Author: खबरमञ्च
काठमाडौँ । नेपाल प्रहरीले अवैध लागुऔषध कोकिन २ केजी ६५४ ग्रामसहित ३ जना कोकिनका अन्तर्राष्ट्रिय कारोबारीलाई पक्राउ गरी सार्वजनिक गरेको छ । बिहीवार नेपाल प्रहरकिो लागुऔषध नियन्त्रण ब्युरोले काठमाडौंका विभिन्न स्थानबाट २ किलो ६५४ ग्राम अवैध लागुऔषध कोकिनसहित तीन जना महिलालाई पक्राउ गरी सार्वजनिक गरेको हो । पक्राउ गरिएका सबै अन्तर्राष्ट्रिय गिरोहका सदस्य भएको प्रहरीले बताएको छ । पत्रकार सम्मेलनमा बोल्दै लागुऔषध नियन्त्रण ब्युरोका प्रहरी वरिष्ठ उपरीक्षक गाविन्द थपलियाले पक्राउ पर्नेमा युगाण्डाकी ४४ वर्षीया केभिना मुगाला, युगाण्डाकै लिलियान सुसन वानयाङजी र भारतीय नागरिक ३३ वर्षी दिवा जनी पल रहेको बताए । उनका अनुसार केभिनाले निलेका ९० वटा कोकिनका क्याप्सुल नेपाल…
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले जननेता मदनकुमार भण्डारी र जीवराज आश्रितको हत्या गरेर नदीमा फालिएको बताएका छन्। बिहीवार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा ३१ औं मदन—आश्रित स्मृति दिवसलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले मदन भण्डारीको शव सग्लो हुनु, नदीमा खसेर मरेको व्यक्तिको फोक्सोमा पानी जमेको नहुनुले पनि भण्डारीलाई मारेर पछि नदीमा दुर्घटनाका रुपमा फालिएको दाबी गरे । उनले मदन—आश्रितको मृत्यु दुर्घटनाबाट नभइ निर्ममतापूर्वक गरिएको हत्या भएको बताए । उनले दुवै नेताको षड्यन्त्रपूर्वक हत्या भएको भन्दै ३० वर्ष होस् की सय वर्ष हत्या, हत्या नै हुने बताए । नेता खनालले मदन भण्डारी र…
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) पार्टीले सहकारीको रकम हिनामिना प्रकरणमा संसदीय छानबिन समिति बनाउन माग गरेको छ । बुधवार सम्पन्न केन्द्रिय कमिटीको बैठकका निणर्य बिहीवार सुनाउँदै पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले पार्टीले सहकारीको रकम हिनामिना प्रकरणमा संसदीय छानबिन समिति बनाउन माग गरेको बताएका हुन् । उनले कतिपय सहकारी संस्थाले अधिकारको दुरूपयोग गरी सर्वसाधारण जनताको वचत अपचलन गरेर ठूलो धनरासी दुरूपयोग गरी आर्थिक तथा वित्तिय अपराध गरेको दुःखद् घटनाहरू सार्वजनिक भइरहेको बताए । उनले समस्या समाधानको लागि छानविन समिति गठन गरी दोषिमाथि कडा कारबाही गर्न माग गरिएको बताए । बैठकले मुलुकका विभिन्न स्थानमा लागेको डढेलो र आगलागीमा परी घाइतेहरूको निःशुल्क उपचार र…
काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शेखर कोईरालाले कुनै राजनीतिक दलको धम्कीले काँग्रेस नडराउने बताएका छन्। बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले कुनैपनि राजनीतिक दलले नेपाली काँग्रेसलाई धम्क्याउन नसक्ने बताए । उनले राजाको धम्कीबाट काँग्रेस नडराएको भन्दै अहिले कुनैपनि राजनीतिक दलको धम्कीबाट नडराउने बताए । बुधवार एक कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेप्रति आरोप लगाउँदा हेक्का राख्न भन्दै नेपाली काँग्रेसलक्षित चेतावनी दिएका थिए । सोही विषयलाई लिएर नेता कोइरालाले काँग्रेस कुनै पनि राजनीतिक दलको धम्कीबाट नडराउने बताएका हुन् । उनले देशको राजनीतिक परिस्थिति जटिल अवस्थामा गइरहेको बताए। उनले उपप्रधान एवं गृहमन्त्री…
काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गिरिबन्धु टि—स्टेटको जग्गा बिक्री नेपाली काँग्रेसको पालामा नभएको बताएका छन्। बिहीवार काठमाडौंमा आयोजित प्रजातान्त्रिक विचार समाजको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। अदालतले फैसला गरेपछि गिरिबन्धु टिस्टेटको निणर्य काँग्रेसको पालामा भएको कुरा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भनेको कुरा बाहिर आएको भन्दै उनले आफ्नो पालामा भएको निणर्यलाई हो भन्न किन आपत्ति ? भन्दै प्रश्न गरे। उहाँले गलत कुरा केपी ओली सरहको नेताले भन्न नसुहाउने बताए। उनले भने, ‘अहिले यो नेपालको राजनीतिमा ओलीजीले बोलेको भनेर बाहिर आएको छ। अदालतले फैसला गरेपछि गिरिबन्धु टिस्टेटको निणर्य काँग्रेसको पालामा भएको भनेर। आफूले निणर्य…
