Author: खबरमञ्च
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ त्रिभुवन विश्वविद्यालय क्रिकेट खेल मैदानमा जारी आइसिसि विश्वकप क्रिकेट लिग–२ अन्तरगतको अन्तिम खेल हेर्न पुगेका छन् । अहिले मैदानमा नेपालसँग यूएई भिड्दैछ । नेपाललाई आजको खेल जित्नै पर्ने वाध्यता छ । खेल जिते नेपाल आगामी जुन र जुलाईमा जिम्बाबेमा हुने विश्वकप छनोटमा सिधै खेल्न पाउनेछ । खेल हारे यही महिना नामिबियामा हुने ‘क्वालिफायर प्लेअफ’ खेल्नु पर्नेछ । खेल मैदानमा कुशल मल्ल, आसिफ शेख, कुशल भुर्तेल, सोमपाल कामी, ललितनारायण राजवंशी रोहित पौडेल (कप्तान), भीम सार्की, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, गुलशन झा, सन्दीप लामिछाने उत्रिएका छन् ।
काठमाडौं । प्रधानमन्त्री कार्यालयको आधिकारिक ट्विटर अकाउन्ट पिएमओ नेपाल (@PM_nepal_) ह्याक भएको छ। पिएमओ नेपालबाट विभिन्न असान्दर्भिक विषयबस्तु रि-ट्विट भएका छन्। विभिन्न तीन फरक-फरक असान्दर्भिक ट्विट र रिट्विट प्रधानमन्त्रीको आधिकारिक अकाउन्टबाट भएपछि प्रधानमन्त्री कार्यालयको आईटी टोलीले यसबारे अध्ययन थालेको छ। प्रधानमन्त्री कार्यालयको आधिकारिक ट्विटरमा समस्या आएपछि प्राविधिक टोलीले अनुसन्धान थालेको र छिट्टै समस्याको समाधान हुने प्रधानन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रेस संयोजक सूर्यकिरण शर्माले बताए ।
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले माओवादी जनयुद्धलाई अपराधीकरण गर्ने प्रयास नगर्न चेतावनी दिएका छन् । बुधबार काठमाडौंमा आयोजित नेकपा माओवादी समाजवादीसँगको पार्टी एकता कार्यक्रममा बोल्दै उनले माओवादी जनयुद्धलाई अपराधीकरण गर्न खोज्नेहरुले आफ्नो जीवनको ख्याल गर्नु पर्ने चेतावनी दिएका हुन् । https://youtu.be/uvhn7caBaxs ‘जनयुद्ध लडेको मान्छेलाई अपराधीकरण गरिँदैछ यहाँ । यसलाई कुनै पनि हालतमा छुट दिन सकिँदैन जो अपराधीकरण गर्ने उद्देश्यले आएको छ नि ऊसले आफ्नो जीवनको पनि ख्याल गर्नु पर्छ । र, उसले नेपालको राजनीतिक आन्दोलनमा आफ्नो अस्तित्वको पनि ख्याल गर्नुपर्छ ।’जसले फासीवादको विरुद्ध लडे उसैलाई अपवादको रुपमा अपराधीकरण गर्न खोजिएको उनको भनाई छ । ‘जनयुद्ध मात्रै…
काठमाडौं । वरिष्ठ कलाकार निर शाहले पत्रकारिता जगतको सहयोगले विकासको गति अघि बढेको बताएको छन् । बुधबार काठमाडौंमा आयोजित नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सव निफको पत्रकार सम्मेलनमा बोल्दै उनले महोत्सव सफल बनाउनका लागि सञ्चार क्षेत्रको ठुलो भूमिका रहेको बताए । उनले भने ‘प्रत्येक वर्ष निफका गतिविधि यसरी व्यापक रुपमा अगाडी बढेर जानका लागि कसैले अद्धितीय रुपमा गुन लगाएको छ भने त्यो पत्रकारिता जगतले हो । पत्रकारिता जगतबाट यसले जुन सहयोग प्राप्त गरेको छ । यो अद्धितीय छ त्यसका लागि धन्यवाद दिन चाहन्छु । ’ उनले निफले स्वदेशि चलचित्रलाई विदेशमा चिनाउने विदेशी चलचित्र संग नेपाली र्दशकलाई सात्क्षात्कार गराउने महत्वपुर्ण भूमीका निर्वाह गरेको…
काठमाडौं । सत्तारुढ १० दलीय गठबन्धनको बैठक निष्कर्षबिहीन सकिएको छ। उपराष्ट्रपति निर्वाचनका सम्बन्धमा गठबन्धनका तर्फबाट साझा उम्मेदवार को हुने भन्नेबारे मत बाँझिदा बुधवार अबेरसम्म प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफल निष्कर्षबिहीन भएको हो। बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेतले बैठकमा उपराष्ट्रपतिमा साझा धारणा बनाउनेबारे छलफल भएको तर ठोस सहमति हुन नसकेको बताए। उनले भने ‘ अब पार्लीयामेन्ट सुरु हुदैँछ पार्लीयामेन्ट सुरु भएपछि गठबन्धनको तर्फबाट कसरी प्रस्तुत हुने भन्ने विषय सामान्य छलफलका विषय थिए भने विशेषत उपराष्ट्रपति निर्वाचनको निम्ति १० दलीयको बीचमा सहमति कायम गर्ने विषयमा छलफल भएको थियो । छलफल सकरात्मक भएको छ र भोली यो विषयमा बसेर…
