काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका प्रमुख सचेतक रमेश लेखक पार्टीको केन्द्रीय कार्यसम्पादन समिति सदस्यमा मनोनीत भएका छन्।
सभापति शेरबहादुर देउवाले पार्टीको विधान २०१७ को धारा २३ को उपधारा २ अनुसार लेखकलाई कार्यसम्पादन समिति सदस्य पदमा मनोनीत गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
सभापति देउवाले लेखकलाई कार्यसम्पादन समिति सदस्य मनोनीत गरेकोमा बुधबार सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले अनुमोदनसमेत गरेको छ।
विधानअनुसार सभापतिले केन्द्रीय कार्यसमितिका सदस्यमध्येबाट समावेशी सिद्धान्त समेतलाई ध्यानमा राखेर कार्यसम्पादन समितिमा ३१ जना मनोनीत गर्न पाउने व्यवस्था छ।
Facebook Comments Box
