Author: खबरमञ्च
झापा । झापाको बिर्तामोड र अर्जुनधारामा रहेको गिरीबन्धु टि इस्टेटको जग्गासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले २०६० सालमा बिक्री भएको ५१ बिघा जग्गा हदबन्दी प्रयोजनका लागि गणना गर्नू भनी आदेश दिएपछि राजनीतिक बृत्तमा आरोपप्रत्यारोप सुरु भएको छ। कमिशन खाएर गिरीबन्धु टि इस्टेटको ५१ बिघा जग्गा सट्टापट्टा गरी बिक्री गर्न दिएको भन्दै प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूबीच आरोपप्रत्यारोप सुरु भएको हो। २०६० सालमा सूर्यबहादुर थापा प्रधानमन्त्री भएको बेला मन्त्रिस्तरीय बैठकको निर्णयबाट गिरीबन्धुको ५१ बिघा जग्गा सट्टापट्टा भएको थियो। राजमार्गदेखि उत्तरपट्टि रहेको चियाबगान फाडेर आवासीय क्षेत्र बनाइएको थियो। सट्टापट्टाका लागि नरेश वर्मालगायतले कानुनी प्रक्रियाहरु पूरा गर्न सहयोग गरेका थिए। चियाबगान मासेर खाली बनाइएको जग्गा…
झापा । पाथीभरा केबलकार परियोजनाविरुद्ध आह्वान गरिएको बन्दका कारण बिहीबार पनि मेची राजमार्गमा यातायात सेवा प्रभावित भएको छ। फाट्टफुट्ट चलेका सवारीसाधनलाई प्रहरीले स्कर्टिङ गरिरहेको छ। बिहीबार झापाको बर्नेमा टायर बालेर आन्दोलनकारीले सडक अवरुद्ध पार्ने कोशिस गरेका थिए। बुधबार र बिहीबार मेची राजमार्ग, तमोर करिडोर तथा ताप्लेजुङमा यातायात बन्द आह्वान गरिएको हो। पाथीभरा केबलकार परियोजनाविरुद्ध संघर्षरत रहेको समूहले यातायात बन्द आह्वान गरेको हो। ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा पाथीभरा (मुक्कुमलुङ) दर्शन केबलकार प्रालिले परियोजना सञ्चालन गर्न लागेपछि उक्त परियोजनाविरुद्ध स्थानीयबासीले समूह नै बनाएका छन्। बन्दका कारण ताप्लेजुङभित्र सञ्चालन हुने यातायात सेवा पनि प्रभावित भएको छ।
काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेले नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय स्तरमा अझै माथि पुर्याउने विश्वास व्यक्त गरेका छन्। उच्च अदालत पाटनबाट बलात्कारको मुद्दामा सफाइ पाएपछि बुधवार पत्रकार सम्मेलनका क्रममा क्रिकेटर लामिछानेले यसअघि नेपाललाई जहाँ पुर्याएको थियो, त्यो भन्दा पनि माथि पुर्याउन प्रयास गर्ने प्रतिक्रिया दिएका हुन्। गौशाला २६ ले आफूमाथि बलात्कार भएको भन्दै लगाएको मुद्दामा काठमाडौं जिल्ला अदालतले दोषी ठहर गरेको थियो। सोहीविरुद्ध सन्दीप उच्च अदालत गएका थिए। बुधवार उच्च अदालतले काठमाडौंको फैसला बदर गरेको हो। त्यससँगै पत्रकार सम्मेलनमा सन्दीपले यो मुद्दा खेपेको साढे एक वर्षभन्दा बढी समय भएको र आरोप लागेको पहिलो दिनदेखि नै आफू निर्दोष रहेको बताउँदै आएकोसमेत बताए। उनले…
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा गरेको छ । क्यानले पाटन उच्च अदालतको फैसला बमोजिम सन्दीपमाथिको निलम्बन फुकुवा गरेको अध्यक्ष चतुर बहादुर चन्दले जानकारी दिएका हुन् । पाटन उच्च अदालतले आजै सन्दीपलाई बलात्कार मुद्धामा सफाई दिएको थियो ।
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाएका छन् । उच्च अदालत पाटनका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासले काठमाडौँ जिल्ला अदालतको फैसला उल्ट्याउँदै उनलाई सफाइ दिने फैसला गरेको हो । गौशाल–२६ ले आफूमाथि काठमाडौँको एक होटेलको ३०५ नम्बर कोठामा लगेर पटक–पटक बलात्कार गरेको भन्दै गत २०७९ भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन्। सो जाहेरीपछि जिल्ला सरकारी वकिल कार्यालयमार्फत काठमाडौँ जिल्ला अदालतमा दायर भएको मुद्दामा अदालतले सन्दीपलाई दोषी ठहर गर्दै ८ वर्ष जेल सजाय सुनाएको थियो । लामिछाने त्यसविरुद्ध उच्च अदालत पुगेकामा उनले सफाइ पाएका हुन् । ‘…निज प्रतिवादीलाई मुलुकी अपराध संहिता २०७४ को २१९…
