काठमाडौं । नेपाली चर्चित क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले भीसा दिन अस्वीकार गरेको छ ।
सन्दीपले सामाजिक सञ्जालमार्फत अमेरिकाले आफूलाई भीसा दिन अस्वीकार गरेको जानकारी दिएका हुन् । उनले अमेरिकी दूताबासले सन २०१९ मा जे गरे अहिले पनि त्यही गरेको बताएका छन् ।
उनले लेखेका छन्, ‘अमेरिकी दूतावासले २०१९ मा जे गरे, त्यही गरे, उनीहरूले अमेरिका र वेस्ट इन्डिजमा भइरहेको टी–२० विश्वकपको लागि मेरो भीसा अस्वीकार गर्यो। दुर्भाग्य। नेपाल क्रिकेटका सम्पूर्ण शुभेच्छुकहरुमा माफी चाहन्छु ।’
उनलाई सन २०१९ मा सुरुमा भीसा दिन अस्वीकार गरेको भए पनि सामाजिक सञ्जालमा चिर्चा भएपछि दिउँसै बोलाएर भिसा दिएको थियो ।
अमेरिका र वेष्ट इन्डिजमा हुन लागेको टी–२० विश्वकप खेल्नका लागि नेपाल क्रिकेट संघ क्यानले सन्दीपको भीसाका लागि प्रक्रिया सुरु गरेको थियो ।
Facebook Comments Box
