Author: खबरमञ्च
काठमाडौँ । सर्वोच्च अदालतमा पहिलो पटक अनलाइन मुद्दा दर्ता प्रणाली र पेसीको सूचना स्वचालित रुपमा पठाउने प्रणालीको शुभारम्भ भएको छ । मंगलवार सर्वोच्च अदालतमा एक कार्यक्रमबीच प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले अनलाइन रिट निवेदन दर्ता गर्ने प्रणालीको शुभारम्भ गरेका हुन् । शुभारम्भ कार्यक्रममा बोल्दै उनले नेपालमा पहिलो पटक अनलाइन रिट निवेदन दर्ता गर्ने प्रणाली शुभारम्भ भएको बताए । उनले न्यायालय, मुद्दाका पक्ष, कानून व्यवसायी लगायत सबैका लागि सहज हुने विश्वास व्यक्त गरे । उनले छिटो छरितो न्याय सम्पादन हुने, अदालत आइरहनु नपर्ने र नेपालका जुनसुकै ठाउँबाट पनि दर्ता गर्नसक्ने कुरामा यसले सहज बनाउने बताए । उनले आजबाटै पेशी तारिकको जानकारी दिने प्रणाली…
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले सरकारले ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम परम्परागत भएको टिप्पणी गरेका छन्। उनले यसले राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रका सहकारी लगायतका मुद्दालाई समेत सम्बोधन गर्न नसकेकाले यसले कुनै नयाँ उत्साह भर्न नसकेको बताए । मंगलवार सरकारको नीति तथा कार्यक्रम प्रश्तुत भएलगत्तै प्रमुख सचेतक लेखकले सञ्चारकर्मीमाझ कुनै नयाँ कुरा, कुनै नयाँ उत्साह भर्न नसकेको बताए । उनले सहकारी ठगीलाई कारबाही गर्ने, देशको संकुचनमा रहेको आर्थिक अवस्थालाई उकास्ने तथा रुसी सेनामा रहेका नेपालीहरुलाई फिर्ता गर्ने लगायतका विषयमा पनि नीति तथा कार्यक्रममा केही उल्लेख नभएको भन्दै असन्तुष्टि व्यक्त गरे । प्रमुख सचेतक…
काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सरकारले ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा धेरै नयाँ कुराहरु आएको बताएका छन्। मंगलवार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै गृहमन्त्री लामिछानेले नीति तथा कार्यक्रममा धेरै नयाँ कुराहरु आएको बताएका हुन् । उनले सबै मन्त्रालयले नयाँ कुराहरु लिएर आएको भन्दै गृह मन्त्रालय अन्तर्गत प्रहरी कर्मचारीको निवृत्तिको समयलाई पुनरावलोकन गर्ने र बढुवा अनुमानयोग्य बनाउने कुरा नयाँ भएको बताए । उनले खुला कारागारको कुरा पनि नयाँ भएको बताए । गृहमन्त्री लामिछानेले नीति तथा कार्याक्रम कार्यान्वयनमा गएपछि मात्रै थप भन्न सकिने प्रतिक्रिया दिए । उनले भने – ‘नयाँ कयौँ कुरा आएका छन् । शिक्षा,…
काठमाडौँ । सरकारले आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा पेश गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम संसदमा पेश गर्नुभएको हो। नीति तथा कार्यक्रममा सरकारले वित्त तथा मौद्रिक नीतिको समान्जश्य कार्यान्वयनबाट अर्थतन्त्रमा क्रमश सुधार आएको बताएको छ । राष्ट्रपति पौडेलले वित्त र मौद्रिक नीति कार्यान्वयनमा समानजश्यताले अर्थतन्त्रमा सुधार भएको बताउनु भयो । उहाँले अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको आर्थिक वृद्धिदरमा सुधार भएको बताउनु भयो । उहाँले मूल्यवृद्धिदर पनि घटेको बताउनु भयो। उहाँले कानूनहरुमा सुधारगरी लगानीको वातावरणमा सुधार गरिएको बताउनु भयो । सरकारले आर्थिक वर्ष २०८१/०८२ को दशकलाई कृषिमा लगानी दशक…
काठमाडौँ । सरकारको नीति तथा कार्यक्रम मन्त्रिपरिषद्बाट पारित भएको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकको बैठकले नीति तथा कार्यक्रम पारित गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्। “राष्ट्रपतिले आज संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्ने नीति कार्यक्रम मन्त्रिपरिषद् बैठकले पारित गरेको छ। यसका साथै बैठकले आर्थिक वर्ष अगावै १६औँ पञ्चवर्षीय योजना परिमार्जनसहित पारित गर्ने निर्णय पनि गरेको छ,” उनले भनिन्। राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबाट संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची छ।
