झापा । होली पर्वमा अवाञ्छित गतिविधि गर्ने ६ जना झापामा पक्राउ परेका छन् ।
होली मनाउनेक्रममा अवाञ्छित गतिविधि गर्ने ६ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
त्यस्तै ३५८ वटा सवारीसाधनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक ढुण्डीराज गिरीले बताए ।
उनका अनुसार दुई पाङ्ग्रे सवारी साधन ३४७ र तीन पाङ्ग्रे १० वटा र चार पाङ्ग्रे एउटा नियन्त्रणमा लिइएको हो ।
मादक पदार्थ सेवन गरेर सवारी चलाउने, तीन जना मोटरसाइकलमा सवार हुने, हेल्मेटबिना मोटरसाइकल चलाउनेलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
Facebook Comments Box
