै न्यायाधीशद्वय सुवेदी र पोखरेलको इजलासले खड्का र धिताललाई थुनामा राख्नु गैरकानुनी हुने ठहर गरेको हो।
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफू भन्दा माथिका नेताहरुलाई अपमान गर्नेगरी स्ट्याटस नलेख्न निर्देशन दिएका छन् । मंगलवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा आयोजित वागमती प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो निर्देशन दिएका छन् । उनले पार्टीका नेता/कार्यकर्ताहरुले आफू भन्दा माथिका नेताहरुलाई लक्षित गरी तथानाम स्ट्याटस लेखेको भन्दै गलत स्ट्याटसहरु कारबाहीको दायरामा आउने चेतावनी दिए । उनले जथाभावी रुपमा पार्टीका आन्तरिक कुराहरु र नेताहरुलाई विपक्ष बनाएर स्ट्याटस नेलख्न सचेत गराए । उनले कुनै विमति भए पार्टी भित्रका कमिटीमा छलफल गर्न सकिने बताए । उनले आफूले लेखेको स्ट्याटसको जिम्मेवारी लिनसक्ने गरी मात्रै स्ट्याट्स लेख्न आग्रह गरे…
काठमाडौँ । ललितपुरको ढोलाहिटीमा होलीको दिन ग्याङ फाइट हुँदा दुई जनाको हत्या गरेको आरोपी होटल सञ्चालकसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलवार ललितपुर प्रहरीले पत्रकारसम्मेलन गरी पक्राउ पर्ने चार जनालाई सार्वजनिक गरेको हो । ललितपुर महानगरपालिका वडा नम्बर २६ ढोलाहिटीस्थित डिप्रस्पाइन रेष्टुरेण्टमा आइतवार राति ग्याङ फाइट हुँदा पाँचथर घर भइ खुमलटार बस्ने पुजन राई र धरान घर भइ ढोलाहिटी बस्ने रोवश राईको मृत्यु भएको थियो । पत्रकार सम्मेलनमा बोल्दै जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शेखर खनालले ढोलाहिटीमा ग्याङ फाइट हुँदा दुई जनाको हत्या आरोपमा होटल सञ्चालकसहित चार जनालाई पक्राउ गरिएको बताए । घटनामा संलग्न…
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली राजनीतिमा छट्टुहरु हाबी हुने थालेको टिप्पणी गरेका छन् । मंगलवार काठमाडौंमा आयोजित ‘नेपालको लोकतान्त्रिक आन्दोलन र नविन्द्रराज जोशी’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका छन् । रास्वपा नेताहरुप्रति लक्षित गर्दै महामन्त्री थापाले मुलुकमा छट्टुहरु राजनीतिमा आउने र ‘लटरपटर’ पार्ने काम शुरु गरेको आरोप समेत लगाए । उनले मुलुकलाई छट्टु भन्दा पनि गति र मति दुवै भएको नेताहरु जरुरी रहेको बताए । झुक्याउने खालको छट्टुहरु नेपाली राजनीतिले नचाहेको महामन्त्री थापाको भनाइ थियो । उनले भने, ‘राजनीतिमा छट्टुहरु हाबी हुन थाले । छट्टुहरु त आउँछ, लटरपटर पार्छ । झुक्याउँछ…
काठमाडौं । सर्वोच्च अदालतले झापाको बिर्तामोडस्थित बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश दिएको छ । यो कलेज मेडिकल व्यवसायी दुर्गा कलेजले सञ्चालनमा ल्याएका हुन् । न्यायाधीशहरू डा. कुमार चुडाँल तथा सारङ्गा सुवेदीको इजलासले प्रकृया पुरयाएको भए बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश जारी गरेको हो । यो आदेशसंगै अब प्रसाईंलाई मेडिकल कलेज सञ्चालन गर्ने बाटो खुला भएको छ । सर्वोच्च अदालतले रिट निवेदककै पक्षमा रिट जारी गरेकाले अब दुर्गा प्रसाईँको लगानीमा रहेको झापाको बी एण्ड सी मेडिकल कलेजले एमबीबीएस अध्यापन गराउन पाउने बाटो खुलेको छ । मेडिकल शिक्षा अध्यापनका लागि सरकारबाट एलओआई पाएर संरचना निर्माण गरे पनि सरकारले अनुमति नदिएको…