काठमाडौँ । नेपाली कांग्रेसले राष्ट्रपति रामचन्द्र पौडेललाई सरकारको नीति तथा कार्यक्रम संघीय संसदमा प्रस्तुत गर्न दिने भएको छ । मंगलबार सिंहदरबारमा बसिरहेको कांग्रेस संसदीय दलको बैठकमा राष्ट्रपतिलाई नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने विषयमा मोटामोटी सहमति भएको बताइएको छ। ती नेताका अनुसार नीति तथा कार्यक्रम प्रस्तुत भएपछि भने आफूहरूको माग पूरा नभएसम्म अवरोध कायमै राख्नेगरी छलफल भएको एक नेताले बताए । कांग्रेसले सहकारी ठगीको विषयमा संसदीय छानबिन समिति गठन हुनुपर्ने माग गर्दै आएको छ । यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार बिहान नेपाली कांग्रेसका नेताहरूसँगको छलफलमा नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिन आग्रह गरेका थिए । यस्तै प्रचण्डले कांग्रेसको माग…
काठमाडौँ । नेपाली कांग्रेसको संसदीय दलको बैठक सुरु भएको छ । सिंहदरबारस्थित दलको कार्यालयमा बसेको बैठकले आज सरकारले ल्याउन लागेको नीति तथा कार्यक्रम र संसद् बैठकबारे रणनीति तय गर्ने भएको छ । सहकारी ठगीमा संसदीय छानबिन समितिको माग गर्दै आएको कांग्रेसले हिजो प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफलका लागि बैठक स्थगित गरेको थियो । सहकारीको बचत अपचलनमा गृहमन्त्री लामिछानेको संलग्नता रहेको भन्दै छानबिनका निम्ति संसदीय समिति गठन नभएसम्म सदन चल्न नदिने अडानमा रहेको छ ।
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने वा नदिने भन्नेबारे संसदीय दलको बैठकपछि निर्णय गर्ने भएको छ । मंगलवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहालसँगको भेटपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै काँग्रेस प्रमुख सचेतक रमेश लेखकले संसदीय दलको बैठक बसेर मात्रै निर्णयमा पुग्ने बताए । काँग्रेससँग प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गर्ने आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा बिरोध नगर्न र सहकारीको समस्या समाधानका लागि सकारात्मक रुपमा आफू लागिपरेको बताएको प्रमुख सचेतक लेखकले जानकारी दिए । उनले प्रधानमन्त्रीको आग्रहबारे संसदीय दलको बैठकले निर्णय लिने बताए । छलफलका लागि प्रधानमन्त्री…
काठमाडौँ । संघीय संसदअन्तर्गत आज संयुक्त बैठक बस्दैछ । संयुक्त सदनको बैठक दिउँसो ३ बजे शुरु हुनेछ । आजको बैठकमा सरकारको तर्फबाट राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८१÷०८२ को नीति तथा कार्यक्रम प्रस्तुत हुँदैछ । नीति तथा कार्यक्रममाथिको छलफल भने दुवै सदनमा छुट्टाछुट्टै हुनेछ । प्रतिनिधि सभामा जेठको ३,४,६,७,८ र ९ गते हुनेछ भने राष्ट्रिय सभामा जेठ ३,४ र ६ गते हुनेछ । साथै साँझ साढे ५ बजे राष्ट्रिय सभा र ६ बजे प्रतिनिधि सभाको बैठक पनि बोलाइएको छ ।
झापा । सिकाइ उपलब्धि सुधारका लागि विषयगत शिक्षकहरुको प्रथम नगर स्तरीय भेला बिर्तामोडमा सम्पन्न भएको छ । बिर्तामोड नगरपालिकाको आयोजनामा देवी माध्यमिक विद्यालयमा आयोजित भेलामा विभिन्न विषयगत नगरसमिति गठनसंगै सिकाई उपलव्धि सुधारका लागि गरिएको प्रतिवद्दता पत्रमा हस्ताक्षर गरी समापन गरिएको हो । २१ बुँदै प्रतिवद्दता पत्रमा नगर प्रमुख पवित्रा महतारा प्रसाई, उप प्रमुख नगेन्द्र प्रसाद संग्रौला, शिक्षा शाखा प्रमुख उपसचिव तिलचन भण्डारी लगायत भेलामा सहभागी सामुदायिक तथा संस्थागत विद्यालयका शिक्षकहरुले हस्ताक्षर गरेका छन् । भेलाले नेपाली, अंग्रेजी, विज्ञान, गणित र सामाजिक विषयको नगरस्तरिय ७ सदस्यीय सञ्जाल गठन गरेको हो । जसको संयोजकमा नेपाली विषयतर्फ साङ्गवेद संस्कृत माध्यमिक विद्यालयका शिक्षक झलक…