Author: खबरमञ्च
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सांसदले विदेशीलाई सूचना बेच्छन् भन्ने संसदमा बोलेको अभिव्यक्ति संसद रेकर्डबाट हटाउन माग गरेका छन्। बिहीवार नेपाल विद्यार्थी संघ झापा—काठमाडौं सम्पर्क मञ्चको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । महामन्त्री शर्माले उपप्रधान एवं गृहमन्त्री लामिछानेले संसदको बैठकमा सांसदले विदेशीलाई सूचना बेच्छन् भन्ने अभिव्यक्ति संसदमा दिएको भन्दै उक्त अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग गरे । उनले गृहमन्त्रीले संसदमा गएर त्यस प्रकारको अभिव्यक्ति दिन नमिल्ने बताए । उनले सभामुख देवराज घिमिरे गृहमन्त्रीको उक्त अभिव्यक्तिप्रति सहमत हो ? भन्दै प्रश्न गरे । सहमति नभए संसदको रेकर्डबाट गृहमन्त्रीको उक्त अभिव्यक्ति हटाउन आग्रह गर्दै…
झापा । इलामको रोङ गाउँपालिकाले यस बर्षदेखि नृत्य, गायन तथा कविता विधामा प्रतिभाको खोजी कार्यक्रम सञ्चालन गर्ने भएको छ। इलाम र झापाको सीमाना जोर कलशमा बिहीबार पत्रकार भेटघाट कार्यक्रम आयोजना गरेर प्रतिभाको खोजी कार्यक्रमबारे जानकारी दिइएको हो। प्रतिभाको खोजी कार्यक्रमका लागि गाउँपालिकाले कानून नै निर्माण गरेर निर्देशक समितिसमेत बनाइसकेको छ। गाउँपालिका क्षेत्रका विविध विधाका प्रतिभाशाली व्यक्तिहरूको खोजी गर्नका लागि प्रतिभाको खोजी कार्यक्रम सञ्चालन गर्न लागिरहेको गाउँपालिकाकी उपाध्यक्ष विष्णुमाया भुजेलले जानकारी दिइन्। कविता विधामा सबै उमेरसमूहका व्यक्तिहरूले प्रतिस्पर्धा गर्न पाउनेछन्। नृत्य र गायन विधामा भने ५ बर्षदेखि ५० बर्षसम्मका व्यक्तिहरूले भाग लिन पाउने निर्देशक समितिले जनाएको छ। तिनवटै विधाका प्रतिभा छनोट…
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले गणतन्त्रमा बद्मासी गर्नेलाई कारबाही हुन्छ भन्ने भाष्य स्थापित भएको बताएकी छिन् । बिहीवार राष्ट्रिय समाचार समितिले गणतन्त्र दिवस २०८१ का अवसरमा आयोजना गरेको ‘गणतन्त्रका उपलब्धिः समृद्धिका लागि पूर्वाधार’ तस्वीर प्रदर्शनीमा बाल्दै मन्त्री शर्माले यस्तो बताएकी हुन् । उनले पुष्पकमल दाहाल नेतृत्वको सरकारको डेढ वर्षको अवधिमा गणतन्त्रिक व्यवस्थामा बद्मासी गर्नेलाई कारबाही हुन्छ भन्ने भाष्य स्थापित भएको बताइन् । उनले सरकार बन्ने बेलामा वर्तमान व्यवस्था नै खराब हो र गणतन्त्रबाट केही भएको छैन भन्ने भाष्य स्थापित हुन खोजेको अवस्था रहेको भन्दै अहिले त्यस्तो अवस्था नरहेको बताइन् । अहिले जतिसुकै ठूलो पदीय हैसियतमा भएपनि गल्ती…
काठमाडौँ । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले सम्पदाको निर्माण पुरातन शैलीमा नै गर्नुपर्ने बताएका छन्। बिहीवार काठमाडौंको थायमरुस्थित रत्नकेतु महाबिहार पुनःनिर्माण उद्घाटन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । मेयर साहले काठमाडौं उपत्यकामा सम्पदाहरुको पुनः निर्माण गर्दा पुरानो शैलीलाई नै महत्व दिएर बनाउनुपर्नेमा जोड दिए । उनले पुरानो शैलीमा सम्पदाहरुको पुनः निर्माण गर्दा व्यापार व्यवसाय घट्ने नभइ झनै बढेर जाने बताए । उनले सभ्यता बढेपछि व्यापार र जीवनशैली बढ्ने बताए । उनले महानगरपाकिला भित्रका सम्पदा पुनःनिर्माणका लागि महानगर जहिल्यै सहयोग गर्न तयार रहेको बताए । उनले भने, ‘महाबिहार बनाउँदा वडाध्यक्षहरुलाई के हुँदो रहेछ भन्ने सबै बजेट एकैपटक माग्दाखेरी आउँदैन की…
काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका प्रमुख सचेतक रमेश लेखक पार्टीको केन्द्रीय कार्यसम्पादन समिति सदस्यमा मनोनीत भएका छन्। सभापति शेरबहादुर देउवाले पार्टीको विधान २०१७ को धारा २३ को उपधारा २ अनुसार लेखकलाई कार्यसम्पादन समिति सदस्य पदमा मनोनीत गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। सभापति देउवाले लेखकलाई कार्यसम्पादन समिति सदस्य मनोनीत गरेकोमा बुधबार सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले अनुमोदनसमेत गरेको छ। विधानअनुसार सभापतिले केन्द्रीय कार्यसमितिका सदस्यमध्येबाट समावेशी सिद्धान्त समेतलाई ध्यानमा राखेर कार्यसम्पादन समितिमा ३१ जना मनोनीत गर्न पाउने व्यवस्था छ।
