Author: खबरमञ्च

झापा- कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय बिर्तामोडले यस वर्षको हिउँदे बालीका लागि रासायनिक मलको अभाव नहुने जनाएको छ । शाखाका प्रमुख दीपककुमार राजवंशीका अनुसार शाखामा दैनिक करिब दुई सय मेट्रिक टन मल प्राप्त भइरहेको छभने त्यति नै परिमाणमा बिक्रीवितरणसमेत भइरहेको छ । उहाँका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्म शाखाले १३ हजार ४०७ दशमलव २७५ मेट्रिक टन रासायनिक मल बिक्रीवितरण गरेको छ । “चालु आवमा १२ हजार ९५३ मेट्रिक टन मल प्राप्त भएको छभने गत आवको समेत कार्यालयमा ८७३ मेट्रिक टन मल मौज्दात छ”, उनले भने । शाखा कार्यालयको तथ्याङ्कअनुसार चालु आवको पाँच महिनामा युरिया सात हजार…

Read More

झापा- झापामा हिजो पुष १ गते एकैदिन आठवटा सवारी दुर्घटना हुँदा कुल १२ जना घाइते भएका छन्। यी दुर्घटनाहरू जिल्लाका विभिन्न भागहरूमा भएका हुन्, जसमा पैदलयात्री, मोटरसाइकल चालक, यात्रु, र साइकलयात्रीहरू परेका छन्। बिहान भएका दुर्घटनाहरू हिजो बिहान १०ः३० बजे तीन स्थानमा दुर्घटना भएका थिए। बुद्धशान्ति–४ मंगलबारेमा इलामबाट आउँदै गरेको एक पिकअपले पैदलयात्री अमृता लिम्बू (६५) लाई ठक्कर दिँदा उनी घाइते भइन् र उनको उपचार आम्दा अस्पताल धुलाबारीमा भइरहेको छ। भद्रपुर ९ जम्दार चोकमा मोटरसाइकल (मे३प १४८) र सिटी सफारी (प्र१–०१–००१ ह४१८५) एकआपसमा ठोक्किए। यसमा मोटरसाइकल चालक सोमनाथ न्यौपाने (४२) र उनकी श्रीमती राधा न्यौपाने (४०) घाइते भएका छन्। दुवैको…

Read More

झापा- नेकपा एमालेका अध्यक्ष केपी ओलीको प्यानलबाट गृहजिल्ला झापाका १६ जनाले उम्मेद्वारी दिएका छन् । ओली प्यानलका तर्फबाट सचिवमा हिक्मत कार्कीले उम्मेद्वारी दिएका छन् भने केन्द्रीय सदस्यहरुमा देवेन्द्र दाहाल , दीपक कार्की , चिन्तन पाठक , होमबहादुर थापा , गोविन्द थापा , इन्द्र भण्डारी , रोमनाथ ओली , मनोज ताम्ली, निता घतानी , निर्मला पाठक , जलवर्षा राजवंशी , मेनुका काफ्‌ले , गीता अधिकारी , सुनिता बराल र मीना उप्रेतीले उम्मेद्वारी दिएको बुझिएको छ । झापाकै अग्नि खरेलले स्वतन्त्ररुपमा सचिव पदमा उम्मेद्वारी दिएका छन् । उता इश्वर पोखरेलको प्यानलबाट झापाका तर्फबाट रविन कोइरालाले मात्र केन्द्रीय सदस्यमा उम्मेद्वारी दिएका छन् ।

Read More

झापा- मोफसलकै प्रतिष्ठित झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन ४ गते हुनेछ । प्रतियोगितामा तीन विभागीय टोली, दुई विदेशी, झापा ११ एफसी र ए डिभिजन टिमसहित १० टोलीले भाग लिने गोल्डकपका अध्यक्ष केदार गिरीले जानकारी दिए । प्रतियोगिताको विजेताले नगद १५ लाख तथा उपविजेताले ८ लाख रुपैयाँ पुरस्कार पाउने छन् । प्रतियोगिता सम्पन्न गर्न करिब…

Read More

काठमाडौं- नेकपा एमालेका उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले सक्रिय राजनीति नगर्ने घोषणा गरेका छन् । ७० वर्षे उमेर हदको वकालत गर्दै आएका दुवै नेताले केन्द्रीय कमिटीको आज बसेको अन्तिम बैठकमा चालु ११औं महाधिवेशनमा कुनै पदमा उम्मेदवार नबन्ने घोषणा गरेका हुन् । दुवै नेताले उमेर हदको निर्णय लागू गर्न र अध्यक्ष केपी शर्मा ओलीलाई पनि राजनीतिबाट बिदा हुन आग्रह गर्दै आएका थिए । सक्रिय राजनीतिबाट अलग बसे पनि अनुभवका आधारमा सल्लाहकारको भूमिकामा भने पार्टीमा रहने पनि उनीहरुले बताएका छन् ।