झापा । इलामबाट चोरी तस्करी गरी माईखोलामा बगाएर ल्याउँदै गरेको काठ शिवसताक्षीको दोमुखामा बरामद भएको छ । आज बिहान अन्दाजी २.३० बजेको समयमा शिवसताक्षी नगरपालिका वडा नम्बर १० दोमुखास्थित माईखोलामा इलामबाट काठ चोरी तस्करी गरी ल्याइरहेको भन्ने खबर प्राप्त हुनसाथ इलाका प्रहरी कार्यालय झिलझिले , चुलाचुली सब डिभिजन वन कार्यालय ईलाम र माई सुखानी सब डिभिजन वन कार्यालय ईलामबाट खटिएका वनरक्षक तथा गैंडे सामुदायिक वन उपभोक्ता समिति माईधारको संयुक्त टोलीले अन्दाजी ६० हजार मूल्य बराबरको सखुवा जातको २०.२२ क्युबिक फिट फेन्टा बरामद गरेको थियो । तस्करहरुले काठ चोरी गरी गरी ल्याउँदै गरेको थाहा पाएपछि इलाका प्रहरी कार्यालय झिलझिलेबाट प्रहरी टोली…
झापा । आज जननेता मदन भण्डारी र जीवराज आश्रितको ३१ औं स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । मदन—आश्रितलाई नेकपा एमालेसहितका कम्युनिष्ट पार्टीहरुले विभिन्न कार्यक्रमहरु गरी स्मरण गर्दैछन् । तत्कालीन नेकपा (एमाले) का महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २०५० साल जेठ ३ गते चितवनको दासढुंगामा भएको जिप दुर्घटनामा निधन भएको थियो । सोही दिनको स्मरणमा नेकपा (एमाले)ले हरेक वर्ष जेठ ३ गते विविध कार्यक्रम गर्दै आएको छ । मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद ‘जबज’ को सिद्धान्त नेपालको कम्युनिष्ट आन्दोलनमा पृथक मानिन्छ । मदन–आश्रितको सम्झनामा नेकपा एमालेले हरेक वर्ष विभिन्न कार्यक्रम गर्दै आएको छ…
पाल्पा । बोलेरो जिप दुर्घटनामा परी एक जना बालकसहित २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा निस्दी गाउँपालिका-४ का ६ वर्षीय राजीव सुनारी र सोही वडाका २० वर्षीय तेजन सोमै छन् । प्रहरीका अनुसार बुधबार बेलुका नवलपुर जिल्लाको अरूणखोलाबाट पाल्पाको निस्दी गाउँपालिका-४ तर्फ आउँदै गरेको लु १ ज ३३२४ नम्बरको जिप दुर्घटना भएको थियो । घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको छ । जिपका चालकसहित अन्य १० जनाको अवस्था भने सामान्य छ । उनीहरुको उपचारका क्रममा गएराति मृत्यु भएको हो । दुर्घटनामा १३ जना घाइते भएका छन् । बुधबार बेलुका नवलपुर जिल्लाको अरूणखोलाबाट पाल्पाको निस्दी गाउँपालिका-४ तर्फ आउँदै गरेको…
काठमाडौँ । गृहमन्त्री रवि लामिछानेद्वारा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका विभिन्न क्षेत्रको अनुगमन गरेका छन् । आज बिहान उनले प्रस्थान, आगमन कक्ष, बोर्डिङ काउन्टर, अध्यागमन काउन्टर, स्टेपलाइज क्षेत्र, अध्यागमन र प्रहरीका कार्यालय, भन्सार जाँचपास, लगेज व्यवस्थापनलगायत क्षेत्रको अनुगमन गरेका हुन् । सो क्रममा मन्त्री लामिछानेले आगमन र प्रस्थान कक्षको सौन्दर्यकरणमा पनि ध्यान दिन निर्देशन दिए । उनले विमानस्थललाई उच्चतम प्रविधिमैत्री बनाउनु पर्नेमा जोड दिँदै त्यसतर्फ ध्यान दिइने पनि बताए । मन्त्री लामिछानेले यात्रुले गर्दै आएका गुनासो, सुरक्षा संवेदनशीलता, अध्यागमनलाई थप प्रविधिमैत्री बनाउन गर्नुपर्ने काम र अध्यागमनका कर्मचारीको ड्युडी रोष्टर प्रणालीबारे विशेष चासो व्यक्त गरेका थिए । गृहमन्त्री लामिछानेलाई विमानस्थल सुरक्षाका अधिकारी, विमानस्थल…
झापा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगम सञ्चालक समितिको बैठकले गए राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर रु सात र डिजेल तथा मट्टीतेलमा प्रतिलिटर रु पाँच घटाएको हो। मूल्य घटेसँगै पेट्रोल पहिलो वर्गका लागि प्रटिलिटर एक सय ६८ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि रु एक सय ७० र तेस्रो वर्गका लागि रु एक सय ७१ कायम भएको छ। डिजेल र मट्टितेल भने पहिलो, दोस्रो र तेस्रो वर्गका लागि प्रतिलिटर क्रमशः एक सय ५१ रुपैयाँ ५० पैसा, एक सय ५३ रुपैयाँ र एक सय ५४ रुपैयाँ पुगेको छ। निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी,…