झापा । झापामा लागुऔषधसहित तीनजना पक्राउ परेका छन् । हिजो दिउँसो ४ बजे बिर्तामोड नगरपालिका–५ सुकुमबासी टोलमा लागुऔषधको कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा अस्थाई प्रहरी पोष्ट नयाँ बसपार्कबाट खटिएको प्रहरी टोलीले बिर्तामोड–५ का ३६ बर्षीय कृष्ण ठाकुर र सुनसरी दुहवी घर भई हाल बिर्तामोड–४ मा बस्दै आएका ४२ बर्षीय खड्गनारायण चौधरीलाई चेकजाँच गर्दा उनीहरुको साथबाट ७ ग्राम ५१० मिलिग्राम ब्राउनसुगर, २५४ ग्राम गाँजा र नगद २ हजार ६७० रुपैयाँ फेला परेको थियो । त्यस्तै हिजो नै प्रहरी चौकी मेचीपारीबाट भद्रपुर नगरपालिका–३ मा खटिएको प्रहरी टोलीले मे. ४ प १६९६ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा मोटरसाइकल चालक भद्रपुर–२ का २८ बर्षीय…
काठमाडौं । नेपाली चर्चित क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले भीसा दिन अस्वीकार गरेको छ । सन्दीपले सामाजिक सञ्जालमार्फत अमेरिकाले आफूलाई भीसा दिन अस्वीकार गरेको जानकारी दिएका हुन् । उनले अमेरिकी दूताबासले सन २०१९ मा जे गरे अहिले पनि त्यही गरेको बताएका छन् । उनले लेखेका छन्, ‘अमेरिकी दूतावासले २०१९ मा जे गरे, त्यही गरे, उनीहरूले अमेरिका र वेस्ट इन्डिजमा भइरहेको टी–२० विश्वकपको लागि मेरो भीसा अस्वीकार गर्यो। दुर्भाग्य। नेपाल क्रिकेटका सम्पूर्ण शुभेच्छुकहरुमा माफी चाहन्छु ।’ उनलाई सन २०१९ मा सुरुमा भीसा दिन अस्वीकार गरेको भए पनि सामाजिक सञ्जालमा चिर्चा भएपछि दिउँसै बोलाएर भिसा दिएको थियो । अमेरिका र वेष्ट इन्डिजमा हुन…
काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई तीन दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ। धनुषा जिल्ला अदालतका न्यायाधीश चुरामन खड्काको इजलासले तीन दिन हिरासतमा राख्न अनुमति दिएको हो। मंगलबारदेखि लागु हुनेगरी सिरोहियालाई हिरासतमा राख्न अनुमति दिएको अदालतका तहसिलदार पुष्पराज तिमल्सिनाले जानकारी दिए । सिरोहियालाई प्रहरीले मंगलबार काठमाडौंको थापाथलीस्थित कान्तिपुरको कार्यालयबाट पक्राउ गरेको थियो। उनलाई प्रहरीले पक्राउ गरी गएराति नै धनुषा पुर्याएको थियो। नागरिकता सम्बन्धी कसुरमा प्रहरीले उनलाई पक्राउ गरेको थियो।
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले शुक्रवार काठमाडौं केन्द्रित बिरोध प्रदर्शन गर्ने भएको छ । बुधवार पार्टी केन्द्रिय कार्यालय सानेपामा बसेको पार्टीको केन्द्रीय समिति र संसदीय दलको बैठकले सो निर्णय गरेको काँग्रेस नेता नैनसिंह महरले बताए । उनले शुक्रवार काँग्रेसको नेतृत्वमा काठमाडौं केन्द्रित संघर्ष गर्ने र सहकारीको विषयमा पीडित केन्द्रित आन्दोलन गर्ने निर्णय भएको बताए । उनले पार्टीलाई स्थानीय स्तरसम्म लैजान विभिन्न कार्यक्रमहरु गर्ने निर्णय भएको बताए । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि काँग्रेसको नेतृत्व गर्नेहरुबाट पार्टीलाई ठिक ठाउँमा पुर्याउन नसकेको उनले जिकिर गरे । उनले भने, ‘शुक्रवार काँग्रेसको नेतृत्वमा काठमाडौं केन्द्रित संघर्ष गर्ने र सहकारीको…
जलवायु परिवर्तनले समुदायमा पारेको प्रभाव न्यूनीकरणका लागि तत्काल कदम चाल्नुपर्छ: प्रधानमन्त्री दाहाल
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले जलवायु परिवर्तनका कारण पर्वतीय समुदायमा पारेको प्रभाव न्यूनीकरणका लागि तत्काल कदम चाल्नुपर्ने बताएका छन्। बुधवार काठमडौंमा आयोजित ‘हिमाल, जनता तथा जलवायु परिवर्तन’ विषयक अन्तर्राष्ट्रिय विज्ञ संवादलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले पर्वतीय समुदाय र उनीहरूले प्रदान गर्ने पारिस्थितिकीय सेवामा प्रभावका बारेमा बढ्दो चिन्ता र चासो समाधान गर्न एकीकृत पर्वतीय आवाजको तत्काल सम्बोधन हुनुपर्ने बताएका हुन् । उनले पर्वतीय देशका मान्यता प्रवर्द्धनका लागि सामुहिक यात्रा सकारात्मक रुपमा अघि बढेको बताए । उनले जलवायु परिवर्तनका कारण पर्वतीय क्षेत्रहरूमा हिउँ र हिमनदी पग्लिने दरलाई तिब्र भएको बताए । प्रधानमन्त्री दाहालले जलवायु परिवर्तनले पर्वतीय क्षेत्रका बासिन्दाहरुको संस्कृति, सम्पदा, ज्ञान र…