Read More

झापा- नेपाली कांग्रेसको क्षेत्रीय समितिहरूले प्रतिनिधि सभा निर्वाचनसँगै राष्ट्रिय सभा निर्वाचनका लागि पनि उम्मेदवार सिफारिस गरेका छन्। झापा क्षेत्र नं ३ र ५ ले आ–आफ्नो क्षेत्रबाट राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवारहरूको नाम सिफारिस गरेर पठाएका हुन्। झापा क्षेत्र नं ३ बाट राष्ट्रिय सभा निर्वाचनका लागि दयानन्द गोस्वामी, ओम सरावगी र प्रेमविक्रम भट्टराईको नाम सिफारिस गरिएको क्षेत्रीय सभापति गणेश पोखरेलले जानकारी दिएका छन्। त्यसैगरी, क्षेत्र नं ५ ले पनि राष्ट्रिय सभा निर्वाचनका लागि तीन जना उम्मेदवारको नाम पठाएको छ। क्षेत्रीय सभापति ढुण्डीराज भण्डारीका अनुसार शेरबहादुर भट्टराई, नौतली राजवंशी र अनिलकृष्ण प्रसाईको नाम सिफारिस गरिएको हो। यसअघि, क्षेत्रीय समितिहरूबाट प्रतिनिधि सभा निर्वाचनका…

Read More

झापा- चार दिनअघि भारतको गोवास्थित एक नाइट क्लबमा भएको आगलागीमा परी मृत्यु भएका दुई झापाली युवाको शव नेपाल ल्याइएको छ। बुधबार दिउँसो २ बजे भद्रपुर वडा न.५ स्थित मेची पुल हुँदै उनीहरूको शव ल्याइएको हो। मृतक युवाहरूमा भद्रपुर-३ गोलेचोकका २० वर्षीय सबिन वि.क. र कचनकवल-२ बालुबारीका २१ वर्षीय सुदिप गुरुङ रहेका छन्। दुबै जनाको शव डब्लुबी ३७५ एएफ३१५२ नम्बरको भारतीय एम्बुलेन्सद्वारा उनीहरूका आफन्तले अन्त्येष्टिका लागि बुझेर नेपाल ल्याएको झापा प्रहरीले जनाएको छ। सुदिप गुरुङको अन्त्येष्टि बुधबार नै गरिएको र सबिन वि.क. को अन्त्येष्टि बिहीबार गरिने आफन्तले जानकारी दिएका छन्। गत शनिबार मध्यरातमा गोवाको एक व्यस्त नाइट क्लबमा भएको आगलागीमा परी…

Read More

काठमाडौँ- नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाको नाम आगामी निर्वाचनका लागि चार फरक जिल्लाबाट उम्मेदवारका रूपमा सिफारिस भएको छ। पार्टीको १५औँ महाधिवेशनमा सभापति पदका आकांक्षीसमेत रहेका थापाले पार्टीभित्र र जनस्तरमा पाएको लोकप्रियताका कारण विभिन्न क्षेत्रबाट उनको नाम सिफारिस भएको हो। थापाको नाम सिफारिस हुने जिल्लाहरूमा उनको परम्परागत निर्वाचन क्षेत्र काठमाडौं-४ सहित सर्लाही, रोल्पा, र धनकुटा रहेका छन्। महामन्त्री थापाले यसअघिका तीनवटै निर्वाचन (२०६४, २०७०, र २०७४) काठमाडौं-४ बाटै लड्दै आएका छन्। यो क्षेत्र थापाको राजनीतिक आधार क्षेत्र हो। थापाले यस क्षेत्रबाट प्रतिस्पर्धी नेकपा (एमाले)का नेता राजन भट्टराईलाई फराकिलो मतान्तरले पराजित गरेका थिए। थापाले २१ हजार ३०२ मत ल्याउँदा भट्टराईले १३ हजार…

Read More

काठमाडाैं- बहुविवाह मुद्दामा जिल्ला प्रहरी कार्यालय रुपन्देहीले प्रहरी नायव उपरीक्षक (डीएसपी) मधु नेपाललाई पक्राउ गरेको छ। नेपाललाई उनकी पहिलो श्रीमतीको उजुरीका आधारमा अदालतबाट पक्राउ पुर्जी लिएर पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख एसपी प्रदीपबहादुर क्षेत्रीले बताए। बहुविवाहको केस दर्ता भएपछि नेपाल आफैँ हिजो साँझ उपस्थित भएका थिए। उनीमाथि ३ दिनको म्याद थप गरी अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। यसबारे थप प्रमाण संकलन भइरहेको र नेपालकी दोस्रो श्रीमतीको खोजी पनि भइरहेको प्रहरीको भनाइ छ। डीएसपी नेपाल यसअघि बुटवलको वडा प्रहरी कार्यालयमा इन्चार्ज रहेका बेला गाँजाको आर्थिक कारोबारमा संलग्न भएको आरोपमा विभागीय कारबाहीमा परेका थिए।

Read More

काठमाडौँ- निर्वाचन आयोग नेपालले मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ । आयोगद्वारा सोमबार जारी विज्ञप्तीमा यही मङ्सिर २६ गतेसम्म अनलाइनमार्फत त्रुटी सच्याउन, जानकारी दिन तथा उजुरी दर्ता गराउन अनुरोध गरिएको छ । आयोगका प्रवक्ता तथा सहसचिव नारायणप्रसाद भट्टराईले २०८२ भदौ ५ गतेसम्म देशभरबाट सङ्कलित मतदाता विवरणलाई अद्यावधिक अघि बढाइने जानकारी दिएका हुन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा हुने व्यक्तिहरू योग्य मतदाता मानिने आयोगले जनाएको छ । मतदाता नामावली अद्यावधिक (दावी बिरोध) कार्यक्रम अन्तर्गत सङ्कलित मतदाताको विवरण आयोगको वेबसाईटमा प्रकाशन गरिनेछ । आयोगले सङ्कलित मतदाता नामावली…

Read More