झापा- होली मनाएर पौडी खेल्न जाँदा कनकाई नहरमा डुबेर एक किशोरको मृत्यु भएको छ । झापाको शिवसताक्षी ११ स्थित कनकाई नहरमा पौडी खेल्न जाँदा डुबेर शिवसताक्षी ११ श्रृष्टि टोल बस्ने १५ वर्षीय रविन श्रेष्ठको मृत्यु भएको हो । उनी सोमबार दिउँसो साढे २ बजेतिर साथीहरुसंग पौडी खेल्न गएका थिए । अरुले पनि पौडी खेलिरहेका ठाउँमा रविन पनि पौडी खेल्न गएको र नहरमा पस्नेबित्तिकै उनलाई बगाएको इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक अनिश बुढाथोकीले बताए । नहरले बगाई सोही वडाको साईफनस्थित नहरमा रहेको फलाममा अड्की लाश पानीमा डुबिरहेको अबस्थामा स्थानीयबासीले देखेर प्रहरीलाई जानकारी गराएका थिए । किशोरको लाशलाई पोस्टमार्टमको लागि प्रादेशिक…
झापा । होली पर्वमा अवाञ्छित गतिविधि गर्ने ६ जना झापामा पक्राउ परेका छन् । होली मनाउनेक्रममा अवाञ्छित गतिविधि गर्ने ६ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । त्यस्तै ३५८ वटा सवारीसाधनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक ढुण्डीराज गिरीले बताए । उनका अनुसार दुई पाङ्ग्रे सवारी साधन ३४७ र तीन पाङ्ग्रे १० वटा र चार पाङ्ग्रे एउटा नियन्त्रणमा लिइएको हो । मादक पदार्थ सेवन गरेर सवारी चलाउने, तीन जना मोटरसाइकलमा सवार हुने, हेल्मेटबिना मोटरसाइकल चलाउनेलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
पाटन । ललितपुर महानगरपालिका–२६ ढोलाहिटीमा गए राति दुईजनाको हत्या भएको छ । राति नौ बजेको समयमा दुई समूहबीच झडप हुँदा दुईजनाको ज्यान गएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता, प्रहरी उपरीक्षक नरेशराज सुवेदी जानकारी दिए । “राति ११ बजे पाटन अस्पतालमा घाइतेलाई ल्याएपछि प्रहरीलाई जानकारी भयो । तत्कालै घटनास्थलमा खटिएर केही व्यक्तिलाई नियन्त्रणमा लिएर सोधपुछ गर्ने काम भइरहेको छ । घटनाको कारण खुल्न सकेको छैन”, उनले भने । मृत्यु हुनेमा सुनसरी जिल्लाको धरान घर भइ हाल ढोलहिटी बस्ने २८ वर्षीय रोवस राई र पाँचथर जिल्ला घर भई हाल खुमलटार बस्ने ३० वर्षीय पुजन राई रहेको प्रवक्ता सुवेदीले बताए । शव पाटन…
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका– १४ साउनेका तीन बालबालिका सुनकोशी नदीमा बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार हिजो होली खेलेर नुहाउन नदीमा जाँदा त्रियुगा –१४ साउनेका ११ वर्षीया रेखा मगर, ८ वर्षीय लोकबहादुर मगर र ७ वर्षीय रिदम मगर बेपत्ता भएका हुन् । उनीहरु हिजो दिउँसो होली खेलेर सुनकोशी नदीमा नुहाउनेक्रममा बेपत्ता भएका हुन । पाँचजना बालबालिका सुनकोशीमा पौडी खेल्न प्रवेश गरे पनि दुईजना चाहिँ निक्लन सफल भएका थिए । सुनकोशीमा बेपत्ता भएका बालबालिकाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
काठमाडौँ । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले नेपाली काँग्रेसले राजनीतिक प्रतिशोधले ग्रस्त भएर उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गरेको आरोप लगाएका छन् । आइतवार पार्टी मुख्यालय च्यासलमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले उपप्रधानमन्त्री लामिछानेको राजीनामा मागेर सदन अवरुद्ध पार्ने नेपाली काँग्रेसको कामलाई एमालेले जिम्मेवार राजनीतिक दलको कदमको रुपमा लिन नसक्ने पनि बताए । उपमहासचिव ज्ञवालीले कुनै औपचारिक निकायमा प्रमाणसहित उजुरी दर्ता भएमा भने एमाले पनि उपप्रधानमन्त्री लामिछानेको राजीनामाको पक्षमा उभिने बताउँदै विना प्रमाण त्यसै राजीनामा माग्न नमिल्ने बताए । उनले आफैँले प्रधानमन्त्री प्रस्ताव गरेको व्यक्तिलाई गृहमन्त्रीको निम्ति अयोग्य भन्नु राजनीतिक प्रतिशोधबाहेक अरु…