काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गिरिबन्धु टि—स्टेटको जग्गा बिक्री नेपाली काँग्रेसको पालामा नभएको बताएका छन्।
बिहीवार काठमाडौंमा आयोजित प्रजातान्त्रिक विचार समाजको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
अदालतले फैसला गरेपछि गिरिबन्धु टिस्टेटको निणर्य काँग्रेसको पालामा भएको कुरा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भनेको कुरा बाहिर आएको भन्दै उनले आफ्नो पालामा भएको निणर्यलाई हो भन्न किन आपत्ति ? भन्दै प्रश्न गरे।
उहाँले गलत कुरा केपी ओली सरहको नेताले भन्न नसुहाउने बताए।
उनले भने, ‘अहिले यो नेपालको राजनीतिमा ओलीजीले बोलेको भनेर बाहिर आएको छ। अदालतले फैसला गरेपछि गिरिबन्धु टिस्टेटको निणर्य काँग्रेसको पालामा भएको भनेर। आफूले निणर्य गर्नुहुन्छ, काँग्रेसलाई भन्नुहुन्छ। कहिले, कसको पालोमा भयो, के भयो भनिदिए भइहाल्यो नि। त्यसकारण यस्तो कुरा उहाँ जस्तो नेताले भन्न सुहाउँदैन, आफूले गरेको कुरा गरेको हो भन्न के आपत्ति छ। अदालतले उहाँलाई भनेको छ, उहाँ के भन्नुहुन्छ भने काँग्रेसको पालामा भएको छ। काँग्रेसको पालामा गिरिजाबाबु र म हो हाम्रो पालामा भएकै छैन। यस्तो कुरा उहाँले बोल्नुभयो, उहाँ जस्तो नेताले यस्तो बोल्नु हुँदैन थियो।’
केपी ओली सरहको नेताले नभएको आरोप लगाउन नहुने उनले बताए।