काठमाडौँ । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले काँग्रेसले गिरीबन्धु टि—स्टेटको जमिन कमिसनमा बेच्न दिएको आरोप लगाएका छन्। सरकारमा रहँदा ओलीले टि—स्टेटको जग्गामा नीतिगत भ्रष्टाचार गरेको आरोप काँग्रेसले लगाइरहेका बेला उनले सो आरोप लगाएका हुन् । बुधवार पार्टी संसदीय दलको बैठकमा बोल्दै अध्यक्ष ओलीले काँग्रेस नेतृत्वको तत्कालिन सरकारले १९ विगाहा र ५१ विगाहा टि स्टेटको जमिन कमिसन खाएर बेच्न लगाएको आरोप लगाउँदै छानविन गर्नुपर्ने माग समेत गरे । उनले काँग्रेसले गरेका बद्मासीबारे एमाले चुप लागेर बस्ने पक्षमा नरहेको पनि बताए । ओलीले तत्काल संसद बैठक सुचारु गराउन पनि काँग्रेसलाई दबाब दिए । काँग्रेसले गरिमामय…
झापा । पाथीभरा केबलकार परियोजनाविरुद्ध आज र भोलि मेची राजमार्ग, तमोर करिडोर तथा ताप्लेजुङमा यातायात बन्द आह्वान गरिएको छ। बन्दका कारण मेची राजमार्गलगायत बन्द आह्वान गरिएको क्षेत्रमा यातायात सेवा प्रभावित भएको छ। पाथीभरा केबलकार परियोजनाविरुद्ध सङ्घर्षरत रहेको समूहले यातायात बन्द आह्वान गरेको हो। ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा पाथीभरा (मुक्कुमलुङ) दर्शन केबलकार प्रालिले परियोजना सञ्चालन गर्न लागेपछि उक्त परियोजनाविरुद्ध स्थानीयबासीले समूहनै बनाएका छन्। बन्दका कारण ताप्लेजुङभित्र सञ्चालन हुने यातायात सेवा पनि प्रभावित भएको छ।
झापा । झापाको दमकबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगरसहित चारजना पक्राउ परेका छन्। गए राति अन्दाजी १० बजेको समयमा दमक नगरपालिका वडा नम्बर २ स्थित हिमालय माध्यमिक विद्यालयनजिक बाटोमा लागुऔषध बिक्री गरिरहेको विशेष सूचना पाएपछि प्रहरी टोली त्यहाँ पुगेको थियो। प्रहरीले दमक २ बस्ने बर्ष ४३ का नेत्र थापा, सोही ठाउँ बस्ने बर्ष २६ का भेषबहादुर भुजेल, बर्ष १९ का किरण थापा र वडा नं.५ बस्ने बर्ष २६ का प्रकाश लिम्बूले बोकेको स–सानो प्लाष्टिकको पोकामा ३० पोका ब्राउनसुगर भेट्टाएको थियो। त्यसलाई डिजिटल तराजुमा तौल गर्दा प्लास्टिकसहित ७ ग्राम ५१० मिलिग्राम ब्राउनसुगर फेला परेकोले उनीहरुलाई तत्काल नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी…
काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुने भएको छ । उच्च अदालत पाटनमा जारी बहस नसकिएपछि मंगलबार हेर्दाहेर्दैमा राखिएको थियो । न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासमा बहस भइरहेको हो । न्यायाधीशद्वयले यो मुद्दामा हिजो बहस सक्नुपर्ने भन्दै वरिष्ठ अधिवक्ताहरूलाई समेत बहसमा समय निर्धारण गर्दै कडाइ गरे पनि बहस पूरा हुन सकेन । बहस नसिकएपछि हेर्दाहेर्दै आजका लागि पेशी राखिएको हो। हिजो सरकारका तर्फबाट रत्नकेशरी महर्जन र प्रकाश घिमिरेले बहस गरेका थिए । उनीहरूपछि लामिछानेका कानुन व्यवसायीहरूले बहस गरे । लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ता शम्भु थापा, रमण श्रेष्ठ,कृष्ण सापकोटा, मुरारी सापकोटा, सरोजकृष्ण घिमिरे, रामनारायण विडारी र…
काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा दिनभरिको सुनवाइपछि न्यायाधीशले मुद्दालाई हेर्दाहेर्दैमा राखेका छन् । बहस नसकिएको भन्दै मुद्दालाई हेर्दाहेर्दैमा राखिएको हो । भोलि यही इजलासमा मुद्दाको सुनवाइले निरन्तरता पाउने छ । फैसला भोलि नै आउन सक्छ । न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासमा मुद्दाको सुनवाइ भएको हो । आजै बहस सकेर फैसला गर्ने तयारी रहे पनि न्यायाधीसद्वयले मुद्दालाई हेर्दाहेर्दैमा राखे ।