काठमाडौं । सरकारका मन्त्रीहरु र अन्य उच्च पदस्थ कर्मचारीहरुले अति आवश्यक बाहेकका अवस्थामा बैदेशिक भ्रमण गर्न नपाउने भएका छन् । मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न बुधबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै सरकारका प्रवक्ता रेखा शर्माले सरकारका मन्त्रीहरु र अन्य उच्च पदस्थ कर्मचारीहरुले अव उप्रान्त अति आवश्यक अवस्थामा बाहेक वैदेशिक भ्रमण नगर्ने निणर्य गरेको जानकारी दिइन् । त्यस्तै बैठकले पूर्वमुख्यसचिव लीलामणी पौड्यालको संयोजकत्वमा गठित उच्चस्तरिय तलव सुविधा आयोगको प्रतिवेदन कार्यान्वयनका लागि प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका सचिवको संयोजकत्वमा कार्यान्वयन सहजीकरण समिति गठन गर्ने निणर्य गरेको छ । बैठकले यती एयरलाइन्स बिमान दुर्घटना जाँच आयोगको म्याद ४५ दिन थप गर्ने निणर्य पनि गरेको प्रवक्ता शर्माले…
काठमाडौं । राष्ट्रपति कार्यालयले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलको फोटो परिवर्तन गरेको छ । दुवै गालामा रहेको कोठीसमेत गायब हुने गरी इडिट गरिएको फोटो अपलोड गरिएपछि सामाजिक सञ्जालमा हाँसीमजाकको विषय बनाइएको थियो। वास्तविक पहिचान नै मेटिने गरी फोटोसपबाट टल्काएर अपलोड गरिएको फोटो राष्ट्रपतिको कार्यालयले दुई दिनमा हटाएको हो। दुवै गालामा रहेको कोठी देखिने गरिको राष्ट्रपतिको कार्यालयले पौडेलको फोटो बुधबार आधिकारिक वेभसाइटमा राखेको छ ।
काठमाडौं । उपराष्ट्रपति निर्वाचनका लागि नमूना मतपत्र सार्वजनिक भएको छ । निर्वाचन आयोगले उम्मेदवारको फोटोसहितको मतपत्र सार्वजनिक गरेको हो । संघीय सांसद (प्रतिनिधिसभा सदस्य र राष्ट्रियसभा सदस्य)का लागि र प्रदेश सभा सदस्यहरुका लागि छुट्टाछुट्टै मतपत्र छ । उपराष्ट्रपतिका लागि जनता समाजवादी पार्टीका रामसहायप्रसाद यादव, अष्टलक्ष्मी शाक्य र ममता झा उम्मेदार छन् । अर्का उम्मेदवार प्रमिला यादवले उम्मेदवारी फिर्ता लिएको घोषणा गरेको भए पनि आयोगले दिएको समयसीमाभित्र फिर्ता नलिएका कारण मत्रपत्रमा उनको पनि नाम र फोटो छ । मतपत्रमा जनता समाजवादी पार्टीकी प्रमिला कुमारी यादवको समेत नाम समावेश गरिएको छ । उपराष्ट्रपतिको निर्वाचन यही चैत ३ गते हुँदैछ ।
काठमाडौं । विश्व स्वास्थ्य संगठनको सहयोगमा निर्माण भएको ‘सेभर एक्यूट रेस्पेरेटरी इन्फेक्सन ट्रिटमेन्ट फ्यासिलिटि’ सशस्त्र प्रहरी बललाई हस्तान्तरण गरिएको छ । बलम्बूस्थित एपीएफ अस्पताल परिसरभित्र संगठनले ९२ शैयाको ‘ट्रिटमेन्ट फ्यासिलिटि’ निर्माण गरेको थियो। ‘ट्रिटमेन्ट फ्यासिलिटि’ संगठनकी दक्षिण पूर्वी एशिया क्षेत्रीय निर्देशक डा। पुनम क्षेत्रपाल सिंहले नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा। रोशन पोखरेललाई हस्तान्तरण गरेकी थिइन् । त्यसलगतै मन्त्राललयका सचिव डा। पोखरेलले फ्यासिलिटि सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललाई हस्तान्तरण गरेका थिए । सशस्त्रका अनुसार गम्भिर प्रकृतीको श्वासप्रश्वास संक्रामक रोगहरुको उपचारमा सुविधा दिने उद्देश्यले निर्माण गरिएको ‘ट्रिटमेन्ट फ्यासिलिटि’मा ७२ वार्ड बेड, १४ सघन उपचार कक्ष र ६ वटा ट्रिएज…
काठमाडौँ । उपराष्ट्रपति निर्वाचनमा उम्मेदवारले प्रचारप्रसार गर्न नपाउने गरी मङ्गलबार मध्यरातिदेखि प्रचारप्रसार निषेध अवधि सुरु भएको छ। यही चैत ३ गते हुने उपराष्ट्रपतिको निर्वाचनभन्दा ४८ घण्टाअघिदेखि लागू हुने गरी सो अवधि सुरु भएको निर्वाचन आयोगले जनाएको छ। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न मतदानको दिन मतदान केन्द्र बन्द नहुञ्जेलसम्म प्रचारप्रसार निषेधको अवधि लागू हुने बताए । निर्वाचन आयोग ऐन, २०७३ ले मतदान हुने दिनभन्दा ४८ घण्टाअघिदेखि निर्वाचनलाई प्रभावित पार्ने गतिविधि गर्न नहुने व्यवस्था गरेको छ। निषेधको अवधि सुरु हुनुअघि उम्मेदवारले भेटघाट तथा एसएमएस प्रयोग गरी मत मागेका छन् । निषेधको अवधिमा कुनै…