झापा । झापाको दमकबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगरसहित चारजना पक्राउ परेका छन्।
गए राति अन्दाजी १० बजेको समयमा दमक नगरपालिका वडा नम्बर २ स्थित हिमालय माध्यमिक विद्यालयनजिक बाटोमा लागुऔषध बिक्री गरिरहेको विशेष सूचना पाएपछि प्रहरी टोली त्यहाँ पुगेको थियो।
प्रहरीले दमक २ बस्ने बर्ष ४३ का नेत्र थापा, सोही ठाउँ बस्ने बर्ष २६ का भेषबहादुर भुजेल, बर्ष १९ का किरण थापा र वडा नं.५ बस्ने बर्ष २६ का प्रकाश लिम्बूले बोकेको स–सानो प्लाष्टिकको पोकामा ३० पोका ब्राउनसुगर भेट्टाएको थियो।
त्यसलाई डिजिटल तराजुमा तौल गर्दा प्लास्टिकसहित ७ ग्राम ५१० मिलिग्राम ब्राउनसुगर फेला परेकोले उनीहरुलाई तत्काल नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
Facebook Comments Box
